Pages

Thursday, August 22, 2013

गजल -६१ नढाँटेर भन काली, किन आफ्नै मान्यौ मलाई ; लाखौ-लाख मध्यबाट, के देखेर छान्यौ मलाई । (१) म त आफ्नै संसारमा, रमाएर बाँच्ने मान्छे; कस्तो चुम्बक लगाएर, आफुतिर तान्यौ मलाई । (२) धन छैन,रुप छैन, सिप पनि कहाँ छ र ? कस्तो खाले कसौटीमा, केही भा’को ठान्यौ मलाई । (३) लामो यात्रा जिन्दगीको, पुरा गर्ने सिल्सिलामा; यै मोडमा भेट्छु भनी, कसोगरी जान्यौ मलाई। (४) अत्ता-पत्ता हराँउदै , बेपत्ता म हुदै गा’छु; बिचित्रको नशा लाग्ने, कुन तिरले हान्यौ मलाई । (५) दिलैदेखि खुसी भा’छु , पर्दा तिम्रो छनोटमा ; ह्रदयमा बसालेर,सधै आफ्नो ठान्यौ मलाई । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment