गजल -६०
यस्तो लाग्यो तिमीलाई ,देख्दा पहिलो भेटमा ;
पाएझै खोजेकै बस्तु, मनले पहिलो भेटमा ।
(१)
हाउ भाउ बोलाई र, हेराई र हसाँईमा ;
चाहनाको अभिब्यक्ति, लाग्यो पहिलो भेटमा ।
(२)
केही कुरा लुकाएझै, मनको भित्री कुनातिर,
ओठ तिम्रा खुलेका’थे , बोल्न पहिलो भेटमा ।
(३)
लजाएर हाँस्न खोज्दा ,खोली दाँतका लहर ;
भावनाको चुहावटझै, लाग्यो पहिलो भेटमा ।
(४)
पराईको नजर छल्न , नबुजेझै गरे पनि ,
झीनो संकेत मायाको, लाग्यो पहिलो भेटमा ।
(५)
अमुल्य बस्तुको लामो ,खोज पुरा भए सरी ;
भेटीएको खुसियाली, लाग्यो पहिलो भेटमा ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment