Pages

Friday, August 23, 2013

गजल ११० भित्र गुदी छैन भने, सिगाँरेर के साध्य छ ? गन्हाउने बस्तुलाई मुसारेर के साध्य छ ? (१) दारा, नग्ङग्रा हुनेलाई, जति आफ्नै ठाने पनि; अन्धो बनी काखी भित्र, घुसारेर के साध्य छ ? (२) टोक्नैलाई बनेको छ, सृष्टिमा जाती सर्पको ; बिशुध्द सोचले दुध, पिलाएर के साध्य छ ? (३) कोही भित्री मनैबाट, मुर्दा बन्दै गएपछि ; प्रगतिको दिशातर्फ , घिसारेर के साध्य छ ? (४) कोही जानीजानी आँखा ,मछोपी अन्धो बन्छ भने; भैसी सामु बिन बाजा, पसारेर के साध्य छ ? (५) बिर्सेर बाँच्नुको अर्थ , चुर्लुम्म स्वार्थमा डुबी ; अरुसामु पिरोलियी, सुसाएर के साध्य छ ? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment