Pages

Sunday, August 6, 2017

गजल बुझियो, कस्ले लगाउँछ, मालाहरु नेपालमा ; को को रहेछन मनका, कालाहरु नेपालमा । (१) देशमा योग्यहरुको अनिकाल, भएझै गर्दै; टाँसिए मखमल्मा भाग्ङ्राका, टालाहरु नेपालमा । (२) कस्ता-कस्ता खबरहरु, सुन्न परेको छ आजभोली ; नाग्ङिगै छन स्वघोषित, ठुला-ठालाहरु नेपालमा । (३) दिदी बहिनी दाजु –भाईहरु सचेत हुनुस; क-कस्ले बोकेका छन, भालाहरु नेपालमा । (४) वास्ता नगर्दा मिल्किए टोल-छिकेकका मणिहरु; दुषित राजनितिले , देशका उज्यालाहरु नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर

Thursday, August 3, 2017

गजल कोही निश्कपट राम छन, यसै समाजमा ; कोही निकै बदनाम छन् , यसै समाजमा . (१) स्वार्थीहरुको दस्ता, भेटिन्छन सबैतिर ; हजुर ! बोकोहराम छन्, यसै समाजमा . (२) चोरी, लुट र ठगी पेशाका , यी छद्मभेषीहरु ; छरियका हरेक ठाम छन्, यसै समाजमा . (३) पत्याउनै गाह्रो पर्ने छ, गन्हायको देखेर; कैयन ठुला नाम छन, यसै समाजमा . (४) आफूलाई बिकाशका ठेकदार ठानेता पनि; अग्रगमनका जाम छन् , यसै समाजमा . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १३, २०७३ साल
गजल देशमा भिषण पहिरो र भेल छ अचेल; भष्ट्रहरुको शासन र चलखेल छ अचेल । (१) कस्लाई वास्ता छ ? राष्ट्र र राष्टि्यताको ; भागबण्डामा दलहरुको मेल छ अचेल । (२) झण्डावाल गाडीमा ,हिड्ने गर्छन भष्ट्हरु; निर्धा र निर्दोषलाई मात्र, जेल छ अचेल । (३) स्वदेशी उत्पादनहरु, ओरालो लागेका छन; आयातित बस्तुहरुकै, ठेलम्ठेल छ अचेल । (४) दलाल र धुर्तहरुनै अगाडी छन, यो देशमा ; ईमान्दार र परिश्रमी सधै , फेल छ अचेल । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक ९ गते

Wednesday, August 2, 2017

गजल यसो हेर्दा सरल जस्तो; बहावमा तरल जस्तो ; तिम्रो माया किन होला, बालुवाको महल जस्तो । (१) कुनै फरक कहाँ छ र ? नयाँ होस वा पुरानोमा ; यस्तो लाग्छ यो माया’नि , एकोहोरो पहल जस्तो । (२) चस्स-चस्स बिझी राख्ने, कता कता ह्रदयमा ; सधै बाजी हारी राख्ने, चिडियाको नहल जस्तो। (३) कुनै कुरा किन होला, प्यारो लाग्ने बिझाउँदा ; मदिराको मातकोझै , केही रहल-पहल जस्तो। (४) हुनु पर्छ चाहनामा, गहनता र पवित्रता ; नहोस प्रेम भिखारीझै, चाकरी र टहल जस्तो । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १९ गते, २०७४ साल