Pages

Wednesday, July 17, 2019

परे रंग फेर्दा रै,छन , चिप्लो, मिठो बोल्नेहरु ;
आधा मुटु गोप्य राखि, आधा मुटु
खोल्नेहरु ।
(1)
कठिन बाटो हिँड्नु पर्दा , खुट्टा पनि कमाउछन ;
अन्दाजमा हमसफरको बित्था भाउ मोल्नेहरु ।
(2)
जिन्दगीको सफर जब , रेगिस्थानि बन्न थाल्छ ;
बाटो मोड्दै हिँड्न थाल्छन , ओठे माया गर्नेहरु ।
(3)
तिम्रैलागी मर्छु बाच्छु , भन्नेहरू पनि हजुर ;
बन्न पुग्छन जिन्दगीमा , नया खाता खोल्नेहरु ।
(4)
गुनासोको ठाउ छैन , चाहनाको दुनियामा ;
सधैं - सधैं सुखी रहुन , ह्रदयमा बल्ने हरु ।

जेठ 19 गते 2076 साल
बिरेन्द्रनगर , सुर्खेत








ढुङ्गा लाई दैव मानि , ढोग्नै छोडी दिउँ ;
अब यस्तो लाग्छ गजल, लेख्नै छोडी दिउ ।
(1)
उहिल्यै देखी जसको तस्बिर , मनमा बसेको छ ;
कसोगरी यी आँखाले , देख्नै छोडी दिउ ।
(2)
कसैगरी नलागे,सि , गन्तव्यको टुङ्गो ;
लाग्छ पाईला घिसारेर , हिडनै छोडि दिउ ।
(3)
जुन बाटोले पुर्याउदैन , तिम्रो घरको आगन ;
त्यतातिर किन हेर्नु , हेर्नै छोडी दिउ ।
(4)
मरुभूमि बनी सक्यो , आफ्नो जिन्दगानि ;
शितको थोपा जस्तो नाता, जोड्नै छोडी दिउ ।











Saturday, July 6, 2019



चर्क्यौ,फुट्यौ र दरार भयौ;
दिल चोरेर, फरार भयौ ।
(1)
स्थायी स्थान दिएको थिए ;
आफ्नै खुसिले करार भयौ ।
(2)
सियो ठानेको थिए मैले त ;
छुरी बन्यौ , तरवार भयौ ।
(3)
जिवनको सन्जिवनि ठाने ;
तिमी त आफै बिमार भयौ ।
(4)
ठान्थे अलौकिक तिमिलाई ;
मात्र जिवनको बिस्तार भयौ ।

यज्ञ प्रसाद गिरी
जेठ 21, 2076 साल
बिरेन्द्रनगर , सुर्खेत