गजल -६४
भाई भन्दा टाई ठुलो, मुहार भन्दा चश्मा ;
न आमाको माया चिन्छौ,न बाबुको बसमा ।
(१)
तिम्रो लेसन लरबरिन्छ फेसन वरीपरी ;
कोही हिड्छौ पागल बनी,भिखारीको भेषमा।
(२)
बियर चुरोट ह्विस्की ब्राण्डी, कुलतहरु धेरै;
भित्र्याउने बाहक बन्यौ, तिम्रो आफ्नै देशमा ;
(३)
बिर्सि सक्यौ भेष –भुसा ,मुल्य समाजको;
आधुनिकता देख्ने गर्छौ, रंगीचंगी केशमा ।
(४)
आफैलाई चिनाउने, नामै पनि फेर्यौा ;
माईकल,थोमस बनी पछि भुल्दैछौ चरेशमा।
(५)
किन काट्न उद्धत भा’छौ, तिमी आफ्नै जरा ;
अवन्नति बढ्दै गा’छ, तिम्रो परिवेशमा ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment