Pages

Friday, August 9, 2013

गजल १३१ गर्ने भए आउ तिमी, स्वाभिमानको, कुरा गर ; सम्झदै हिजोको बाचा, के थियो त्यो पुरा गर । (१) मरिहत्ते गर्छौ किन, जाबो कुर्सी हत्या भउँन; बेला भयो अब नौलो, बिहानको कुरा गर । (२) सराप्ने छन हामीलाई, भोली हाम्रै सन्ततीले ; लोभ त्यागी आजैदेखि, उत्थानको कुरा गर ।... (३) बिदेशिका सामु तिमी नतमस्तक किन बन्छौ ; अगुवाझै बनी हाम्रो, सम्मानको कुरा गर । (४) स्वार्थी बनी काम गर्दा, डुबी सक्यो देश हाम्रो; स्वराष्ट्रको निर्माणको, अभियानको कुरा गर । (५) दिनानुदिन गै रहेछन , युवाहरु बिदेशमा ; नेपालमै रोजगारी, र निर्माणको कुरा गर । यज्ञ प्रसाद गिरी वाराणसी, भारत डिसेम्बर २८, २०१२

No comments:

Post a Comment