गजल १४४
अर्थहिन यो संसार, तिमि बिना ;
चल्दै-चल्दैन घरबार, तिमी बिना ।
(१)
प्रेरणाकि श्रोत कदम् कदम् कि साथी;
अध्यारो घरको संघार, तिमी बिना ।
(२)
गतिहिन बन्छ मेरो, जिन्दगीको यात्रा;
काट्नै गाह्रो यि दिन र बार, तिमी बिना ।
(३)
उदाउँछ र अस्ताउँछ, घाँम तिमिसंगै ;
खल्दै खुल्दैन यो मुहार, तिमी बिना ।
(४)
नशामा बाच्दै छु म, तिम्रो सामिप्यको ;
कसले सुन्छ मेरो गुहार, तिमी बिना ।
(५)
निरन्तर घुमी रहन्छ, समयको चर्खा ;
आउँदैन जिवनमा बहार, तिमी बिना ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment