गजल११९
एउटा गजल लेखेको छु, तिमीलाई सुनाउन ;
साच्चै भन्दा भनुँ आफ्नै, मनलाई भुलाउन ।
(१)
जता हिड्छु छरेका छन, बाटोभरी काँडाहरु;
रगताम्मे नाग्ङा खुट्टा, हुनेलाई तुल्याउन ।
(२)
बलेकै आगोको मान, के मुल्य छ खरानीको;
अन्त्यमा पर्ने नै रै’छ, हार्नेलाई बिलाउन ।
(३)
कसैले गर्वले फुल्दै, नबोलेर बसी दिंदा ;
सारै गाह्रो हुँदो रै’छ, उसैलाई बोलाउन ।
(४)
थाहा छैन सोच तिम्रो के कस्तो भो, आजभोली;
म छु ब्यस्त उध्रिएको , मुटुलाई सिलाउन ।
(५)
जीवन तिम्रो बगी रहोस,तिम्ले चाहे जसो गरी;
माफ गर्नु सक्ने छैन, होमा हो त मिलाउन ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment