Pages

Friday, May 27, 2016

गजल रुची महिला र पुरुषको रहेछ, टिसर्ट र जिन्समा : कम्सेकम पोशाकमा समानता छ, फिलिपिन्समा । (१) कोलाहल छ सबैतिर , पछाडी पारिए महिला भन्दै; सबैतिर महिलाहरुकै अग्रता देखिन्छ, फिलिपिन्मा । (२) बिदेश र बिदेशीप्रतिको मोह बिषबृक्षझै मौलाइको छ ; जे पनि बिदेशीलाई सहज उपलब्ध छ, फिलिपिन्समा । (३) किन पर्यटकहरु यति सारो आकर्षित यो ठाँऊमा ? चुरो कुरो त हजुर अर्कै हुने रहेछ , फिलिपिन्समा । (४) केही हुने रहेनछ राष्ट्रियता हराए पछि समाजमा; कस्तो बिकाशको बान्की देखिन्छ , फलिपिन्समा । रचना: यज्ञ प्रसाद गिरी जेठ १४, २०७३ साल मनिला, फिलिपिन्स

Tuesday, May 17, 2016

गजल जसरी प्रख्यात छ प्राकृतिक सुन्दरता, नेपालको ; त्यस्तै अमुल्य छ जैविक विविधता, नेपालको । (१) औषधिय गुणयुक्त छन , हाम्रा बनस्पतिहरु ; बन्ने छन भविश्यमा सम्पन्नता, नेपालको । (२) कहाँ बुझ्यौ र खै ? प्रकृतिको वरदानलाई हामीले; आफैभित्र निहित असिम सम्भाब्यता, नेपालको । (३) आजै खोजौ, सदुपयोग तथा संरक्षण गरौ; विश्वमै जैविक विविधताको अग्रता, नेपालको । (४) अनुसन्धान , सदुपयोग र दिगो विकाशमा जुटौ ; दिलोज्यानले प्रमाणित गरौ योग्यता , नेपालको । रचना: यज्ञ प्रसाद गिरी आनन्दबास्ती, ललितपुर जेठ ४ गते , २०७३ साल

Saturday, May 14, 2016

गजल मायामा मनको चाहना बेहिसाब हुन्छ; ब्यापारमा मात्र दौलतको हिसाब हुन्छ। (१) चाहना के हो यसै भन्न सकिन्न हजुर ; मनको भित्री गरिराईबाट दबाब हुन्छ । (२) बुझ्नै कठिन कस्तो नशा यो प्रेमको; सुखद भएर पनि यो खराब हुन्छ । (३) सारै अस्थिर हुने रहेछ यो चाहना पनि; कुन बेला कस्को कता झुकाव हुन्छ। (४) अनुमान गर्नै कठिन छ भविश्य प्रेमको; कहिले कुन दिशातिर समयको बहाव हुन्छ । रचनाः यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३०, २०७७३ साल