गजल १२६
कोही भर्याबङ चढ्दै, महान भए;
कोही लड्दा-लड्दै, चिहान भए।
(१)
कस्ले राख्ने, लेखाजोखा हजुर!
सोझाहरु ब्यर्थै, हैरान भए।
(२)
बदलिए छ सोच, एकै रातमा;
आँखा अन्धा, बहिरा कान भए।...
(३)
बिश्वास गरी , अगुवा बनायौ ;
तिनै आखिरमा, शैतान भए ।
(४)
चोर र साधुको पहिचान खै ?
छुट्याउन गाह्रो निशान भए ।
(५)
उपलब्ध छन सबै बजारमा;
सस्ता कर्तब्य र ईमान भए।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment