Pages

Friday, February 17, 2017

गजल भन्दै छ केहि न केही त सिक मलेशिया; महाथिरले सिगारेको आधुनिक मलेशिया । (१) प्राकृतिक श्रोतको दिगो उपयोगिताको मानक ; विकाशको बाटोमा अग्रसर जैविक मलेशिया। (२) पर्यटन, प्रतिष्ठा र ब्यापारको कुशल संयोजन; सुन्दर , प्रकृतिमैत्री र बौद्धिक छ मलेशिया । (३) विविध धर्म र जाति एउटै थलो भएता पनि ; राष्ट्रियताको सवालमा सधै एक छ मलेशिया । (४) छन त छन दर्जनौ दल र नेताहरु हाम्रा पनि ; काममा न्युनतम नेपाल, अत्यधिक मलेशिया । रचना: यज्ञ प्रसाद गिरी क्वालालुम्पुर, मलेशिया फागुन १७ गते, २०७३ साल
गजल जैविक विविधता अपार छ एशियामा ; श्रोत र साधनको भण्डार छ एशियामा । (१) भाषा, धर्म, संस्कृतिको उद्गम खोज्दै जाँदा, प्राचिनतम बलियो आधार छ एशियामा । (२) किन गरिब हुदै छौ, दिनप्रतिदिन हामीहरु ? राजनितिको धृणित ब्यापार छ एशियामा । (३) माल पाएर चाल नपाउने,हुस्सु बन्नु परेको छ ; शोषक र शोषितहरुको ससार छ एशियामा । (४) कस्तुरीको खोजीमा भौतारिने मृगझै छौ हामी ; विशाल ,कृत्रिम र अनौठो विकार छ एशियामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन ७ गते, २०७३ साल