Pages

Friday, August 23, 2013

गजल ३० खातका खात भए, प्रतिवेदनका पानाहरु ; तिसौ हजार भए, ठगी खाने बहानाहरु । (१) बगेकै छ बाग्मतीमा , नेपालको नमुना बिकाश ; छैनन यो देशमा सबै, अन्धा तथा कानाहरु । (२) ठुला चोरहरुको स्वर पनि, सुनिदै छ ठुलो ; ब्याप्त चारैतिर घुसखोरीका, ताना-बानाहरु । (३) समात्दै बन्दुक, राता-रात बन्दै छन्, हल्दारहरु ; अर्थहिन बन्दै छन, नियम-कानुनका पानाहरु । (४) ब्यबसाय चलेकै छ डकैति र भाषणको संग-संगै ; सबैको चाहना एउटै, के नयाँ के पुरानाहरु । (५) चारैतिर छन जुका,स्याल फ्याउरा र ब्वाँसाहरु ; सदैव दाऊमा हुन्छन, साद्न आफ्ना निशानाहरु । रचना ; यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment