गजल १६१
यो दिन उदास छ, र रात उदास छ;
यो मन्मा सधैभरी , हुरी बतास छ ।
(१)
जिउनु भो मरुभुमीमा, यात्रा गरे सरी;
ताप , राप छ र सधैभरी प्यास छ ।
(२)
कदम-कदममा, जोखिम छ जिन्दगीमा;
तर पनि त जिउनुको उद्देश्य खास छ ।
(३)
थाहै भएन कहाँ चुकें र एक्लो भएं म ;
तैपनि जुनिजुनि भरी, तिम्रै तलाश छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
साउन २५ गते, २०७० साल
No comments:
Post a Comment