Pages

Monday, October 5, 2015

गजल जहिले पनि बिभेदको, पोको खोल्ने मित्र ; बगलीमा छुरा राखी, मिठो बोल्ने मित्र ; (१) रोटी-बेटी या संस्कृति, जे भनेता पनि ; सयौ पटक चिनेका छौ, बिष घोल्ने मित्र। (२) नदी नाला निल्न खोज्ने गिद्दे दृष्टी तिम्रो; अभिमानी, पुर्वाग्रही, सधै पोल्ने मित्र । (३) बोल्छौ झुठ लाजै छैन , जातै तिम्रो त्यस्तो; अग्रेजझै ठिक्क हुन्थ्यो, तिम्लाई पेल्ने मित्र। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असोज १७, २०७२ साल

Tuesday, September 29, 2015

गजल छिमेकीको अति निकृष्ट अभिमान , नाकाबन्दी ; माछाको दाउमा बकुलाको ध्यान, नाकाबन्दी । (१) कथनी र करनीको हास्यास्पद, दृष्टान्त बन्यो ; तथाकथित ऋषिमनको बिष बमन, नाकाबन्दी । (२) हिजो पनि चिनेकै हो, किन बदलिन्थे रातारात ; बिस्तारबादको अन्यायी अग्रगमन, नाकाबन्दी । (३) बैईमानीलाई चलाखी मान्ने, समाजका उनीहरु; भन्दैछन गरेका छैनौ जानाजान, नाकाबन्दी । (४) सकिदैन आफ्नो बनाउन सर्पलाई, दुध पिलाएर; बन्दै छ देशद्रोहीहरुको पहिचान , नाकाबन्दी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ १३, २०७२ साल

Wednesday, September 23, 2015

गजल ढोका छाडी झ्याँलबाट चिहाउने , कस्ता छिमेकी तिमी ? अरुको सम्पदामा र्‌याल चुहाउने, कस्ता छिमेकी तिमी ? (१) कपडा त कपडा नै हो, कमर बेरे’नि, शिर ढाके’नि ; फोहरीको लगौटीझै गन्हाउने , कस्ता छिमेकी तिमी ? (२) धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको’नि कुरा गर्ने; अप्ठ्यारोमा पारी , धाँटी समाउने , कस्ता छिमेकी तिमी ? (३) छिमेकीहरुले बुझेका हुन्छन, आपसी कुरा एक-अर्काका; जाना-जान आफैलाई नंग्याँउने, कस्ता छिमेकी तिमी ? (४) कहिले अंगालोमा बेर्न खोज्ने, आफ्नो स्वार्थ पुरा हुँदा ; अन्यथा ब्वाँसोझै धम्काउने , कस्ता छिमेकी तिमी ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ ७, २०७२ साल

Monday, September 14, 2015

गजल लसुनको भाउमा सुन, बिर्सी दिऊ हजुर ! गुनको बदला बैगुन , बिर्सी दिऊ हजुर ! (१) मात्र सिढी बन्यौ हामी, नेताका लागी; हामीले ख्वाएको नुन, बिर्सी दिउ हजुर ! (२) हरियाली छाउनु पर्छ, आगामी दिनहरुमा। गएको कमजोर मनसुन, बिर्सी दिउ हजुर ! (३) लड्नु त उचित छ , न्याय पाउनुको लागी ; स्वार्थको लागी बग्ने खुन, बिर्सी दिउ हजुर ! (४) लडौ नैतिकताको युद्ध, हामी सबै मिलेर ; हातमै नअटाउने जुन , बिर्सी दिउ हजुर ! रचना: यज्ञ प्रसाद गिरी महालक्षी नगर पालिका-१५ आनन्दबस्ती ललितपुर भदौ २९ गते, २०७२ साल

Saturday, September 5, 2015

गजल एकातिर देवता , पुजा र मन्दिर छ; अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ । (१) एकातिर आशाबादी सोच र गन्तब्य ; वर्तमान अनकन्टार तारे भिर छ । (२) भनिन्छ बिजय त सत्त्यको नै हुन्छ ; अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ । (३) सैकडौ नेता छन् , गणनामा यो देशमा ; स्थिति भने देशको , सारै गम्भिर छ । (४) भोली पलाउलान , लिलामणी र गोबिन्दहरु; आज अशक्त जोर्नीहरु र, कुहिएको शिर छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भदौ, २१, २०७२ साल

Friday, August 28, 2015

गजल नसोध तिमी को ? चिनेर के गर्छौ ? को नाङ्गो को भोको , जानेर के गर्छौ । (१) खुनी भो राजनिति , अगुवा निकम्मा ; सिध्दान्त स्वतन्त्र , मानेर के गर्छौ । (२) कुनै काम हुन्न , नचढाई भेटी; सुशासन-शुसासन, भनेर के गर्छौ । (३) विश्वमा चिनिन्छौ, दरिद्री भनेर ; बिटा नोटका ब्यर्थ, गनेर के गर्छौ । (४) के सांसद, के मन्त्री, के मुख्यमन्त्री ; हुने यै छ चाला , बनेर के गर्छौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , महालक्ष्मी नगरपालिका - १५ ललितपुर भदौ १२ गते , २०७२ साल

Thursday, August 27, 2015

गजल सोझा -साझालाई झुक्याउनु झुक्याए, देशद्रोहीले ; चिताको आगोमा आफ्नो रोटी, सेकाए, देशद्रोहीले । (१) लाल पुर्जा हात्मा, जमिन भारत्मा हुदाँ कहाँ थिए यी; छापरोले झै राता-रात रंग फेरी आए , देशद्रोहीले । (२) भयावह बन्दै छ , यो देशमा रगतको राजनिति हजुर; आपसी मारकाट गराएर के पाए , देशद्रोहीले । (३) साख्कै कसरी हुन सक्छन गरीबका , यी शोषकहरु; क्षेत्रियता र जातियताको बिष फैलाए, देशद्रोहीले । (४) नरसंहारलाई पुरुसार्थ मान्ने ,राक्षसी प्रवृति अगाल्दै; फेरी टाउको उठाउने अवसर पाए , देशद्रोहीले । (५) चिन्नुस, राम्ररी चिन्नुस, को हुन घातक यो देशका ; रक्तपिपाषु सक्कली स्वभाव देखाए, देशद्रोहीले । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती ,ललितपुर भदौ ११ गते, २०१७२ साल

Saturday, August 22, 2015

गजल कसैलाई खुसी लाग्यो ,पोख्नु परे फेसबुक ; आँखाबाट आँसु झरे, रोक्नु परे फेसबुक ; (१) जिउनु नै संधर्ष हो, चली राख्ने निरन्तर; जिन्दगीमा दह्रो पाईला, टेक्नु परे फेसबुक । (२) कसैलाई सता’को छ, प्रियसीको चाहनाले ; सबैलाई मनको कुरा, लेख्नु परे फेसबुक । (३) गुनासो छ कसैलाई, आफ्नै जिवनसंग पनि; सबै बिर्सी भट्टी पसी, धोक्नु परे फेसबुक । रचना: यज्ञ प्रसाद गिरी
गजल राम्रो सोच लेउ भन्छु, के भन्नु र तिमीलाई ; बस सत्य छेउ भन्छु, के भन्नु र तिमीलाई । (१) पैसा मात्रै लिने हैन, एउटै लक्ष्य जिन्दगीमा ; पैसा मात्र पुजी हिड्छौ, के भन्नु र तिमीलाई । (२) सानो-ठुलो ऊँच-निच, बिभेदमा अल्झि दिन्छौ ; फराकिलो पार्नु सोच, के भन्नु र तिमीलाई । (३) यो तेरो र मेरो धर्म, भन्दै किन लड्नु पर् यो ; के धर्मले जुझाँउछ ? के भन्नु र तिमीलाई । (४) बाँडेका छन हामीलाई, अनेकौ गुट र बादमा ; फोहरी छ राजनिती, के भन्नु र तिमीलाई । (५) नबुझेरै नाची हिड्छौ, पराईका ईशारामा ; अवश्य नै ठगिने छौ, के भन्नु र तिमीलाई । रचना : यज्ञ प्रसाद गिरी
गजल काममा पनि टेन्सन, नाममा पनि टेन्सन ; उता यिसूमा टेन्सन ,यता राममा टेन्सन । (१) बिरामी धनले कोही,कोही त धनकै पछी ; यता अघायर टेन्सन, उता नपाएर टेन्सन । (२) कतै नारा घन्काउने, कोही आसिन महलमा; यता नपायर टेन्सन , उता कमाएर टेन्सन ; (३) कोही बस्ने डाईटिग्ङमा, कोही भोकै सडकमा; यता नखाएर टेन्सन, उता मोटाएर टेन्सन । (४) चाल हाम्रो छिमेकीको आफ्नै दुनो सोझ्याउने; कोही उदाएर टेन्सन, कोही बिलाएर टेन्सन । (५) छान्यौ नेता हामीले नै धोकेवाज,स्वार्थिहरु; यता उठाउदै टेन्सन, उता ढलाउदै टेन्सन । रचना : यज्ञ प्रसाद गिरी
गजल मेरै रंगमा रंगियी, घुल्ने मान्छे; तिमी मात्र मेरो, मन मिल्ने मान्छे। (१) छ जादु अधरमा, र बोली मधुरो; सफा ह्रदयकी, सधै खुल्ने मान्छे । (२) बिना रिस-राग, सरलता अँगाली ; सधै न्यायको पक्षमा,बोल्ने मान्छे । (३) नसोध मलाई , कहाँ तिम्रो ठाँउ ; सदैव मुटुभित्र, तिमी रम्ने मान्छे। (४) मष्तिस्क-मन् , यी आँखाहरुमा; रमाई-रमाई , सधै डुल्ने मान्छे । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२ साल

Friday, August 21, 2015

सिग्ङै पाईन्ट काटी-काटी, आधा किन पार्नु पर्‍यो; सद्दे आँखा छोप्नलाई, बाल किन झार्नु पर्‍यो । (१) चुरोट रक्सी खाँदा-खाँदा, शरिर भा’छ सारग्ङीझै; ; मर्काउदै शरिर ब्यर्थै ,ठुन्का, किन पार्नु पर्‍यो । (२) यसो हेर्दा भिकारी झै, त्यसै पनि गाली रा’छौ ; राम्रै लुगा जथाभवी, प्वाल किन पार्नु पर्यो । (३) तारे भिर् झै नाक भा’छ, गडें आँखा तलाऊ झै ; हेर्दै लाग्छौ बुँख्याचाझै , नक्कल किन कोर्नु पर्‍यो । (४) चारैदिशा तेर्सिएका , एन्टिना झै लट्टाहरु ; आफै टिभी बनी हिड्छौ टिभी किन हेर्नु पर्‍यो । (५) खस्दा-खस्दा ठाँऊ तिम्रो, रसातलमा पुगी सक्यो ? निकै तल झरी सक्यौं , अझै कति झर्नु पर्‍यो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल कोही पिडित, चर्को घामले, कोही पिडित चक्का जामले । (१) मस्त सबै छन् आप्नै धुनमा ; सबै ब्यस्त, आफ्नै कामले । (२) पश्चातापमा छन कोही ; हिजो गरेको, आफ्नै कामले । (३) सबै मुला एकै ड्याङका; चिनिउन चाहे, कुनै नामले । (४) राखेर पासो कदम- कदममा; बुन्दै छ जाल्, कुन हरामले । (५) मच्चाए लुट-पाट् रावणहरुले ; खेप्दै छन सास्ती, सोझा रामले । रचना: यज्ञ प्रसाद गिरी आन्नदबस्ती, ललितपुर

Sunday, August 16, 2015

गजल बड्दै छ मल बिऊको भाउ, खै कता छ गणतन्त्र ? मेरो गाँउ तेरो नाँउ , खै कता छ गणतन्त्र ? (१) यो पार्टी र त्यो पार्टीको, जति कुरा गरे पनि ; सबै चोर एकै ठाँउ , खै कता छ गणतन्त्र ? (२) पिडित भए सिधा-साधा , भुकम्प र पहिरोले ; नेताको कुम्ल्याउने दाउ, खै कता छ गणतन्त्र ? (३) कति सारो मौलाएको, भागबन्डा संस्कृति यो ; गरीबलाई छैन ठाँउ , खै कता छ गणतन्त्र ? (४) फोर्नु पर्छ खप्पर अब, एक-एक छानि-छानी ; यिन्लाई धुलो चटाँउ, अनि आउछ गणतन्त्र । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , महालक्ष्मी नगरपालिका - १५ ललितपुर साउन ३१ गते , २०७२ साल
गजल छाती तानी हिड्ने चोर, के भा’को हाम्रो समाज ; उल्टै तिनको ठुलो स्वर, के भा’को हाम्रो समाज ; (१) ब्यापारी र शिक्षक अनि बुध्दिजिवी भन्नेहरु; उस्कै अघि लम्पसार, के भा;को हाम्रो समाज । (२) सोझालाई दोषी देख्ने , न्यायका ठेकेदारहरु ; न्यायको यो कस्तो धार, के भा’को हाम्रो समाज । (३) खोला-नाला सिमाना’नि, बेची दिने हाकाहाकी ; संरक्षक बन्छ लाचार , के भा’को हाम्रो समाज। (४) खुरापाती मात्र यहाँ , मौलाएका चारैतिर । अनैतिकताकै ब्यापार, के भा’को हाम्रो समाज। रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर, साउन ३१ गते, २०७२ साल

Saturday, August 15, 2015

गजल के-कस्तो छ गारो-सारो, प्रष्ट हुनु पर्यो ; छ कि छेन देश प्यारो , प्रष्ट हुनु पर्यो। (१) यो निहुँ र त्यो निहुँमा , राष्ट्रघात किन ; कस्ले हाम्रो साख झार्यो, प्रष्ट हुनु पर्यो। (२) नेताले कि जनताले, कसले दियो धोका; कसले बिचल्लीमा पार्यो, प्रष्ट हुनु पर्यो। (३) आन्दोलन किन भयो , केको लागी बन्द; कतातिर कसको तारो , प्रष्ट हुनु पर्यो । (४) मिचिएर साँध-सिमा, मर्कामा छन् जनता ; त्यो सिमाना कसले सार्यो, प्रष्ट हुनु पर्यो। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन ३० गते, २०७२ साल
गजल तिम्रै लागी मर्छु बाँच्छु, भन्ने’नि बेपत्ता भए ; आफ्नो भने पर्खाईमा, दारी-जुग्ङा सेता भए । (१) सयौ पटक ऐना हेर्दै , आफ्नै रुप निहालेर ; आफुभित्रै दंग पर्दै, मस्किने दिन कता गए । (२) जिन्दगीका हरेक क्षण, उन्मादले परिपुर्ण ; अत्तो-पत्तो केही छैन , यता गए उता गए । (३) दुष्ट निति, भ्रष्टनिति , यो देशको राजनिति ; रातारात पखालियी , काला जति सेता भए । (४) राष्ट्रघात गर्नेहरु , हर्ता-कर्ता बनेका छन ; चोर, गुण्डा, ब्यविचारी, यो देशका नेता भए। रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर साउन ३० गते, २०७२ साल

Friday, August 7, 2015

गजल सृष्टि कस्तो हुन्थ्यो पानी, नभएको भए; तिम्रो माया गर्ने बानी, नभएको भए । (१) हाम्रो नाता अजम्बरी, कहाँ हुने थियो; पहिलो भेट्मै पानी-पानी, नभएको भए। (२) दुर्घटनाग्रस्त हुन्थ्यो, सफर जिन्दगीको; तिमिसंग चिनाजानी , नभएको भए । (३) हामीहरु यति नजिक, हुदैन्थ्यो होला; तिमी पनि स्वाभिमानी, नभएको भए । (४) तिमीसंग भेट मेरो , हुदैन्थ्यो शायद ; म साँच्चीकै भाग्यमानी, नभएको भए । (५) तिम्रो बास ह्रदयमा, नहुन’नि सक्थ्यो; मैले खोजे जस्तो ज्ञानी, नभएको भए । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार १६ गते, २०७२ साल

Thursday, July 2, 2015

गजल लाज लाग्दो दृष्य भयो, मन्त्री छाडा भएपछी; बोक्रैसित खान्छन केरा, नपाउनेले पाएपछी ; (१) त्यति मात्र कहाँ हो र? ठुला बिज्ञ उनै थिए ; ब्रिडर पनि उनै बन्थे, मन्त्री बनी आएपछी । (२) मपाईले परिपुर्ण, घमणडले चुर थिए ; दुई-चार जना भाटहरु, उन्कोपछि लाएपछी । (३) नियति त यस्तै हुन्छ, उम्लिने त पोखिन्छ नै ; उठि हाल्छ दुष्टताको, टाउको ठाँउ दिएपछी । (४) जोगिएर बस्नु होला, सोची सम्झी बोल्नु होला; बुध्दी पलाउँछ होला , ठक्कर यस्तो खाएपछी । रचना: यज्ञ प्रसाद गिरी आषाड १७, २०७२ आनन्दबस्ती, ललितपुर
गजल बुझियो, कस्ले लगाउँछ, मालाहरु नेपालमा ; को को रहेछन मनका, कालाहरु नेपालमा । (१) देशमा योग्यहरुको अनिकाल, भएझै गर्दै; टाँसिए मखमल्मा भाग्ङ्राका, टालाहरु नेपालमा । (२) कस्ता-कस्ता खबरहरु, सुन्न परेको छ आजभोली ; नाग्ङिगै छन स्वघोषित, ठुला-ठालाहरु नेपालमा । (३) किसान दिदी बहिनी दाजु –भाईहरु सचेत हुनुस; क-कस्ले बोकेका छन, छुरा र भालाहरु नेपालमा । (४) वास्ता नगर्दा मिल्किए कि टोल-छिकेकका मणिहरु; दुर्गन्धित राजनितिले, देशका उज्यालाहरु नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर

Tuesday, June 23, 2015

गजल यसपालीको भुँईचालो, बज्रपात भयो ; सिधासाधा नेपालीको, मनै आहत भयो। (१) भत्केका छन् सारा बस्ती, बाटा-धाटाहरु ; बिपत्तीको तुँवालोले, दिनमै रात भयो । (२) गणतन्त्र, संविधान, नारा चल्दै थिए ; एकाएक राजनितिको, नारा राहत भयो ; (३) पिडितको भाग खोस्न,गिध्द बन्यौ तिमी; तिम्रोलागी आँसु पनि, मासु भात भयो। (४) आफुलाई नेता भन्छौ, कुन मुखले तिमी ; दुष्टताको अर्को नाम, तिम्रो जात भयो । (५) किन ब्यर्थै बजाउँछौ, थोत्रा गाला तिमी ; न्यायिक अंग मरे सके, सन्निपात भयो। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार ९ गते, २०७२ साल

Wednesday, April 15, 2015

गजल तिमी छौ र यो शहर सुन्दर लाग्छ ; तिमी छौ र त यो घर मन्दिर लाग्छ । (१) लाग्दैन केही’नि ठुलो यो दुनियामा ; तिम्रो प्रेमनै, श्रेष्ठताको शिर लाग्छ । (२) मन छ उदार र ऊच्च सोचको धनि ; सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ । (३) के के लाग्छ, सक्दैन बुझ्न, किमार्थ म; माया भने तिम्रो कसम, गम्भिर लाग्छ। (४) साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा; मैदान-बाटो’नि, अनकन्टार भिर लाग्छ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२ साल
गजल कोहि बेलायत, कतार , दुबई, कलकतामा ; कोही ब्यस्त माटो खोस्रदै, रानिमत्तामा । (१) राष्ट्र सेवक भनिने गरेको छ उसैलाई ; जसको अर्जुन दृष्टी छ, तलब भत्तामा । (२) समाजसेवी बनेर कोही नाटक गर्छन । जसको नजर सदैव रहन्छ, सत्तामा । (३) दैव जानोस के लेखिएको छ पुस्तकभित्र ; सारा आकर्षण देखिन्छ, बाहिरी गत्तामा । (४) अनुहार र ब्यवहारले उ डकैत नै लाग्छ ; तर संलग्नता छ राजनैतिक, जत्थामा । (५) विवेकशुन्य परपाटी , मौलाउँदै गा’को देख्दा; लाग्छ कलम पनि, कचकच् गर्छ बित्थामा। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख २ गते बुधबार, २०७२ साल
गजल रूखमा बसी, चरीले गायो, बिहान - बिहानै ; ह्रदयभित्र , उमग्ङ छायो, बिहान – बिहानै । (१) प्रतिक्षा तिम्रै, गरेर बस्ने , ब्यग्र यो मनले ; सम्झना गर्‌यौ, राहत पायो, बिहान-बिहानै । (२) ह्रदय खोली, बोलेको बोली ,गुन्जियो कानमा ; आशाको सुर्य, पुन: उदायो , बिहान - बिहानै । (३) कहानी हाम्रो, के बिधि राम्रो, स्वर्णिम समय; अतित फेरी, ब्युझेर आयो, बिहान - बिहानै । (४) सुर्यको न्यानो,स्पर्श पायी, हिमाल खुसी भै ; प्रितको मिठो, सुवाश ल्यायो , बिहान –बिहानै । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र २२ गते आईतबार, २०७१ साल

Saturday, April 4, 2015

गजल बनाई छाड्यौ भत्काएर, जिन्दगी बन, कसैको; शिरमा चढी आज बोल्यो, यौवन कसै-कसैको । (१) गर्‌यौ घात जानी-जानी, बनेर अन्जानझै; हुन्छ-हुन्छ छिट्टै, बहिर्गमन कसै -कसैको । (२) कुल्च्यौ फूल निर्दयीभै, कसुर कस्को भनुँ ; उजाडिने भयो सुन्दर, जिवन कसै-कसैको । (३) पराकाष्टा देखिदै छ,निर्लज्जता पनि कति ; सुन्नु पर्‌यो आज उल्टो, गर्जन कसै-कसैको। (४) कदम आज बढे तिम्रा, सुनका ढोकाहरु तिर; भविष्यमा फुट्न सक्छ, रोदन कसै-कसैको। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र २१ गतेबिहीबार, २०७१ साल
गजल बाल छैन, काम राम्रो या नराम्रो झुर गर्नुस ; पावरवाला छ भने गधालाई’नि ,हजुर गर्नुस । (१) रिझाउँदै वारीका या, पारीतिरका लिडरहरु ; छिराउन मन्त्रीमण्डलभित्र , मजबुर गर्नुस । (२) किन चाहियो भोट, पेशामा असुलीको भैया; बस समाबेसीमा,थोर-बहुत हेरफेर गर्नुस । (३) जन-सेवाको ठेक्का त ,डाक्टरले पो लिन्छन ; तर मार्नुस, झिग्ङा भेटे,औलाले दुर गर्नुस। (४) काफिया र माफिया बिनाको, गजल र पार्टी; खोज्ने ब्यक्ति पागल हुन्छ, तु.उपचार गर्नुस । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र २१ गते शनिबार, २०७१ साल

Wednesday, April 1, 2015

गजल बुझ्नै कठिन रहेछ त्यो मन, गजबैको ; अत्यन्त आकर्षक वदन, कसै-कसैको । (१) स्वप्निल आँखा, गहिरा र घातक नजर ; किन दैवले गर्‌यो चयन, कसै-कसैको । (२) मृदु- मुस्कानको लहर,सौम्य मुहारमा; अद्भुत ब्यक्तित्व गठन, कसै-कसैको । (३) थाम्नै कठिन , उघारिने मनका ढोका; हुरी सरी भो आगमन, कसै-कसैको । (४) भो राजिनामा पुरै , जिन्दगी उसैलाई; स्विकार भो मिठो दमन, कसै-कसैको । (५) गरेर घात् बुझेर’नि, बुझ पचाउँदै ; हुन खोज्दै छ बहिर्गमन ,कसै -कसैको । (६) कसुर तिम्रै हो, कुल्च्यौ फूल, हेर्दै - नहेरी ; उजाड भो जिवनको उपवन् , कसै-कसैको । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १९ बिहीबार, २०७१ साल
गजल विशाल महल र, उस्तै गेट छ हजुर्को ; अपराधिहरु संग जो, सेट छ हजुर्को । (१) भाषण त राष्ट्रियताका मिठा छन तर; पारीपट्टि तिरनै मन-पेट छ हजुर्को । (२) स्याल र गिद्ध मिश्रित स्वभावको हजुर; गणेशजीमार्का विशाल, पेट छ हजुर्को । (३) भेट्नु नपरोस भन्ने त, लाग्छ मलाई’नि; सभा-सम्मेलनमा, जम्काभेट छ हजुर्को । (४) बजेट सक्ने गति, भने द्रुत छ तर ; विकाशको काम त, सधै लेट छ हजुर्को । (५) बयान कति गरुँ, सामर्थ्य सानो छ मेरो ; भष्ट्राचारको चिया र, आम्लेट छ हजुर्को। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १९ बिहीबार, २०७१ साल

Monday, March 30, 2015

गजल यसरी जब राजनिति,गिर्छ र उदार हुन्छ ; डन पनि सांसदको , उम्मेदवार हुन्छ । (१) मन्त्रीको कुर्सीमा, पुग्छन भष्त्राचारीहरु; सुख्खा पर्छ नैतिकताको, र हाहाकार हुन्छ । (२) बनाईन्छ बिरालोलाई, सधै दुधको साक्षी ; निर्दोष जनता,अराजकताको शिकार हुन्छ । (३) भेडा-बाख्रा भनी ठान्ने ,जनतालाई नेताहरु; स्वयं सांसदहरुको, लाखौमा ब्यापार हुन्छ । (४) कस्तो, कुन मोडेलको, भो देशको राजनिति ; डन र माफिया सामु, सरकारै लाचार हुन्छ। (५) हुँदा-हुँदा बेथितीले , सिमा नाध्यो यतिबिधि; राष्त्राध्यक्ष उनै सामु, सधै लम्पसार हुन्छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १७ मंगलबार, २०७१ साल
गजल जिन्दगीका भारीहरु, कहाँ कता सारुँ हुन्छ ; हुरी चल्छ ह्रदयमा, अनि क्यारुँ-क्यारुँ हुन्छ। (१) मन्त्रमुग्ध बनी हिड्छु, तानिएर उतैतिर ; सिलबन्दहरु जे छन , आफैतिर सारुँ हुन्छ। (२) अभ्यस्तझै हातहरु , गर्छन खोजी बोतलादी ; आफु भने पछी-पछी , अघि-अघि दारु हुन्छ । (३) त्यो नशामा डुबी दिन्छन , अंग-अंगहरु जब; दुनियाका सबै खुसी, मट्ठी भित्रै पारुँ हुन्छ। (४) यो जिन्दगी पो जिन्दगी, न पिर छ चिता कुनै ; जिन्दगीको डेरा मेरो, तिम्रैतिरै सारुँ हुन्छ । (५) बढ्दै जाँदा पेगहरु ,लाग्छ वायुयानमा छु ; तिम्रैलागी जिन्दगीको,जुवा हारुँ-हारुँ लाग्छ। (६) म बिरामी जिन्दगीको,नभन्दिनु जड्याहा छ ; नबुझ्दिंदा तिम्ले पनि,आँसु झारु- झारु हुन्छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १३, २०७१ साल
गजल कसैले त भाषणलाई, ब्यवसाय बनाँयो ; अरुलाई सरापेर, आग्ङ आफनै कन्याँयो। (१) मुख्य मुद्दा कता पुग्यो, अत्तो पत्तो छैन ; तर्कहिन हावादारी महल, ठुलै ठड्यायो। (२) जति कुरा गरे पनि, सबै कुरा देखावटी; अभिमान कुर्लिएर , बहस गरम बनाँयो । (३) हामीहरु कुरै-कुरा गर्छौ, नाक फुलाँउछौ ; हेर्दा –हेर्दै छिमेकीले , देश कहाँ पुर्‌याँयो । (४) ईतिहास लेखिने छ, लेखा-जोखा हुनेनै छ ; कसले कहाँ राष्ट्रियता, कतिसम्म चुल्यायो। (५) दोषारोपण आपसमा , जहिले’नि हुने गर्छ ? सबै दोषी भएकाले , स्थिति यस्तो उदायो। रचना: यज्ञ प्रसाद गिरी ट्रेड सेन्टर, थापथली, काठमाण्डौ चैत्र १६ गते, २०७१ साल

Sunday, March 29, 2015

मान्छे बनी जन्मेपछी, काम केही गर्नै पर्छ ; बाँचे जस्तो बाँच्नु पर्छ, एकै चोटी मर्नै पर्छ । (१) खानालाई बाँचेका त , सुगुरहरु छदै छन नि ; माँगी-लुटी खाने हैन, मेहनत पो गर्नै पर्छ । (२) थाक्नु पनि पर्ने अब, कति गर्छौ पाप कर्म ; मैले, उसले, अरु जस्तै, तिम्ले पनि मर्नै पर्छ । (३) झर्नु तल झरी सक्यौं , अब के नै बाँकी भो र ? संक्रमणको बेथितिले , छिट्टै डेरा सर्नै पर्छ । (४) नेता भन्दै आफैलाई , ठग्नु सम्म ठगी सक्यौ; तिम्ले तिम्रो ठाँउ चिन्छौ, अब तल झर्नै पर्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १५ गते, २०७१ साल

Wednesday, March 11, 2015

गजल आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ। ; राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ । (१) कुरा गर्यौु, कुरै गर्यौय , कुरै-कुरा मात्र गर्यौौ; अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौु । (२) कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ; राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौ । (३) चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ; नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौ ? (४) मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ; लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौ ? (५) अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ; लाज घिन पचाएर, अभियानको कुरा गर्यौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २८ गते, २०७१ साल

Thursday, February 26, 2015

गजल बिर्सिएर आफैलाई , जिउनुको के अर्थ छ ; सधै मनको तुवाँलोमा, हुनुको’नि के अर्थ छ । (१) आफ्नै बाटो लाग्नु पर्छ, समयले कोल्टो फेर्दा; बिगतलाई सम्झिएर, रुनुको’नि के अर्थ छ । (२) समयको बहावले, नयाँ बन्छ परिस्थिति; दैवलाई सरापेर , कुर्लनुको के अर्थ छ । (३) कसैलाई ह्रदयको, चाहानाले छुन्न भने ; मुटुलाई चुलेसीमा, रेट्दिनुको के अर्थ छ । (४) ढुग्ङालाई ह्रदयमा , देव सरी पुजा गर्दै ; जिन्दगानी कसैलाइ, अर्पिनुको के अर्थ छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन १४ गते, २०७१ साल

Tuesday, February 24, 2015

गजल दुनियानै पराई छ , बिरानो मन भएपछी; सुखद जिउनु बन्छ , सन्तोषी मन भएपछी। (१) अर्थहिन जिन्दगीका, सारा बिलासका कुरा; ह्रदयमा असन्तुष्टि , सधै दनदन् भएपछी । (२) फरक बुझ्नु जरुरी छ, पैसा र सुख बिचको; सुख शान्ति हराउँछ, लोभ झनझन् बढेपछी । (३) गाँठो फुकाउनै गाह्रो , आफैभित्र जेलिएको ; आफ्नै सोच र कर्म, स्वत: अडचन भएपछी । (४) आत्मसात गर्नु पर्छ ,सुख-दुख जिन्दगीका ; उदाउलान चन्द्र, तारा, स्वच्छ गगन भएपछी। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन १३ गते, २०७१ साल

Friday, February 6, 2015

गजल नेता आफ्नै दुनो सोझ्याउन, ब्यस्त छन्; जसरी बर्षौदेखि , उनिहरु अभ्यस्त छन ; (१) घुमाई-फिराई द्रब्य संकलनकै वरिपरी ; सबै नेता तथा उनका, अधिनस्त छन्। (२) दाँत जस्ता भए पनि, बाहिर देखाउने ; भित्र-भित्रै देश टुक्राउनमै, मस्त छन । (३) रुग्ण हुदै गै रहेछ , देश दिन-प्रतिदिन ; नेताहरु भने क्या ! चुस्त-दुरुस्त छन । (४) देश कंगाल भयो, कंगाल पारिए जनता; भष्ट्रहरुका खजाना, नोटले कुस्त छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २३ गते, २०७१ साल
गजल कसैले त झुठा बाचा, नगरे’नि हुने ; झुठो माया लाउन अघि, नसरे’नि हुने । (१) जान्दा-जान्दै ह्रदयका, यावत कुराहरु ; तिखा वाण सोधाईका, नछरे’नि हुने। (२) ह्रदयमा स्वार्थ मात्र, हुने मानिसको; बनावटी कुरा सुन्न, नपरे’नि हुने । (३) निर्दयी यो दैवको’नि, कस्तो न्याय होला ; एउटै मिल्ने साथी थियो, नहरे’नि हुने । (४) धोकामाथी धोका दिने, बानी चिने पछी; आँखा चिम्ली उसकै भर , नपरे’नि हुने । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २२ गते, २०७१ साल

Wednesday, February 4, 2015

गजल उल्टो-उल्टो काम गर्दै, जमानालाई दोष किन ? कुठाँउमा पाइलो राखी, सिमानालाई दोष किन ? (१) कर्मले नै तोक्ने गर्छ, जित-हार जिन्दगीमा ; हात बाँधी बस्ने गर्छौ , दैवसंग रोष किन ? (२) नदौडेरै जित्छ कस्ले, दौड जिन्दगीको यहाँ ; काम गर्नु भन्दा अघि, राखिदैन होस किन ? (३) कुरा उल्टो, काम उल्टो, उल्टो सोचमात्र देख्छु; राखिएको पाईदैन , सकारात्मक सोच किन ? (४) पवित्रतम् मान्ने गर्थ्यौ, हिजो हाम्रो सामिप्यता, समयले कोल्टो फेर्दा, आज अपशोच किन ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ २२ गते, २०७१ साल

Sunday, February 1, 2015

गजल सुर्य पनि निस्तेज भए,दिन ओरालो लागे पछी; अंग-अंग शिथिल भए, यौवन ओरालो लागेपछी । (१) पश्चाताप भो कसैलाई, चोखो सम्बन्धमा पनि ; गहत- झोलमा बदलिएँ, दिन ओरालो लागेपछी । (२) कर्कश हुदै गएका छन्, मिठा बोलीहरु पनि ; म उपेक्षित हुदै रहें, दिन ओरालो लागेपछी । (३) मुल्य ठुलो हुँदो रै’छ, द्रब्य, शक्ति,जवानीको ; बुझें तर पछारिएँ , दिन ओरालो लागेपछी । (४) नजिक हुन चाहँदैनन्, सुखका साथिभाईहरु ; सबै टाढा-टाढा भए, दिन ओरालो लागेपछी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ १८ गते, २०७१ साल

Tuesday, January 27, 2015

गजल मुटुबाट मायाको , निशान गएन; तिम्रो चाहनाको, ठेगान भएन । (१) जसको लागी, धड्की रहन्छ मुटु; उसकै उपस्थितिको, ज्ञान भएन । (२) बिगतको हिसाब नै के भो र ? वर्तमानको नै, पहिचान भएन । (३) बित्यो जीवन, उकाली ओरालीमै ; जीवनपथ् समथर, मैदान भएन ; (४) द्रब्य लिप्सामा, डुबेको दुनियामा ; पवित्रतम प्रेमको, सम्मान भएन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ १४ गते, २०७१ साल

Thursday, January 22, 2015

गजल चिउँडो बिनाको बिचित्र, दारी छ नेपालको ; रिमोट राजनितिको, सिमापारी छ नेपालको। (१) माँग नभएर मुल्यहिन , बन्ने गरेंझै बस्तुहरु ; महग्ङो बेईमानी, सस्तो इमान्दारी छ नेपालको ; (२) अनौठो नाटक हुने गरेको छ, सदा सर्वदा; नेता नै ब्यापारी र भष्ट्राचारी छ नेपालको । (३) लक्ष , योजना, कार्यक्रम र कार्यान्वयन ; जे जति छ, सबै हावादारी छ नेपालको । (४) यो, उ त्यो जो सुकै देखिए पनि सतहमा ; शक्तिशाली नाता,कृपा र सारी छ नेपालको । (५) दल,वाद र सिद्धान्त, मात्र नाम हुन पसलका; टाउके सबैको सधै, अत्याचारी छ नेपालको । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ ८ गते, २०७१ साल

Wednesday, January 21, 2015

गजल तिंमी बिना कस्तो होला, यो दुनिया मेरो लागी; च्यातिएको रित्तो झोला, यो दुनिया मेरो लागी । (१) शुन्य-शुन्य वातावरण, शुन्य हुने प्रकृति नै ; पानीबिना मृत खोला, यो दुनिया मेरो लागी । (२) वियोगले बिक्षिप्त भै, मृत सतीदेबी बोकी, हिडेजस्तै भयो भोला, यो दुनिया मेरो लागी । (३) जिउनुमा न छ हर्ष, न मरणको त्रास कुनै , अर्थहिन भयो चोला, यो दुनिया मेरो लागी । (४) बिरानो भो गाँउ-घर, जिन्दगी नै बिरानो भो; अन्त्यहिन भयो गोला, यो जिन्दगी मेरोलागी। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ ८ गते, २०७१ साल
गजल तिमीलाई नेता मान्न, छोडे पनि हुने भयो; तिम्रो-हाम्रो नाता पनि, तोडे पनि हुने भयो । (१) सहमति जपी हिड्छौ, मार्ग लिन्छौ बिमतिको; उल्टो कुरा सोच्ने शिर, फोडे पनि हुने भयो । (२) मत संख्या मात्र ठान्यौ , हामीलाई सधैभरी, नेतागिरी ब्यापारमा , जोडे पनि हुने भयो । (३) सबै कुरा द्रव्यसंग, साट्न थालेपछी अब ; आदर्शको मुल बाटो, मोडे पनि हुने भयो । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ ६ गते, २०७१ साल

Sunday, January 18, 2015

गजल मान्छे भई दैवलाई, साथी किन सम्झन्छौ; आफुलाई अरुभन्दा, माथी किन सम्झन्छौ । (१) लाखौ भक्तहरु सामु, सधै बोल्ने गरेका छौ ; कुनै खास भक्तलाई, राती किन सम्झन्छौ । (२) कुनै बेला लुकाउथ्यौ, आफ्नो पहिचान त्यही; कुरै पिच्छै आजभोली, जाती किन सम्झन्छौ । (३) हामीसंग छाट्ने गर्थ्यौ , आदर्शका कुरा सधै ; लाभ बाड्न भाई,छोरा, नाती किन सम्झन्छौ । (४) हिजोसम्म वर्ग शत्रु , भन्ने गर्थ्यौ तिनैलाई ; आँखा चिम्ली आजभोली, जाती किन सम्झन्छौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ ४ गते, २०७१ साल