गजल ५३
छ बोली नशालु, छ हाँसो नशालु;
हुने प्रितको त्यो, छ पासो नशालु।
(१)
त्यो बैसको मात, चञ्चल हिडाई;
अधर मात लाग्ने, छ हाँसो नशालु।
(२)
त्यो रुपले मग्न बिचार ऊठ्छ;
टिपेर टपक्कै ,यो दिलमै बसालुँ ।
(३)
यतै मोहनी छ उतै मोहनी छ ;
यो मोहनी जाल कसोरी उचालुँ ।
(४)
यता छन लुटेरा, लुटेरा उता छन;
कता म लुकाउँ कता म उचालुँ ।
(५)
नयन ती नशालु, नजर ती लुटेरा;
मलाई सुरक्षित, कता म बसालुँ ।
No comments:
Post a Comment