गजल ११२
जता हेर्नोस उतैतिर झोलेहरुकै जमात छ ;
समाजमा निराशा र निष्कृयताको खात छ ।
(१)
जनतामाराका मानसिक सन्तानहरु यी;
न कतै यिन्को थर, न वर्ग न जात छ ।
(२)
छीरी सके यी समाजको छिद्र-छिद्रहरुबाट;
ब्याप्त समाजमा प्रदुषण, कुण्ठा र मात छ।
(३)...
सोझा र परिश्रमी लाग्दै छन बिस्तारै किनारा;
हरेक तह र तप्कामा ,यिनकै भय र त्रास छ ।
(४)
बडी रहेछन यी, ओरालो झर्दै छ देश-बिकाश;
यिनको न ज्ञान,सिप,बुद्धि र कुनै औकात छ।
(५)
यी अन्ध-समर्थकहरु, बिषाक्त पार्दै छन समाज;
यिन्मा टिकेको राजनिति वास्तवमै वाहियात छ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment