Pages

Friday, August 28, 2015

गजल नसोध तिमी को ? चिनेर के गर्छौ ? को नाङ्गो को भोको , जानेर के गर्छौ । (१) खुनी भो राजनिति , अगुवा निकम्मा ; सिध्दान्त स्वतन्त्र , मानेर के गर्छौ । (२) कुनै काम हुन्न , नचढाई भेटी; सुशासन-शुसासन, भनेर के गर्छौ । (३) विश्वमा चिनिन्छौ, दरिद्री भनेर ; बिटा नोटका ब्यर्थ, गनेर के गर्छौ । (४) के सांसद, के मन्त्री, के मुख्यमन्त्री ; हुने यै छ चाला , बनेर के गर्छौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , महालक्ष्मी नगरपालिका - १५ ललितपुर भदौ १२ गते , २०७२ साल

Thursday, August 27, 2015

गजल सोझा -साझालाई झुक्याउनु झुक्याए, देशद्रोहीले ; चिताको आगोमा आफ्नो रोटी, सेकाए, देशद्रोहीले । (१) लाल पुर्जा हात्मा, जमिन भारत्मा हुदाँ कहाँ थिए यी; छापरोले झै राता-रात रंग फेरी आए , देशद्रोहीले । (२) भयावह बन्दै छ , यो देशमा रगतको राजनिति हजुर; आपसी मारकाट गराएर के पाए , देशद्रोहीले । (३) साख्कै कसरी हुन सक्छन गरीबका , यी शोषकहरु; क्षेत्रियता र जातियताको बिष फैलाए, देशद्रोहीले । (४) नरसंहारलाई पुरुसार्थ मान्ने ,राक्षसी प्रवृति अगाल्दै; फेरी टाउको उठाउने अवसर पाए , देशद्रोहीले । (५) चिन्नुस, राम्ररी चिन्नुस, को हुन घातक यो देशका ; रक्तपिपाषु सक्कली स्वभाव देखाए, देशद्रोहीले । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती ,ललितपुर भदौ ११ गते, २०१७२ साल

Saturday, August 22, 2015

गजल कसैलाई खुसी लाग्यो ,पोख्नु परे फेसबुक ; आँखाबाट आँसु झरे, रोक्नु परे फेसबुक ; (१) जिउनु नै संधर्ष हो, चली राख्ने निरन्तर; जिन्दगीमा दह्रो पाईला, टेक्नु परे फेसबुक । (२) कसैलाई सता’को छ, प्रियसीको चाहनाले ; सबैलाई मनको कुरा, लेख्नु परे फेसबुक । (३) गुनासो छ कसैलाई, आफ्नै जिवनसंग पनि; सबै बिर्सी भट्टी पसी, धोक्नु परे फेसबुक । रचना: यज्ञ प्रसाद गिरी
गजल राम्रो सोच लेउ भन्छु, के भन्नु र तिमीलाई ; बस सत्य छेउ भन्छु, के भन्नु र तिमीलाई । (१) पैसा मात्रै लिने हैन, एउटै लक्ष्य जिन्दगीमा ; पैसा मात्र पुजी हिड्छौ, के भन्नु र तिमीलाई । (२) सानो-ठुलो ऊँच-निच, बिभेदमा अल्झि दिन्छौ ; फराकिलो पार्नु सोच, के भन्नु र तिमीलाई । (३) यो तेरो र मेरो धर्म, भन्दै किन लड्नु पर् यो ; के धर्मले जुझाँउछ ? के भन्नु र तिमीलाई । (४) बाँडेका छन हामीलाई, अनेकौ गुट र बादमा ; फोहरी छ राजनिती, के भन्नु र तिमीलाई । (५) नबुझेरै नाची हिड्छौ, पराईका ईशारामा ; अवश्य नै ठगिने छौ, के भन्नु र तिमीलाई । रचना : यज्ञ प्रसाद गिरी
गजल काममा पनि टेन्सन, नाममा पनि टेन्सन ; उता यिसूमा टेन्सन ,यता राममा टेन्सन । (१) बिरामी धनले कोही,कोही त धनकै पछी ; यता अघायर टेन्सन, उता नपाएर टेन्सन । (२) कतै नारा घन्काउने, कोही आसिन महलमा; यता नपायर टेन्सन , उता कमाएर टेन्सन ; (३) कोही बस्ने डाईटिग्ङमा, कोही भोकै सडकमा; यता नखाएर टेन्सन, उता मोटाएर टेन्सन । (४) चाल हाम्रो छिमेकीको आफ्नै दुनो सोझ्याउने; कोही उदाएर टेन्सन, कोही बिलाएर टेन्सन । (५) छान्यौ नेता हामीले नै धोकेवाज,स्वार्थिहरु; यता उठाउदै टेन्सन, उता ढलाउदै टेन्सन । रचना : यज्ञ प्रसाद गिरी
गजल मेरै रंगमा रंगियी, घुल्ने मान्छे; तिमी मात्र मेरो, मन मिल्ने मान्छे। (१) छ जादु अधरमा, र बोली मधुरो; सफा ह्रदयकी, सधै खुल्ने मान्छे । (२) बिना रिस-राग, सरलता अँगाली ; सधै न्यायको पक्षमा,बोल्ने मान्छे । (३) नसोध मलाई , कहाँ तिम्रो ठाँउ ; सदैव मुटुभित्र, तिमी रम्ने मान्छे। (४) मष्तिस्क-मन् , यी आँखाहरुमा; रमाई-रमाई , सधै डुल्ने मान्छे । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२ साल

Friday, August 21, 2015

सिग्ङै पाईन्ट काटी-काटी, आधा किन पार्नु पर्‍यो; सद्दे आँखा छोप्नलाई, बाल किन झार्नु पर्‍यो । (१) चुरोट रक्सी खाँदा-खाँदा, शरिर भा’छ सारग्ङीझै; ; मर्काउदै शरिर ब्यर्थै ,ठुन्का, किन पार्नु पर्‍यो । (२) यसो हेर्दा भिकारी झै, त्यसै पनि गाली रा’छौ ; राम्रै लुगा जथाभवी, प्वाल किन पार्नु पर्यो । (३) तारे भिर् झै नाक भा’छ, गडें आँखा तलाऊ झै ; हेर्दै लाग्छौ बुँख्याचाझै , नक्कल किन कोर्नु पर्‍यो । (४) चारैदिशा तेर्सिएका , एन्टिना झै लट्टाहरु ; आफै टिभी बनी हिड्छौ टिभी किन हेर्नु पर्‍यो । (५) खस्दा-खस्दा ठाँऊ तिम्रो, रसातलमा पुगी सक्यो ? निकै तल झरी सक्यौं , अझै कति झर्नु पर्‍यो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल कोही पिडित, चर्को घामले, कोही पिडित चक्का जामले । (१) मस्त सबै छन् आप्नै धुनमा ; सबै ब्यस्त, आफ्नै कामले । (२) पश्चातापमा छन कोही ; हिजो गरेको, आफ्नै कामले । (३) सबै मुला एकै ड्याङका; चिनिउन चाहे, कुनै नामले । (४) राखेर पासो कदम- कदममा; बुन्दै छ जाल्, कुन हरामले । (५) मच्चाए लुट-पाट् रावणहरुले ; खेप्दै छन सास्ती, सोझा रामले । रचना: यज्ञ प्रसाद गिरी आन्नदबस्ती, ललितपुर

Sunday, August 16, 2015

गजल बड्दै छ मल बिऊको भाउ, खै कता छ गणतन्त्र ? मेरो गाँउ तेरो नाँउ , खै कता छ गणतन्त्र ? (१) यो पार्टी र त्यो पार्टीको, जति कुरा गरे पनि ; सबै चोर एकै ठाँउ , खै कता छ गणतन्त्र ? (२) पिडित भए सिधा-साधा , भुकम्प र पहिरोले ; नेताको कुम्ल्याउने दाउ, खै कता छ गणतन्त्र ? (३) कति सारो मौलाएको, भागबन्डा संस्कृति यो ; गरीबलाई छैन ठाँउ , खै कता छ गणतन्त्र ? (४) फोर्नु पर्छ खप्पर अब, एक-एक छानि-छानी ; यिन्लाई धुलो चटाँउ, अनि आउछ गणतन्त्र । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , महालक्ष्मी नगरपालिका - १५ ललितपुर साउन ३१ गते , २०७२ साल
गजल छाती तानी हिड्ने चोर, के भा’को हाम्रो समाज ; उल्टै तिनको ठुलो स्वर, के भा’को हाम्रो समाज ; (१) ब्यापारी र शिक्षक अनि बुध्दिजिवी भन्नेहरु; उस्कै अघि लम्पसार, के भा;को हाम्रो समाज । (२) सोझालाई दोषी देख्ने , न्यायका ठेकेदारहरु ; न्यायको यो कस्तो धार, के भा’को हाम्रो समाज । (३) खोला-नाला सिमाना’नि, बेची दिने हाकाहाकी ; संरक्षक बन्छ लाचार , के भा’को हाम्रो समाज। (४) खुरापाती मात्र यहाँ , मौलाएका चारैतिर । अनैतिकताकै ब्यापार, के भा’को हाम्रो समाज। रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर, साउन ३१ गते, २०७२ साल

Saturday, August 15, 2015

गजल के-कस्तो छ गारो-सारो, प्रष्ट हुनु पर्यो ; छ कि छेन देश प्यारो , प्रष्ट हुनु पर्यो। (१) यो निहुँ र त्यो निहुँमा , राष्ट्रघात किन ; कस्ले हाम्रो साख झार्यो, प्रष्ट हुनु पर्यो। (२) नेताले कि जनताले, कसले दियो धोका; कसले बिचल्लीमा पार्यो, प्रष्ट हुनु पर्यो। (३) आन्दोलन किन भयो , केको लागी बन्द; कतातिर कसको तारो , प्रष्ट हुनु पर्यो । (४) मिचिएर साँध-सिमा, मर्कामा छन् जनता ; त्यो सिमाना कसले सार्यो, प्रष्ट हुनु पर्यो। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन ३० गते, २०७२ साल
गजल तिम्रै लागी मर्छु बाँच्छु, भन्ने’नि बेपत्ता भए ; आफ्नो भने पर्खाईमा, दारी-जुग्ङा सेता भए । (१) सयौ पटक ऐना हेर्दै , आफ्नै रुप निहालेर ; आफुभित्रै दंग पर्दै, मस्किने दिन कता गए । (२) जिन्दगीका हरेक क्षण, उन्मादले परिपुर्ण ; अत्तो-पत्तो केही छैन , यता गए उता गए । (३) दुष्ट निति, भ्रष्टनिति , यो देशको राजनिति ; रातारात पखालियी , काला जति सेता भए । (४) राष्ट्रघात गर्नेहरु , हर्ता-कर्ता बनेका छन ; चोर, गुण्डा, ब्यविचारी, यो देशका नेता भए। रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर साउन ३० गते, २०७२ साल

Friday, August 7, 2015

गजल सृष्टि कस्तो हुन्थ्यो पानी, नभएको भए; तिम्रो माया गर्ने बानी, नभएको भए । (१) हाम्रो नाता अजम्बरी, कहाँ हुने थियो; पहिलो भेट्मै पानी-पानी, नभएको भए। (२) दुर्घटनाग्रस्त हुन्थ्यो, सफर जिन्दगीको; तिमिसंग चिनाजानी , नभएको भए । (३) हामीहरु यति नजिक, हुदैन्थ्यो होला; तिमी पनि स्वाभिमानी, नभएको भए । (४) तिमीसंग भेट मेरो , हुदैन्थ्यो शायद ; म साँच्चीकै भाग्यमानी, नभएको भए । (५) तिम्रो बास ह्रदयमा, नहुन’नि सक्थ्यो; मैले खोजे जस्तो ज्ञानी, नभएको भए । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार १६ गते, २०७२ साल