Pages

Saturday, August 10, 2013

गजल-४९ सधैंको भोलीले, पुगेन मलाई ; र चिप्लो बोलीले ,पुगेन मलाई । (१) के बाँकी रह्यो र, भिकारी बनायौ : मायाको झोलीले , पुगेन मलाई । (२) म खोज्छु प्रियसी , जलाशयझै ; तिर-तिरे खोलीले पुगेन मलाई । (३) सुगन्धित पवनको म चाह राख्छु ; आवारा हुरीले पुगेन मलाई । (४) रहोस प्रित दिलको गहिराईसम्म; कुरो बाहिरीले पुगेन मलाई । (५) नशा नै भए नी पवित्रतम् होस ; बिषालु सुराले, पुगेन मलाई । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment