Pages

Thursday, August 22, 2013

गजल ७३ बितेका जस्ता, सुनौला दिन, फर्कन्छन् अवश्य ; ओइलाए जस्ता कोपिलाहरु, फक्रन्छन् अवश्य । (१) असह्य ताप, खडेरी ब्याप्त, चौतर्फी उजाड ; पानीका थोपा, बनेर बर्षा, बर्षन्छन् अवश्य । (२) प्रकृति हाम्रो, बिचित्र सारै, छ त्यस्तै महान ; खुसीका झरी, जिन्दगीमा’नी, दर्कन्छन् अवश्य । (३) जिउनुलाई, सार्थक जीवन, खाँचो छ धैर्यको ; पर्खेर बसे, स्वर्णिम क्षण, आउने छन् अवश्य । (४) भनिन्छ, सुन्छ दैवले पनि, आत्माको आवाज ; पवित्र, मन्को चाहना हाम्रो, पुग्ने छ अवश्य । (५) न फालौ खेर, निराश बन्दै, सुन्दर जीवन ; आगामी दिन्मा, सुन्दर फूल, फुल्ने छन् अवश्य । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment