Pages

Friday, April 29, 2016

गजल फगत उस्को बस्ने कुर्सिको, रवाफ थियो; सिधै अरुलाई हेप्ने उस्को, जवाफ थियो। (१) बन्दुक समाउदैमा, हल्दार बनाइएकाहरुको ; आज मात्र हैन हिजो'नि, यस्तै स्वभाव थियो। (२) कसले चिनेको छैन र नाङै छौ तिमीहरु; भष्ट्राचारीहरुको घमण्ड,साफ-साफ थियो। (३) के भनौ उसले प्रयोग गरेका, शब्दहरु , सडे-गलेका सोचको फगत, बाफ थियो। (४) कसरी बन्यौ राष्ट्रको ढुकुटीको, हर्ताकर्ता तिमी, प्रतिप्रश्नमा हिजोदेखी नै उ, नाजवाफ थियो । रचनाः यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख १६, २०७७३ साल

Sunday, April 17, 2016

गजल नेपाली किसानको, निन्दै-निन्दा हो ए.डी. एस. ; बिदेशीको गफै-गफको,पुलिन्दा हो ए.डी. एस । (१) आफ्नो योजना बनाउन नसक्ने लाछीलाई; बिदेशी धुर्तहरुको,फगत चन्दा हो ए.डी. एस । (२) डलर पारखीहरुले जति नै वाह! वाह! गरुन ; वास्तवमा देशद्रोहीको, धन्दा हो ए.डी. एस । (३) धेरैका कुदृष्टीहरु परेका छन, समष्टीमा यसमाथी; गैससलाई भत्ता, रक्सी, काउली- बन्दा हो ए.डी. एस । (४) ठुलै जमात संलग्न छ, बिकासे पाखण्डीको यस्मा ; गन्देहरुले, गन्दा सोचले रचेको, गन्दा हो ए.डी. एस। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र ९ गते, २०७२ साल