Pages

Thursday, August 22, 2013

गजल ६९ केको लाज केको चिन्ता, चोखो माया गाँस्न पनि; किन ब्यर्थै खुम्चिनु र , दिल खोलेर हाँस्न पनि । (१) किन सोच्नु के भन्ने हो, अन्यायी यो दुनियाले ; अनुमति किन खोज्नु , आफ्नो माया साँच्न पनि । (२) कुरा काट्लान काट्न देउ, गर्दै गरुन चर्चाहरु ; सिक्नु पर्छ दुष्टताको , तिखो सिंग भाँच्न पनि । (३) बिना अर्थ किन बाँच्छौ , चाहनाको चिहानमा ; आफ्नो ईच्छा दबायर , गाह्रो पर्छ बाँच्न पनि । (४) मुल्य किन घटाउनु, अमुल्य यो जिन्दगीको ; बढौ अघि जिन्दगीको, अन्धकार नाँस्न पनि । (५) कस्ले रोक्छ किन रोक्नु, तिमीलाई सधै भरी; ह्रदयले चाहे जस्तो , छातीभित्र टाँस्न पनि । रचना: यज्ञ प्रसाद गिरी

No comments:

Post a Comment