गजल ७८
मनमा दुख भए पनि, हाँस्नै पर्योो काली ;
जे भए’नि जस्तो भा’नी, बाँच्नै पर्यो; काली ।
(१)
मन त भन्थ्यो तिमीलाई, राखुँ आफ्नै सामु ;
समयको ईसारामा, नाच्नै पर्योल काली ।
(२)
सपनामा तिमी हुन्छ्यौ, झझल्कोमा पनि ;
तिम्लाई सोची बस्ने मेरो, बानी पर्योय काली ।
(३)
घाँस-दाउरा मेला पात, जहाँ जाँदा पनि ;
संगै भा’को सम्झनाले, गर्नु गर्योप काली ।
(४)
घण्टौ बसी एकान्तमा, मनका कुरा गर्थ्यौ;
बिछोडले मनमा पीर, पर्नु पर्योर काली ।
(५)
सोच्दी हौलि तिम्लाई बिर्सी, र’माछु कि भनी ;
मनको खुसी तिमीतिरै, बसाई सर्यो काली ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment