Pages

Friday, August 23, 2013

गजल -४८ न स्वार्थ छ कतै केही, न सिमाना कर्तब्यको ; पवित्रतम् परिभाषा , तिम्रो मेरो सम्बन्धको । (१) जोडिएर बनेको छ, मनको तार मनैसंग ; अतुलनिय गहिराई, तिम्रो मेरो सम्बन्धको । (२) संसारमा सबै भन्दा, प्यारो तिम्रो सामिप्यता; अमुल्य छ मुल्य छैन , तिम्रो मेरो सम्बन्धको । (३) मेरो लागी तिम्रो बोली, उर्जा जस्तै बनेको छ ; गहिरो जग बसेको छ, तिम्रो मेरो सम्बन्धको । (४) तिम्रो प्राप्ती मेरोलागी, सबै थोक संसारमा ; अधीकतम महत्व छ ,तिम्रो मेरो सम्बन्धको । (५) सात जन्म पहिलेको, सात जन्म पछी पनि ; युगानुयुगको नाता, तिम्रो मेरो सम्बन्धको । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment