Pages

Friday, August 23, 2013

गजल १४९ बल्दो छ पवित्र अग्नि पलपल्, हाम्रो प्रेमको; गर्दै छ पापी दुनिया छलफल्, हाम्रो प्रेमको । (१) सकेनौ बनाउन ताजमहल, हाम्रो नाममा; तर छैन अस्तित्व ढलपल् , हाम्रो प्रेमको । (२) न आयो बाढी न सुक्यो, खडेरीमा कहिल्यै ; निरन्तर छ मृदु कलकल् , हाम्रो प्रेमको । (३) बदलिन्छ मौसम समयसंगै, प्रकृतिमा पनि ; तर स्वभाव छ सधै अटल , हाम्रो प्रेमको । (४) चर्चा छ बेअर्थ समाजको, जिब्रोमा हजुर ! पवित्र सम्बन्ध छ अचल, हाम्रो प्रेमको । (५) प्रयत्न बाधा-ब्यवधानको, हुने छ बिफल्; नाता छ युगौ-युगको निश्चल्, हाम्रो प्रेमको । रचना: यज्ञ प्रसाद गिरी रामपुर, चितवन फागुन २५ गते, २०६९ साल
गजल १४४ अर्थहिन यो संसार, तिमि बिना ; चल्दै-चल्दैन घरबार, तिमी बिना । (१) प्रेरणाकि श्रोत कदम् कदम् कि साथी; अध्यारो घरको संघार, तिमी बिना । (२) गतिहिन बन्छ मेरो, जिन्दगीको यात्रा; काट्नै गाह्रो यि दिन र बार, तिमी बिना । (३) उदाउँछ र अस्ताउँछ, घाँम तिमिसंगै ; खल्दै खुल्दैन यो मुहार, तिमी बिना । (४) नशामा बाच्दै छु म, तिम्रो सामिप्यको ; कसले सुन्छ मेरो गुहार, तिमी बिना । (५) निरन्तर घुमी रहन्छ, समयको चर्खा ; आउँदैन जिवनमा बहार, तिमी बिना । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १३८ दिलैदेखि देशलाई, माया गर्ने स्वाभिमानी ; लगनशिल परिश्रमी, धन्य तिमी भियतनामी ; (१) माया आफ्नै धरतिको, छातीभरी सगाँलेर ; बैरीको उछित्तो पार्यौ, धन्य तिमी भियतनामी । (२) आफ्नै ज्ञान आफ्नै सिप, लाई कत्ती नहेपेर; महत्ता बुझाई छाड्यौ, धन्य तिमी भियतनामी । (३) प्रकृतिको उपासना, जिन्दगीमा उतारेर ; माटोलाई शिरोधार्य गर्ने, तिमी भियतनामी । (४) बर्षौ लड्यौ नथाकेर, बिरुद्धमा अन्यायको ; रत्तभर’नि नहटेर, धन्य तिमी भियतनामी । (५) सलाम तिम्रो लगन र तिम्रो राष्ट्र प्रेमलाई; समानताका पक्षपाती , धन्य तिमी भियतनामी । रचना: यज्ञ प्रसाद गिरी हो चिन मिन्ह सिटी, भियतनाम ३ फेब्रुवरी, २०१३
गजल १३७ भित्रि मन्का कुराहरु, नलुकाउनु सानु ; सोझै भन्नु के भन्नु छ, नघुमाउनु सानु। (१) दुख मेरो तिमीलाई, यदि बिझ्छ भने; मुटु छेड्ने तिखा शब्द, नसुनाउनु सानु । (२) मनै त हो बद्ली जान कति बेर लाग्छ; मन्मा ला’को कुरा भन्न नधकाउनु सानु । (३) समाजले के सोच्ने छ, मेरो कदमलाई ; सोच्दै तिमी ब्यर्थै खुट्टा नकमाउनु सानु। (४) के म गरुँ, कसो गरुँ, भन्ने लाग्छ भने ; उचित कदम झट्ट चाल्नु, नहराउनु सानु। (५) मेरो साथ तिमीलाई वाधा बन्छ भने ; बिर्सी मलाई सधैलाई, रमाउनु सानु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १३२ अग्रजहरु भन्ने गर्थे , पवित्रतम तिर्थ काशी ; प्रत्यक्ष छ आज त्यही , मेरो सामु वाराणसी। (१) अपुर्व ज्ञानको केन्द्र, परापुर्व कालदेखि ; धार्मिकहरुको लागी, गन्तब्य यो वाराणसी। (२) कयौ घाट,बिश्वनाथ, सारनाथ भनी चर्चित ; लियी बस्ने सेरोफेरो, महानगर वाराणसी । (३) ज्ञानीहरुको केन्द्र, स्थापित ईतिहासमा ; बहुचर्चित तिर्थाटन्,मा अध्यापि छ वाराणसी । (४) संसारका बौध्दमार्गी, हजारौ पर्यट्कहरु ; लालायित् भएको देखें, आयी हेर्न वाराणसी । (५) बुझ्दिन म, थाहा छैन, धर्मआर्जनका कुरा; मन शान्त हुदो रै’छ, देखेपछी वाराणसी । यज्ञ प्रसाद गिरी वाराणसी, भारत डिसेम्बर २८, २०१२
गजल १२९ पैसालाई शिरमा राखी, मरीहत्ते गर्नु किन ? बैंसलाई खुला छोडी ,समाजमा मर्नु किन ? (१) ईच्छा होला सबैलाई , सुखी जीवन बिताउने ; आफ्नो खुसी पुरा गर्न, अरुलाई हर्नु किन ? (२) यौवनको एक पटक, बहार त आँउछ नै ; यौवनले मात्तिएर , जथाभावी गर्नु किन ? (३) समाजमा बस्नलाई शालिनता चाहिन्छ नै; सबैलाई लत्याएर ब्यर्थै अघि बड्नु किन ? (४) केही हित गर्नु पर्छ, राष्ट्रको र समाजको ; सबै बिर्सी स्वार्थरुपी, हिलोभित्र गढ्नु किन? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल११५ कोही रुपको कोही शानको, बिज्ञापन गर्छन; शरिरको, कोही मुस्कानको, मापन गर्छन ; (१) जवानी सबैको आउछ जीवनमा, एकै पटक; मालीकै अगाडी उद्धानको ,बखान गर्छन । (२) प्राकृतिक छ फैलिन्छ, महक आकर्षणको; सल्किन्छन् भुसझै कोही र कोही, दन-दन गर्छन। (३) जे-जे माने’नी भोगिन्छ जिवन त, एकै पटक ; हाँसेर जिउने कोही र कोही, गनगन गर्छन। (४) सुवास त सुवास हो मिठो लाग्छ, सबैलाई; कोही मातले मातेर भमराझै, भनभन गर्छन । (५) भनिन्छ युद्ध र प्रेममा नाजायज, हुदैन केहि ; भन्दै कोही हतारमा जिन्दगी, अर्पन गर्छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल११४ के माग्यौ प्रिय देउतासंग,वरदान तिमिले; बैभव, धन,ऐश्वर्य या त, सन्तान तिमिले। (१) सम्झ्यौ कि कतै अनेक थरी, सुखका साधन ; बिलाशी कार, सरर उड्ने, विमान तिमिले । (२) सुन र चाँदी हिरा र मोती, मढी र माणिक्य; भर्यौ कि चढी मनको घोडा, उडान तिमिले । (३) यो पनि पाउँ त्यो पनि पाउँ, लाग्यो कि मनमा ; कोर्यौ कि लामो बस्तुको सुची, बिहान तिमिले। (४) जन्मे कि धेरै ह्रदयभित्र , ईच्छा र आकांक्षा; सोच्यौ कि आफु गएको बन्दै, महान तिमीले । (५) नढाँटि भन सुचीमा तिम्रो म परें, परिन ; देख्यौ कि प्रेम हुर्केको ठाँउ, चिहान तिमीले । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ११० भित्र गुदी छैन भने, सिगाँरेर के साध्य छ ? गन्हाउने बस्तुलाई मुसारेर के साध्य छ ? (१) दारा, नग्ङग्रा हुनेलाई, जति आफ्नै ठाने पनि; अन्धो बनी काखी भित्र, घुसारेर के साध्य छ ? (२) टोक्नैलाई बनेको छ, सृष्टिमा जाती सर्पको ; बिशुध्द सोचले दुध, पिलाएर के साध्य छ ? (३) कोही भित्री मनैबाट, मुर्दा बन्दै गएपछि ; प्रगतिको दिशातर्फ , घिसारेर के साध्य छ ? (४) कोही जानीजानी आँखा ,मछोपी अन्धो बन्छ भने; भैसी सामु बिन बाजा, पसारेर के साध्य छ ? (५) बिर्सेर बाँच्नुको अर्थ , चुर्लुम्म स्वार्थमा डुबी ; अरुसामु पिरोलियी, सुसाएर के साध्य छ ? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०९ धुर्तहरुको धुर्तहरुसंगै, चिनजान हुन्छ ; सबै धोक्नेहरुको भट्टीमै, जलपान हुन्छ । (१) दल जुन भए’नी, नाराका ब्यापारी सबै; कमिसनखोरहरुको, यस्तै पहिचान हुन्छ । (२) झोलामा खोलासम्म बोक्न पछी पर्दैनन्; कसैको झोलामा त निगमको, विमान हुन्छ। (३) संविधानको नाममा ,जति माला जपे पनि ; आँखिरमा यिन्को, सत्तामै तानातान हुन्छ । (४) बुझ्नै नसक्ने सवाल खडा भएको छ हजुर; किन यो समाजमा भष्ट्रहरुकै सम्मान हुन्छ । (५) दिक्क लाग्छ आजभोलि त टीभी हेर्दा पनि ; नालायकहरुकै खबरमा साँझ र बिहान हुन्छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०७ यो दशैमा जसरी’नि, आउनु पर्छ बाबा ; अरुले झै घोर्ले खसी, ल्याउनु पर्छ बाबा । (१) पोहर साल दसैमा’नि, थोत्रै लुगा लाएँ ; यो दसैमा नयाँ लुगा, लाउनु पर्छ बाबा । (२) चाड-पर्व आयो कि त, आमा खिन्न हुने; अरु जस्तै उनले हाँस्न, पाउनु पर्छ बाबा । (३) ठगी पेशा गर्नेहरु, धनि बन्दै गा’छन; किन होला थाहा हाम्ले, पाउनु पर्छ बाबा । (४) समाजमा खुसी बाड्छौ, भनि हिड्नेहरु ; ठग बनें यिन्लाई तह, लाउनु पर्छ बाबा । (५) नेतालाई देख्यो कि त, ठोकी दिउ झै लाग्छ; यिन्को बाजा बज्ने दिन, आउनु पर्छ बाबा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०६ अरुलाई गाली किन, आफै गरे भै हाल्यो नी; अन्धकार हटाउँन, ज्योति छरे भै हाल्यो नी । (१) हात बाँधी देशलाई, कस्को भरमा छोडी दिने ; ईमान्दार बनी साँचो, यत्न गरे भै हाल्यो नी । (२) थोपा-थोपा जोड्दै लाँदा, महासागर बने जस्तै; हाते मालो गर्दै हामी, लागी परे भैहाल्यो नी । (३) आफ्नो स्वार्थ बिर्सिएर,शिरमा राखी राष्ट्रलाई; जनताको हित खातिर्, अघि सरे भै हाल्यो नी। (४) नाना थरी नाराहरु, फलाक्दैमा के हुन्छ र ? आयी पर्दा राष्ट्रमाथी, बिघ्न टरे भै हल्यो नी । (५) सधै भरी राष्ट्र मेरो सम्पन्न र सुखी रहोस् ; भनी मनले भित्रैदेखी , बाचा गरे भै हाल्यो नी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०५ मेरो आफ्नै जस्तो लाग्यो, भेटेदेखी तिमिलाई ; लुकाई राखें ह्रदयमा, देखेदेखी तिमिलाई । (१) कल्पनाले सजाएर , सपनामा रम्न थालें ; पुज्दै बसें पुज्य ठानी , चिनेंदेखि तिमीलाई (२) आँखा मेरा बिछाउथें, तिमी हिड्ने बाटोमाथी ; बेहोशीमा बाँच्ने गर्थें, सोचेदेखी तिमीलाई । (३) आफै हास्थें आफै रुन्थें, आफै चित्त बुझाउथें; मनै मन्मा मेरो आफ्नै, ठानेदेखि तिमीलाई । (४) तिमीलाई मात्र मागें, मन्दिरमा दैवसंग ; मुटुभित्रै राख्छु भन्थें, पाएदेखि तिमीलाई । (५) कति पानी बग्यो होला, कर्णालीमा आजसम्म; हरेक पल सम्झी राखें ,उहिलेदेखी तिमीलाई । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ९८ के भो कुन्नी सानीले त बोल्नै छोडी ; गुम्स्याई राख्छे मनका कुरा खोल्नै छोडी । (१) कुनै कारण मनमा चोट पर्योर कि त ; दुधमा पानी मिसिएझै मिल्नै छोडी ; (२) तर्कि-तर्कि हिड्न खोज्छे किन होला ; दोबाटोमा पहिले जस्तो कुर्नै छोडी । (३) मान्छे उस्तै बानी उस्तै आँखा उस्तै, आलभोली भेट हुदाँ घुर्नै छोडी । (४) बोल्दा पनि अडकलेर बोल्न थाली; निस्फिक्री भै खित्खिताई खुल्नै छोडी । (५) मान उसको मैले राख्न जानिन कि; हाम्रो टोल छिमेकतिर डुल्नै छोडी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -९६ जबदेखि तिम्रो मेरो, कुराको शुरुवात भयो ; थाहै भएन कहिले दिन र कहिले रात भयो ; (१) अनायासै तिमी पस्यौ, आँखाबाट मुटुभित्र ; थाम्नै गाह्रो ह्रदयमा, कल्पनाको खात भयो । (२) दुरी महग्ङो भो, समय प्रतिकुल हुँदै जाँदा ; मिलन बन्यो कठिन र, बिछोड बज्रपात भयो । (३) चाहना त अथाह छ, मेरो मन्मा तिमिप्रति; धरोधर्म जे जे भयो , साँच्ची तिखो घात भयो । (४) सताउछन कि तिमीलाई, मलाई जस्तै सपनाले; ब्याकुल भए दिनहरु र ब्याकुल सारा रात भयो। (५) चर्कि राख्छ मुटु भित्र, ब्यथा देखाउनु कहाँ; पिरोलिंदै भित्र-भित्रै, ह्रदय आहात भयो । रचना: यज्ञ प्रसाद गिरी
तिखो नजर कसैको ,बिझी सक्यो कि मनमा ? उडायो रातको शान्ती, रहेन चैन दिनमा । (१) सुनसान रात लामो, आँखामा निंद छैन; साक्षी छन् चन्द्र, सुर्य, ताराहरु गगनमा । (२) मैलाई मात्र हो कि, लागेको रोग यस्तो ; सोचाई मात्र तिम्रो, बसी रहन्छ मन्मा । (३) न बैध्यले चिनेको, न नर्सले बुझेको ? ब्यथा छ अनौठो, अत्यास लाग्छ मनमा । (४) यस्तै हुने भए त , हुने भो बाच्न गाह्रो ; माया अलिकति नि, छ कि कसैको मनमा । (५) आगो किन लगायौ, यो शान्त जिन्दगीमा, दया अलिकति नि, छ छैन तिम्रो मन्मा ।
शेर अर्ज करता हुँ आपको गौर फरमाइएगा, लगे दिलको तो माफ करें रुठ मत जाईएगा । (१) दिल दिया खुसिसे आपको जला डाला आपने, दिल जलोंको जलाके हुजुर! क्या पाईएगा । (२) दुवायें करता हु खुदासे रखें खुसहाल आपको, जब भी पडे जरुरत मेरी याद फरमाईएगा । (३) जितना भी जलें गिला नहीं चाहतमें आपकी, जरुरत मेरी पडे तो हुजुर, हुक्म फरमाईएगा । (४) कल थे, आज हैं आपके, रहेंगे आखिरी दमतक , कसम आपकी मिलनेसे ऐसे न कतराईएगा । रचना: यज्ञ प्रसाद गिरी
गजल ८५ तिमीलाई म के भनुँ, सोच्नै सक्या छैन; कस्तो नाम राखी दिऊ, रोज्नै सक्या छैन। (१) काली तिम्लाई भनु भने मनकी तिमी गोरी ; ट्वाक्क मिल्दो शब्द पनि खोज्नै सक्या छैन। (२) नक्कली नै भन्दिऊ भने तिमी कहाँ छौ र ? सक्कलीको प्रमाणिकता जुट्नै सक्या छैन , (३) बैगुनि म भनु भने तिमी गुन्कि खानी ; तिम्रो गुनको भारा मैले, तिर्नै सक्या छैन। (४) रिस्को झोक्मा तिमीलाई बोक्सी भनु भने; तिम्रो बोक्सी बिध्या पनि टिक्नै सक्या छैन। (५) मनमा धावा बोले पनि मनै चोरे पनि; तिम्लाई चोर मेरो मनले, भन्नै सक्या छैन । (६) हिरोईन भनु भने अरुले’नि भन्लान ; यस्तो छुट अरुलाई दिन सक्या छैन । (७) रानी तिम्लाई भनु भने कुन राजाकी रानी; यस्तो च्वास्स बिझ्ने शब्द टिप्नै सक्या छैन। (८) संसारको नजरबाट , तिम्लाई जोगाउन ; साथी बाहेक अर्को शब्द सुज्नै सक्या छैन ।
गजल -६२ धडकन मेरो ह्रदयको, अनायासै बड्छ किन ? तिम्रो प्यारो मुहार मात्र, मनभित्र गड्छ किन ? (१) थरी-थरी फूलहरु, फुल्ने गर्छन, बगैचामा ; मेरो लागी एउटै फूल, फुले जस्तो लाग्छ किन ? (२) तिमी बिना जिन्दगीमा, एक्लो यात्री बनी हिड्दा; जिन्दगीको भोगाई नै, खल्लो-खल्लो लाग्छ किन । (३) तिम्रो ब्यस्त जिन्दगीमा, झुक्किएर सम्झ्यौ कि त ; न सोचेको न सम्झेको, यो बाडुकी लाग्छ किन । (४) नजिक हुदाँ तिर्थ हेलाँ , भने जस्तै भयो कि त ; टाढा हुँदा मुल्य तिम्रो, मेरो लागी बढ्छ किन। (५) जिन्दगीको पाईलै पिच्छे , हारे जस्तो अनुभुति ; जीवनप्रति भित्र-भित्रै, यो बितृष्णा जाग्छ किन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -६० यस्तो लाग्यो तिमीलाई ,देख्दा पहिलो भेटमा ; पाएझै खोजेकै बस्तु, मनले पहिलो भेटमा । (१) हाउ भाउ बोलाई र, हेराई र हसाँईमा ; चाहनाको अभिब्यक्ति, लाग्यो पहिलो भेटमा । (२) केही कुरा लुकाएझै, मनको भित्री कुनातिर, ओठ तिम्रा खुलेका’थे , बोल्न पहिलो भेटमा । (३) लजाएर हाँस्न खोज्दा ,खोली दाँतका लहर ; भावनाको चुहावटझै, लाग्यो पहिलो भेटमा । (४) पराईको नजर छल्न , नबुजेझै गरे पनि , झीनो संकेत मायाको, लाग्यो पहिलो भेटमा । (५) अमुल्य बस्तुको लामो ,खोज पुरा भए सरी ; भेटीएको खुसियाली, लाग्यो पहिलो भेटमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -४८ न स्वार्थ छ कतै केही, न सिमाना कर्तब्यको ; पवित्रतम् परिभाषा , तिम्रो मेरो सम्बन्धको । (१) जोडिएर बनेको छ, मनको तार मनैसंग ; अतुलनिय गहिराई, तिम्रो मेरो सम्बन्धको । (२) संसारमा सबै भन्दा, प्यारो तिम्रो सामिप्यता; अमुल्य छ मुल्य छैन , तिम्रो मेरो सम्बन्धको । (३) मेरो लागी तिम्रो बोली, उर्जा जस्तै बनेको छ ; गहिरो जग बसेको छ, तिम्रो मेरो सम्बन्धको । (४) तिम्रो प्राप्ती मेरोलागी, सबै थोक संसारमा ; अधीकतम महत्व छ ,तिम्रो मेरो सम्बन्धको । (५) सात जन्म पहिलेको, सात जन्म पछी पनि ; युगानुयुगको नाता, तिम्रो मेरो सम्बन्धको । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ३५ ओठ टोकी हाँस्नेलाई, सम्झीरा’छ भन्दिनु; झुठो माया गाँस्नेलाई, बधाइ द्या’छ भन्दिनु। (१) खुईलिई पनि सके होलान, उहिलेका कुराहरु ; सम्झनाको घडीलाई दम द्या’छ भन्दिनु । (२) आजभोली के कस्तो छ, म त धेरै टाढा भएँ; बिगत् दिन्का धेरै कुरा, साँची रा’छ भन्दिनु । (३) बितेका छन धेरै बर्ष, महिना र दिनहरु; सम्झनाको फोटोकपी, मन्मा ल्या’छ भन्दिनु । (४) ल्या’को छैन अरु केही ,कोशेलीका पोकाहरु ; मात्र पोका सम्झनाको, तिम्लाई द्या’छ भन्दिनु । (५) निकै अघी निष्ठुरीले, बिर्सी सक्या भए पनी ; हिजो जस्तै आज पनि सम्झी रा’छ भन्दिनु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल ३० खातका खात भए, प्रतिवेदनका पानाहरु ; तिसौ हजार भए, ठगी खाने बहानाहरु । (१) बगेकै छ बाग्मतीमा , नेपालको नमुना बिकाश ; छैनन यो देशमा सबै, अन्धा तथा कानाहरु । (२) ठुला चोरहरुको स्वर पनि, सुनिदै छ ठुलो ; ब्याप्त चारैतिर घुसखोरीका, ताना-बानाहरु । (३) समात्दै बन्दुक, राता-रात बन्दै छन्, हल्दारहरु ; अर्थहिन बन्दै छन, नियम-कानुनका पानाहरु । (४) ब्यबसाय चलेकै छ डकैति र भाषणको संग-संगै ; सबैको चाहना एउटै, के नयाँ के पुरानाहरु । (५) चारैतिर छन जुका,स्याल फ्याउरा र ब्वाँसाहरु ; सदैव दाऊमा हुन्छन, साद्न आफ्ना निशानाहरु । रचना ; यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-२९ कही कतै बिजाईनौ, आँखाभित्र राख्दा पनि ; पराई नै बनी राख्यौ, मुटु भित्र छाप्दा पनि । (१) खडेरीमा छाँया जस्तो, लाग्छ तिम्रो सामिप्यता; प्रतिकृया देखाईनौ, हात तिम्रो माँग्दा पनि । (२) सोच्न छोड के के होला , समाजको प्रतिकृया ; किन सोध्नु अरुलाई, आफ्नो जिवन बाँच्दा पनि । (३) क-कसलाई रिजाउछ्यौ , आफैलाई मारी-मारी ; सबै खुसि हुने छैनन् मुटु काटी बाँड्दा पनि । (४) वरदानझै जिन्दगानी,आफ्नैलागी बाँच्नु पर्छ ; नबिर्सनु आफैलाई , रुँदा चाहे हाँस्दा पनि । (५) मानिसको जिन्दगी छ , उकाली र ओरालीझै; मन मिल्दो साथी छान्नु जिउँदा र मर्दा पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-२८ के के कुरा लुकेका छन, तिम्रो शिष्ट हेराईमा; केही कुरा अवश्य छ , तिम्रो अघि सराईमा । (१) तिम्रा दृष्टिहरुद्वारा, खोजिदै छ खास केही; यस्तै अनुभुति हुन्छ, तिम्रो आँखा तराईमा । (२) बोल्छन् हाऊ-भाउ तिम्रा, ओठ मौन भए पनि ; ओत-प्रोत अपनत्व , हरेक काम गराईमा । (३) सकिएन बुझ्न केही , मन भित्रका कुराहरु; मिसिएझै केही खुसी, तिम्रो आँसु झराईमा। (४) लाग्छ द्वन्द चली रा’छ, तिम्रो मनभित्र पनि; यस्तै दृष्य देखिदै छ, अघि- पछी सराईमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -२० अति भो अब त हजुर ! कुरा अलि कम् गर्ने कि ? टक्य्राउछु ऐना हजुर ! यसो, मुहार हेर्ने कि ? (१) गफको ईन्धनले कतै, गुड्छ र ?, गाडी विज्ञानको ; कति उड्ने ? हावामा हजुर ! यसो भुईमा झर्ने कि ? (२) नाटक पुरानो भै सक्यो, र त्यस्तै स्टाईल हजुर्को; उद्देश्य उस्तै भए हजुर ! बरु रंगमंञ्जनै फेर्ने कि ? (३) आलै छन धाउ देशका, धातका -प्रतिघातका ; नारा, सुहाएन हजुर ! भुमिकानै फेर्ने कि ? (४) समन्वय कता हुन्थ्यो, कुटिलता जगमा लियी ; ईश्वर साक्षी राखेर, ब्यवहारै पो बदल्ने कि ? (५) चिनाउँछन तिमिलाई, तिम्रै सोच र कर्मले: नौटंकिको अन्त्यमा, मुकुन्डो नै फुकाल्ने कि ?
गजल के सोचियो, के भोगियो, जिन्दगीको दौडमा ; कोही यता, कोहि उता, जिन्दगीको दौडमा । (१) खुसी- खुसि यो मन थियो, थियो उमंग चालमा ; जुन् बिन्दुमा, भयो मिलन् जिन्दगीको दौडमा । (२) सकिन बुझ्न क्यै पनि, गन्तब्य हाम्रो के थियो ? को दौडियो, को छोडियो, जिन्दगीको दौडमा । (३) खबर तिम्रो आजभोलि, के कस्तो छ बताउनु; के-के पायौ के गुमायौ? जिन्दगीको दौडमा । (४) एउटै ब्यथा बिझि राख्ने , गुमाउंदा तिमिलाई, ब्यर्थ हिसाबको खाता, जिन्दगीको दौडमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

Thursday, August 22, 2013

गजल -२१ माया के हो परिभाषा, फुर्नै सक्या छैन; चित्त बुझ्ने अर्थ पनि, जुर्नै सक्या छैन । (१) मेल बिनै बाँच्ने हिजो, प्रेम गर्ने जोडी, आफ्नै बिचको दुरी पनि पुर्नै सक्या छैन । (२) युगौ-युग साथ दिन्छौ, भनी हिड्नेहरु, दोस्रो बिहे गरी हिड्छन, कुर्नै सक्या छैन । (३) लोभ हो कि लालसा या चाहना हो माया; लाशमा नी बाँच्ने माया, मर्नै सक्या छैन । (४) धोका पाई गिन्दगीमा,धुजै-धुजा हुँदा ; बिरहमा रम्ने मन, बुझ्नै सक्या छैन । (५) स्वास्नीलाई भन्ने गर्छ अस्सी बर्षे बुढो; अझैसम्म तैले मलाई, बुझ्नै सक्या छैन ।
गजल -१८ चाहन्छु म तिमीलाई, भन्नेले भन्दिए पो ; नराम्रो म पनि हैन, चिन्नेले चिन्दिए पो । (१) संगालेर राखेको छु, सपना त कति कति ; पवित्र भावना मेरा, बुझ्नेले बुझ्दिए पो । (२) अरुलाई असल मान्छे, ईमान्दार परिश्रमी, उनको भो गणना बेग्लै, गन्नेले गन्दिए पो । (३) मलाई त लागी राख्ने ,भेटौला कहिले कहाँ; उनको भो निष्ठुरी बानी,नजिकै पर्दिए पो । (४) म हुँदा पुर्वमा उनको काम पश्चिममा हुने ; मेरो जस्तै उनको पनि चाहना भैदिए पो । (५) किन पो उठाई राख्नु,सोची फोन पराईका; सुताई राखिने फोन, स्विच अन गर्दिए पो
गजल -१७ तिमीमा छ केही बेग्लै, जुन हुदैन पराईमा ; नजाँनिदो माया देख्छु, तिम्रो आँखा तराईमा । (१) भित्र राखी कुरा बेग्लै, झर्के जस्तो गरे पनि ; कुरा केहि लुकेकै छ, तिम्रो अघि सराईमा । (२) घुर्क्याउदा पनि देख्छु, आँखामा प्रेम भावना; चाहनाको अंश भेट्छु, तिम्रो छट्के हेराईमा । (३) मेरोलागी तिमी मात्रै, यत्रो विशाल सृष्टिमा ; फरक केही पर्छ-पर्छ, आफन्त र पराईमा । (४) यस्तो लाग्छ पहिलेकै, मेरो नाता तिमिसंग ; अनौठो जादुको खेल , हाम्रो मन पराईमा ।
गजल -१५ नारा सदैव भन्ने, हौ हामी भाई-भाई; बाठो लुटी रहेछ, कमजोरको कमाई । (१) तातो मरुभुमीमा, बन्दै छ कोही नौकर; नेताहरु डकार्छन ,हरामको कमाई । (२) लडी रहेछ जनता; थापेर ज्यान बाजी ; नेता यहाँका गर्छन्, लुटपाटको लडाँई । (३) डाँका यी चोर, गुण्डा या भन्नु ब्यविचारी; अपराधि, देशद्रोही, यिनकै भयो रजाँई । (४) लाजै नमानी बोल्छन्,गतिछाडा यी भाषणे; जिब्रो थुतु झै लाग्छ , सबैको सामु आई । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-१४ तिखो नजर कसैको ,बिझी सक्यो कि मनमा ? उडायो रातको शान्ती, रहेन चैन दिनमा । (१) सुनसान रात लामो, आँखामा निंद छैन; साक्षी छन् चन्द्र, सुर्य, ताराहरु गगनमा । (२) मैलाई मात्र हो कि, लागेको रोग यस्तो ; सोचाई मात्र तिम्रो, बसी रहन्छ मन्मा । (३) न बैध्यले चिनेको, न नर्सले बुझेको ? ब्यथा बन्यो अनौठो, अत्यास लाग्छ मन्मा । (४) यस्तै हुने भए त , हुने भो बाच्न गाह्रो ; माया अलिकति नि, छ कि कसैको मनमा । (५) आगो किन लगायौ, यो शान्त जिन्दगीमा, दया अलिकति नि, छ छैन तिम्रो मन्मा ।
गजल-९ परें कि जालमा तिम्रो , कि लायौ मोहनी कतै ; तिमि नै तिमि सर्वत्र , यता -उता जता-ततै । (१) मात लाग्छ हेराईमा, बोली र हांसोमा पनि ; लाग्छ तिमि मुटु भित्र, बस्ने गर्छ्यौ यता-कतै । (२) ज्यादै प्यारो बनी दिन्छ, दुखाई चोटको पनि ; चस्खि राख्छ घाउ हेर, छातीभित्र यता-कतै । (३) होस मेरो हरायो कि, तिम्रो मोहनी मन्त्रले ; खोज्दै हिड्छु मुटु मेरो, हराएको जता-ततै । (४) सुम्पी दिन्छु मुटु मेरो, तिम्रै तिलस्मी हातमा , बिचार पाप लाग्ला है ! मिल्काए पथमा कतै । (५) भयो बेकार यो मान्छे, भनि हेंला नगर्दिनु ; चाहिने छ यही मान्छे , तिम्लाई कहिले –कतै ।
गजल -४३ के भनुँ म गुनासोको, भारी बिसाउनेलाई ‘ आफै निहुँ खोजी-खोजी, आफै रिसाउनेलाई । (१) तारिफ तिम्रो गरुँ भने बेसारेमा गन्छ्यौ ; मौन बसे जबर्जस्ती, बोल्न लगाउनेलाई। (२) साँचो कुरा गर्दा पनि, भने जस्तो हुन्न ? के भन्नु र औसी- पुर्ने, संगै मिसाउनेलाई । (३) आफनो घर्को कुरा गरूँ, नाक खुम्ची हाल्छ ; के भनुँ र कुरा कोट्याई ,दोष लगाउनेलाई । (४) पराईका कुरा गर्दा , शंका गर्ने नानाथरी ‘ के भनेर सम्झाउनु , पाए लंका ढलाउनेलाई । (५) सकिएन कसै गरी , उन्को चित्त बुझाउन ; धन्यबाद धेरै-धेरै, यस्तो चित्त बनाउनेलाई । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४६ पर्न सक्या छु र तिम्रो छनोटमा म कहाँ; मर्न सक्या छु र त्यो चोटमा म कहाँ । (१) बुझ्दैन यो मन घात-प्रतिधातलाई पनि ; हिड्न सक्या छु र सही पथमा म कहाँ; (२) मन भुलाउन पिउँछन नशा मानिसहरु; भुल्न सक्या छु र चुरोटमा म कहाँ । (३) कहाँ टाडिन सकें तिम्रा तिरष्कारहरुबाट; बिना दोष आरोपित भै, ती खोटमा म कहाँ ; (४) धेरै पुगे माथि-माथी,बैशाखीको सहारामा ; चढ्न सक्या छु र प्रगतिको बोटमा म कहाँ । (५) घात गरेर पनि प्रिय बनी रह्यौ तिमी ; पर्न सक्या छु र, हिसाब फर्स्योटमा म कहाँ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -४८ न स्वार्थ छ कतै केही, न सिमाना कर्तब्यको ; पवित्रतम् परिभाषा , तिम्रो मेरो सम्बन्धको । (१) जोडिएर बनेको छ, मनको तार मनैसंग ; अतुलनिय गहिराई, तिम्रो मेरो सम्बन्धको । (२) संसारमा सबै भन्दा, प्यारो तिम्रो सामिप्यता; अमुल्य छ मुल्य छैन , तिम्रो मेरो सम्बन्धको । (३) मेरो लागी तिम्रो बोली, उर्जा जस्तै बनेको छ ; गहिरो जग बसेको छ, तिम्रो मेरो सम्बन्धको । (४) तिम्रो प्राप्ती मेरोलागी, सबै थोक संसारमा ; अधीकतम महत्व छ ,तिम्रो मेरो सम्बन्धको । (५) सात जन्म पहिलेको, सात जन्म पछी पनि ; युगानुयुगको नाता, तिम्रो मेरो सम्बन्धको । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-५१ तिमीलाई भेट्नै गाह्रो ,फुर्सद भएछ महग्ङो ; अब त दर्शनार्थीको, कसरत भएछ महग्ङो । (१) चर्चा तिम्रै सुन्ने गर्छु, मिडियामा जताततै; तथाकथित किन नहोस, ईज्जत भएछ महग्ङो । (२) सोच्नु बेकार जस्तै छ, हिजो हामी थियौ कहां ? तिम्रो जिवनशैलीको, औसत भएछ महग्ङो । (३) दुख्दैन मन नचिन्दा नी , भेट हुदा कही कतै ; छुट्टा-छुट्टै बिताएको, समय भएछ महग्ङो । (४) साक्षी छन् भन्नु मात्रै हो, जुन तारा आकाशमा; फर्की हेर्दा बिगतलाई, समय भएछ महग्ङो । (५) भन्छन् जे छ तिमिसंग, त्यसैसंग रमाउनु ; पछि फर्केर हेर्दा त, बाच्नु हुने भो महग्ङो ।
गजल ५३ छ बोली नशालु, छ हाँसो नशालु; हुने प्रितको त्यो, छ पासो नशालु। (१) त्यो बैसको मात, चञ्चल हिडाई; अधर मात लाग्ने, छ हाँसो नशालु। (२) त्यो रुपले मग्न बिचार ऊठ्छ; टिपेर टपक्कै ,यो दिलमै बसालुँ । (३) यतै मोहनी छ उतै मोहनी छ ; यो मोहनी जाल कसोरी उचालुँ । (४) यता छन लुटेरा, लुटेरा उता छन; कता म लुकाउँ कता म उचालुँ । (५) नयन ती नशालु, नजर ती लुटेरा; मलाई सुरक्षित, कता म बसालुँ ।
गजल -६० यस्तो लाग्यो तिमीलाई ,देख्दा पहिलो भेटमा ; पाएझै खोजेकै बस्तु, मनले पहिलो भेटमा । (१) हाउ भाउ बोलाई र, हेराई र हसाँईमा ; चाहनाको अभिब्यक्ति, लाग्यो पहिलो भेटमा । (२) केही कुरा लुकाएझै, मनको भित्री कुनातिर, ओठ तिम्रा खुलेका’थे , बोल्न पहिलो भेटमा । (३) लजाएर हाँस्न खोज्दा ,खोली दाँतका लहर ; भावनाको चुहावटझै, लाग्यो पहिलो भेटमा । (४) पराईको नजर छल्न , नबुजेझै गरे पनि , झीनो संकेत मायाको, लाग्यो पहिलो भेटमा । (५) अमुल्य बस्तुको लामो ,खोज पुरा भए सरी ; भेटीएको खुसियाली, लाग्यो पहिलो भेटमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -६१ नढाँटेर भन काली, किन आफ्नै मान्यौ मलाई ; लाखौ-लाख मध्यबाट, के देखेर छान्यौ मलाई । (१) म त आफ्नै संसारमा, रमाएर बाँच्ने मान्छे; कस्तो चुम्बक लगाएर, आफुतिर तान्यौ मलाई । (२) धन छैन,रुप छैन, सिप पनि कहाँ छ र ? कस्तो खाले कसौटीमा, केही भा’को ठान्यौ मलाई । (३) लामो यात्रा जिन्दगीको, पुरा गर्ने सिल्सिलामा; यै मोडमा भेट्छु भनी, कसोगरी जान्यौ मलाई। (४) अत्ता-पत्ता हराँउदै , बेपत्ता म हुदै गा’छु; बिचित्रको नशा लाग्ने, कुन तिरले हान्यौ मलाई । (५) दिलैदेखि खुसी भा’छु , पर्दा तिम्रो छनोटमा ; ह्रदयमा बसालेर,सधै आफ्नो ठान्यौ मलाई । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -६३ मेरै आफ्नो जिन्दगीलाई, बुझ्नै सक्या छैन; उत्तर आफ्नै प्रश्नको’नि सुज्नै सक्या छैन। (१) थाहा छैन जिन्दगीको , खासै लक्ष मेरो ; ; के योजना भविष्यको, सोच्नै सक्या छैन। (२) तिम्रो मनको गहिर्या्ई ,बुझिन कि मैले; कहाँ गरें गल्ति मैले , खोज्नै सक्या छैन। (३) घाम-छायाँ जस्तै बन्यो, जिन्दगीको यात्रा; कुन बाटोमा बढु अघि, रोज्नै सक्या छैन। (४) यो जिन्दगी निरस बन्यो, तिम्रो साथ बिना; जिन्दगीमा हरियाली, रोप्नै सक्या छैन। (५) सोच्छु राखुँ केही कुरा, तिम्रो सामु पनि ; भन्नै पर्ने केही कुरा भन्नै सक्या छैन। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ६९ केको लाज केको चिन्ता, चोखो माया गाँस्न पनि; किन ब्यर्थै खुम्चिनु र , दिल खोलेर हाँस्न पनि । (१) किन सोच्नु के भन्ने हो, अन्यायी यो दुनियाले ; अनुमति किन खोज्नु , आफ्नो माया साँच्न पनि । (२) कुरा काट्लान काट्न देउ, गर्दै गरुन चर्चाहरु ; सिक्नु पर्छ दुष्टताको , तिखो सिंग भाँच्न पनि । (३) बिना अर्थ किन बाँच्छौ , चाहनाको चिहानमा ; आफ्नो ईच्छा दबायर , गाह्रो पर्छ बाँच्न पनि । (४) मुल्य किन घटाउनु, अमुल्य यो जिन्दगीको ; बढौ अघि जिन्दगीको, अन्धकार नाँस्न पनि । (५) कस्ले रोक्छ किन रोक्नु, तिमीलाई सधै भरी; ह्रदयले चाहे जस्तो , छातीभित्र टाँस्न पनि । रचना: यज्ञ प्रसाद गिरी
गजल ७२ कहाँ बन्छ र देश युवा शक्तिलाई प्यारालाईज गरेर ; मन्त्री आफैले कमिसन-संजाललाई च्यानेलाईज गरेर । (१) बुझ्या’छौ हालीले नेता भनाँउदा, स्याँलहरुको बानी ; कसरी बहकाउँछन सिदा-साधालाई हिप्नोटाईज गरेर । (२) घृणित, निच , दुष्ट, यी भाषणका व्यबसायीहरु ; मोटाउदै छन देशको प्रतिष्ठालाई अन्डरसाईज गरेर। (३) हेर्दै घिनलाग्दा जंगली यी, रक्तपिपासु ब्वाँसाहरु ; झुन्ड्याउ खुलेआम टुँडिखेलमा, एडभरटाईज गरेर। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ७३ बितेका जस्ता, सुनौला दिन, फर्कन्छन् अवश्य ; ओइलाए जस्ता कोपिलाहरु, फक्रन्छन् अवश्य । (१) असह्य ताप, खडेरी ब्याप्त, चौतर्फी उजाड ; पानीका थोपा, बनेर बर्षा, बर्षन्छन् अवश्य । (२) प्रकृति हाम्रो, बिचित्र सारै, छ त्यस्तै महान ; खुसीका झरी, जिन्दगीमा’नी, दर्कन्छन् अवश्य । (३) जिउनुलाई, सार्थक जीवन, खाँचो छ धैर्यको ; पर्खेर बसे, स्वर्णिम क्षण, आउने छन् अवश्य । (४) भनिन्छ, सुन्छ दैवले पनि, आत्माको आवाज ; पवित्र, मन्को चाहना हाम्रो, पुग्ने छ अवश्य । (५) न फालौ खेर, निराश बन्दै, सुन्दर जीवन ; आगामी दिन्मा, सुन्दर फूल, फुल्ने छन् अवश्य । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ७४ कुरा हाम्रो भएकै छ , फेसबुकमै भए पनि ; बोली तिम्रो सुनेकै छु , जति टाढा गए पनि । (१) दोषी छैन दैव पनि ,किन ब्यर्थै सराप्नु र ? भेट हाम्रो भएकै छ , कहिले काँही भए पनि । (२) धैर्यता त चाहिन्छ नै , सोचे जस्तो कहाँ हुन्छ ? जसो-तसो बाँच्नै पर्छ, सधै सम्झी रहे पनि । (३) भाग्यमानी हुने गर्छन, केही मान्छे, मात्र यहाँ; संसारमा दुखी धेरै , जहाँ सुकै रहे पनि । (४) राख्नु ज्यादै जरुरी छ , सोच आफ्नो फराकिलो ; मनले नजिक भयी बाँचौ, टाढा-टाढा भए पनि । (५) योजना त भविष्यको , बनाउनु अवश्य नै ; समय यो अनुकुल या, प्रतिकुल नै भए पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल७७ कुरै कुरामा सानु, छिप्पीदै गएछ रात पनि ; तर कहाँ सकिए र खै ? प्रसंग बिनाका बात पनि । (१) कति छन कति मुटु भरी, सम्झनाहरु अतितका; कैयन सुन्दर क्षणहरु कति छन समयका घात पनि। (२) के नै मात्र भोगिएन, जिवनको लामो यात्रामा; चिन्दै गएँ भोगाईमा, सक्कली दुनियाको जात पनि। (३) भेट्दै भेटिएन समानता भनाई र गराईमा ; कति छन मन छुने कुरा कति वाहियात पनि । (४) उच्चादिउच्च बनी रह्यौ, यि मेरा नजरमा तिमी; भ्रमले कतै हल्लिएन आपसि मतभेदको पात पनि। (५) सधै उस्तै निष्ठा तिम्रो, पवित्रता र चाहनाको ; घट्दै घटेन स्थिर रह्यो तिम्रो प्रेमको मात पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८० मलाई जस्तै तिम्लाई’नि, बाँच्नु खल्लो ला’को छ कि ? तिम्रोतिर टोलाई राख्ने , नौलो रोग आ’को छ कि ? (१) मेला –उत्सव चाड-पर्व , लाग्न छोड्यो रमाईलो ; तिम्रो पनी मेरो जस्तै,मन उडी रा’को छ कि ? (२) केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको ; नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ? (३) किन- किन कता-कता, खाली-खाली भए जस्तो; बिचित्रको मुटुभित्र, रोग बढ्दै गा’को छ कि। (४) उराठ-उराठ बनी जिवन, मनको शान्ति हराउँदा ; मलाई जस्तो अनुभुति , तिम्लाई पनि भा’को छ कि ? (५) जिन्दगीको गोरेटोमा, बढ्दै जाँने सिलसिलामा ; कुनै बिन्दु समातेर, बसौं जस्तो ला’को छ की ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८१ विडम्बना! बार्तालाप मेरो सधै मिस कल हुन्छ ; प्रमाण कसरी दिउँ, याद मन्मा पल-पल हुन्छ । (१) न सोच्नु अन्यथा, तिम्लाई बिर्सें दिए कि भनेर ; जब सम्झन्छु तिमीलाई यो मन खल्बल हुन्छ । (२) भनिन्छ सधै अग्रगमन सोच्नु पर्छ हामीले; तर मन सधै अतितमै फर्कन चंचल हुन्छ । (३) आजभोली के-के हुन्छ, बुझ्नै सकेको छैन; अतितको झोपडी नै मेरो लागी महल हुन्छ । (४) नसम्झाउ हाम्रा जिवनका ती स्वर्णिम क्षणहरु; मडारिन्छ मुटु भित्रैदेखि र आँखा सजल हुन्छ । (५) पाउदा रै’छन चीर सामिप्य भाग्यमानीहरुले ; मिलन सबैको जीवनमा, कहाँ पो सफल हुन्छ ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८२ साउने झरी, अँधेरी रात छ हामी बिच ; अनियन्त्रित, श्वाँस –प्रश्वास हामी बिच । (१) एकाकार भए, दुई आत्मा दुई शरिर ; बाँकी बचेन, कुनै दूरी हामी बिच । (२) उदाग्गो छु म, मेरो मुटु तिम्रो सामु; छैन पर्दा, कुनै गोप्यता हामी बिच । (३) छ समानता, हरेक पक्षमा जीवनको ; थियो कि युगौको नाता हामी बिच। (४) लाग्छ सामिप्य, सदैव छोटो किन हो; छैन अन्त्य, कतै चाहनाको हामी बिच । (५) के भँनु, कसरी आँकु महत्व तिम्रो ; हरेक पक्षहरु छन, अमुल्य हामी बिच । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

Wednesday, August 21, 2013

गजल -९३ मेरो आफ्नै भन्दा भन्दै, बैगुनीले मारी; आकाशमा उडाएर, सिधै भुँईमा झारी । (१) के को हुन्थ्यो माया प्रिति कुरो रै'छ अर्कै; हिडी दियी अर्कैसित, लौ उत्तानो पारी । (२) बाचा-बन्धन भन्ने कुरा गफै मात्र रै'छ; तथाकथित प्रेमलाई, झार्नैसम्म झारी । (३) युगौयुग गर्छु भन्थी, पापिनीले माया; आधा बाटो हिडाएर, अलपत्रै पारी । (४) गर्न हुदो रैन रै'छ, बिश्वास सितिमिती; यसो उसो भन्दा-भन्दै बिश्वासधात्मा पारी । (५) आफनै गल्ति भएपछी कस्लाई दिनु दोष; आप्नो दुनो सोझ्याएर,मलाई ज्युदै मारी।
गजल -९४ सधै साथ निभाउछु, भन्थेऊ बैगुनीले, बचन के को पुरा गर्ने? निर्दयी खुनीले। (१) झलमल्ल संसार थियो, तिमि हुँदा मेरो; पासा मेरो पल्टाई दियो, दुष्ट सकुनीले । (२) कहाँ गयौ, कता गयौ, छैन खबर केही ; पैले स्वर्ग पाउदो रै’छ भाग्यमा हुनेले । (३) संसार हेर डुबी सक्यो, तिमीसंगै मेरो ; किन ज्युदो बाँकी राख्यो, दैव नहुनेले । (४) मरेपछि बस्न पाउ, तिमीसंगै फेरी ; दोस्रो पटक झुटो बाचा, नगर्नु खुनीले । (५) हाम्रो नाता युगौ-युगको, भन्ने गरे पनि; बिर्सेउ नाता स्वर्ग पाउदा, आज बैगुनीले ।
गजल -९६ जबदेखि तिम्रो मेरो, कुराको शुरुवात भयो ; थाहै भएन कहिले दिन र कहिले रात भयो ; (१) अनायासै तिमी पस्यौ, आँखाबाट मुटुभित्र ; थाम्नै गाह्रो ह्रदयमा, कल्पनाको खात भयो । (२) दुरी महग्ङो भो, समय प्रतिकुल हुँदै जाँदा ; मिलन बन्यो कठिन र, बिछोड बज्रपात भयो । (३) चाहना त अथाह छ, मेरो मन्मा तिमिप्रति; धरोधर्म जे जे भयो , साँच्ची तिखो घात भयो । (४) सताउछन कि तिमीलाई, मलाई जस्तै सपनाले; ब्याकुल भए दिनहरु र ब्याकुल सारा रात भयो। (५) चर्कि राख्छ मुटु भित्र, ब्यथा देखाउनु कहाँ; पिरोलिंदै भित्र-भित्रै, ह्रदय आहात भयो । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ९८ के भो कुन्नी सानीले त बोल्नै छोडी ; गुम्स्याई राख्छे मनका कुरा खोल्नै छोडी । (१) कुनै कारण मनमा चोट पर्यो कि त ; दुधमा पानी मिसिएझै मिल्नै छोडी ; (२) तर्कि-तर्कि हिड्न खोज्छे किन होला ; दोबाटोमा पहिले जस्तो कुर्नै छोडी । (३) मान्छे उस्तै बानी उस्तै आँखा उस्तै, आलभोली भेट हुदाँ घुर्नै छोडी । (४) बोल्दा पनि अडकलेर बोल्न थाली; निस्फिक्री भै खित्खिताई खुल्नै छोडी । (५) मान उसको मैले राख्न जानिन कि; हाम्रो टोल छिमेकतिर डुल्नै छोडी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०५ मेरो आफ्नै जस्तो लाग्यो, भेटेदेखी तिमिलाई ; लुकाई राखें ह्रदयमा, देखेदेखी तिमिलाई । (१) कल्पनाले सजाएर , सपनामा रम्न थालें ; पुज्दै बसें पुज्य ठानी , चिनेंदेखि तिमीलाई (२) आँखा मेरा बिछाउथें, तिमी हिड्ने बाटोमाथी ; बेहोशीमा बाँच्ने गर्थें, सोचेदेखी तिमीलाई । (३) आफै हास्थें आफै रुन्थें, आफै चित्त बुझाउथें; मनै मन्मा मेरो आफ्नै, ठानेदेखि तिमीलाई । (४) तिमीलाई मात्र मागें, मन्दिरमा दैवसंग ; मुटुभित्रै राख्छु भन्थें, पाएदेखि तिमीलाई । (५) कति पानी बग्यो होला, कर्णालीमा आजसम्म; हरेक पल सम्झी राखें ,उहिलेदेखी तिमीलाई । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १०७ यो दशैमा जसरी’नि, आउनु पर्छ बाबा ; अरुले झै घोर्ले खसी, ल्याउनु पर्छ बाबा । (१) पोहर साल दसैमा’नि, थोत्रै लुगा लाएँ ; यो दसैमा नयाँ लुगा, लाउनु पर्छ बाबा । (२) चाड-पर्व आयो कि त, आमा खिन्न हुने; अरु जस्तै उनले हाँस्न, पाउनु पर्छ बाबा । (३) ठगी पेशा गर्नेहरु, धनि बन्दै गा’छन; किन होला थाहा हाम्ले, पाउनु पर्छ बाबा । (४) समाजमा खुसी बाड्छौ, भनि हिड्नेहरु ; ठग बनें यिन्लाई तह, लाउनु पर्छ बाबा । (५) नेतालाई देख्यो कि त, ठोकी दिउ झै लाग्छ; यिन्को बाजा बज्ने दिन, आउनु पर्छ बाबा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल११७ थाहै हुन्न आजभोली,के के कुरा बिकाउ छ; पैसा पाए ईमान र सिमाना’नी बिकाउ छ । (१) थोरै लाग्छ कसैलाई ,मन्त्री पद पाँउदा पनि , पैसा पाए मै हुँ भन्ने, महान’नी बिकाउ छ । (२) देशभक्ति, ईमान्दारी भाषणका बिषय न हुन ; बिटा ती नोटको पाए , सम्मान’नी बिकाऊ छ। (३) कम्ति छैनन अर्कोतिर , जनतामा गनिनेहरु ; लाजै छैन मुस्कान र ओछ्यान’नी बिकाउ छ। (४) लिलामीमा पानाहरु, राष्ट्रमा न्यायका पनि; आरोप,गाली-गलोज र गुणगान’नी बिकाउ छ। (५) डलर खेती बढेको छ, भेण्टा, आलु, मुलासंगै ; पैसा परे आँकडा र दान पनि बिकाउ छ। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल११९ एउटा गजल लेखेको छु, तिमीलाई सुनाउन ; साच्चै भन्दा भनुँ आफ्नै, मनलाई भुलाउन । (१) जता हिड्छु छरेका छन, बाटोभरी काँडाहरु; रगताम्मे नाग्ङा खुट्टा, हुनेलाई तुल्याउन । (२) बलेकै आगोको मान, के मुल्य छ खरानीको; अन्त्यमा पर्ने नै रै’छ, हार्नेलाई बिलाउन । (३) कसैले गर्वले फुल्दै, नबोलेर बसी दिंदा ; सारै गाह्रो हुँदो रै’छ, उसैलाई बोलाउन । (४) थाहा छैन सोच तिम्रो के कस्तो भो, आजभोली; म छु ब्यस्त उध्रिएको , मुटुलाई सिलाउन । (५) जीवन तिम्रो बगी रहोस,तिम्ले चाहे जसो गरी; माफ गर्नु सक्ने छैन, होमा हो त मिलाउन । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल१२० मेरो मन्का कुरा सुन्ने, तिम्लाई फुर्सद कहाँ छ र ? भावनाको जाल बुन्ने, तिम्लाई फुर्सद कहाँ छ र ? (१) भेट्यौ,हास्यौ बिर्सी दियौ, सम्झनु नै किन पर्योर ; अतितका कुरा गुन्ने, तिम्लाई फुर्सद कहाँ छर ? (२) भमरा झै खोजी हिड्छौ , राम्रा-राम्रा फूलहरु ; समर्पणको भाव चुन्ने, तिम्लाई फुर्सद कहाँ छ र? (३) भाग्यमानी बनेका छौ, जिन्दगीको सिलसिलामा; बेदनाको कथा सुन्ने तिम्लाई फुर्सद कहाँ छ र ? (४) सफलताको चाहनामा, दाँया-बाँया नदेखिंदा ; कसैको चाहना चिन्ने, तिम्लाई पुर्सद कहाँ छ र? (५) बाटोभरी जिन्दगीको, फुलै-फूल बर्षी दिदा ; च्यातिएको मुटु तुन्ने, तिम्लाई फुर्सद कहाँ छ र? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल१२३ संगै बाँचौ भनि पैले ,बिन्ति गर्दै आँसु झार्यौय; बिच बाटोमै, साथ छोडी, साथीलाई ज्युदै मार्यौ । (१) देखाउदै भविष्यका , सपनाहरु मिठा-मिठा; गन्तब्यमा नपुगेरै, काँडे तारले बाटो बार्यौौ। (२) कहाँ गए तिम्ले गर्ने, आदर्शका कुराहरु; मैले सोद्धा,सुन्यौ मात्र, नबोलेर त्यसै टार्यौर। (३) कुरा गर्ने मनै छैन, तिमीलाई म के भनुँ ; निर्लज्ज भै हाँस्दै पीर,ब्यथा जति यता पार्यौय। (४) ब्यर्थै भयो दुध मैले, सर्पलाई पिलाएछु । घाउ खोज्दै, दाँतभित्र लुकाएको बिष झार्यौए। (५) दोष आफ्नो लुकाएर, ठाडो शिर देखाउन ; दुष्टताको खेल खेल्दै,मलाई पो खार्नु खार्यौ्। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १२४ आफै भन्दा तिम्रो नाम्, मलाई प्यारो भा’छ; तिमी बिना धरोधर्म, बाँच्नै गाह्रो भा’छ । (१) तिमी हुनु यो सृष्टिमा, प्रिय मेरो लागी ; दुनियाको एउटै सत्य, ध्रुव तारो भा’छ । (२) कहाँ देखु, कहाँ भैंटु,कहाँ बोलुँ जस्तो ; भेट्नासाथ तिम्रो सामु, दिल खोलुँ ला’छ। (३) जबदेखि हामी बिच, दुरी बड्दै गयो ; किन होला मन मेरो, सधै उडि’राछ । (४) पानी सधै ओरालोमा, झर्ने गरे जस्तो; छेक-बार सबै तोडी, तिमीतिरै धा’छ । (५) हिजो भन्दा आज धेरै, आज भन्दा भोली; तिम्रो कारण यो मुटुको ब्यथा बड्दै गा’छ। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १२९ पैसालाई शिरमा राखी, मरीहत्ते गर्नु किन ? बैंसलाई खुला छोडी ,समाजमा मर्नु किन ? (१) ईच्छा होला सबैलाई , सुखी जीवन बिताउने ; आफ्नो खुसी पुरा गर्न, अरुलाई हर्नु किन ? (२) यौवनको एक पटक, बहार त आँउछ नै ; यौवनले मात्तिएर , जथाभावी गर्नु किन ? (३) समाजमा बस्नलाई शालिनता चाहिन्छ नै; सबैलाई लत्याएर ब्यर्थै अघि बड्नु किन ? (४) केही हित गर्नु पर्छ, राष्ट्रको र समाजको ; सबै बिर्सी स्वार्थरुपी, हिलोभित्र गढ्नु किन? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १३२ अग्रजहरु भन्ने गर्थे , पवित्रतम तिर्थ काशी ; प्रत्यक्ष छ आज त्यही , मेरो सामु वाराणसी। (१) अपुर्व ज्ञानको केन्द्र, परापुर्व कालदेखि ; धार्मिकहरुको लागी, गन्तब्य यो वाराणसी। (२) कयौ घाट,बिश्वनाथ, सारनाथ भनी चर्चित ; लियी बस्ने सेरोफेरो, महानगर वाराणसी । (३) ज्ञानीहरुको केन्द्र, स्थापित ईतिहासमा ; बहुचर्चित तिर्थाटन्,मा अध्यापि छ वाराणसी । (४) संसारका बौध्दमार्गी, हजारौ पर्यट्कहरु ; लालायित् भएको देखें, आयी हेर्न वाराणसी । (५) बुझ्दिन म, थाहा छैन, धर्मआर्जनका कुरा; मन शान्त हुदो रै’छ, देखेपछी वाराणसी । यज्ञ प्रसाद गिरी वाराणसी, भारत डिसेम्बर २८, २०१२
गजल १३५ तिम्रो माया सुन भए, चाँदी होला मेरो पनि; सिन्धु भए तिम्रो माया, सानो खोला मेरो पनि। (१) सत्य-सत्य सुर्यलाई, देखाउँदिन बत्ति म त ; भकारीझै तिम्रो माया, सानो झोला मेरो पनि । (२) मन मेरो ढुग्ङा जस्तो, कसैलाई लागे पनि; बिछोडिदा तिमीबाट, मन रोला मेरो पनि । (३) हुन सक्छ तिम्रो माया, सागर जस्तो फराकिलो; परख गर्छु पिरतीको, मानव चोला मेरो पनि । (४) सम्झिएर रुनु पर्ला , जिन्दगीको ओरालोमा; तिमीलाई पर्ला खाँचो, कुनै बेला मेरो पनि। (५) कहाँ मिल्छ सबैलाई, माया मिठो चाहे जति; कुनै बेला पर्न सक्छ, भाग्मा हेंला मेरो पनि । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १३७ भित्रि मन्का कुराहरु, नलुकाउनु सानु ; सोझै भन्नु के भन्नु छ, नघुमाउनु सानु। (१) दुख मेरो तिमीलाई, यदि बिझ्छ भने; मुटु छेड्ने तिखा शब्द, नसुनाउनु सानु । (२) मनै त हो बद्ली जान कति बेर लाग्छ; मन्मा ला’को कुरा भन्न नधकाउनु सानु । (३) समाजले के सोच्ने छ, मेरो कदमलाई ; सोच्दै तिमी ब्यर्थै खुट्टा नकमाउनु सानु। (४) के म गरुँ, कसो गरुँ, भन्ने लाग्छ भने ; उचित कदम झट्ट चाल्नु, नहराउनु सानु। (५) मेरो साथ तिमीलाई वाधा बन्छ भने ; बिर्सी मलाई सधैलाई, रमाउनु सानु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १३८ दिलैदेखि देशलाई, माया गर्ने स्वाभिमानी ; लगनशिल परिश्रमी, धन्य तिमी भियतनामी ; (१) माया आफ्नै धरतिको, छातीभरी सगाँलेर ; बैरीको उछित्तो पार्यौ, धन्य तिमी भियतनामी । (२) आफ्नै ज्ञान आफ्नै सिप, लाई कत्ती नहेपेर; महत्ता बुझाई छाड्यौ, धन्य तिमी भियतनामी । (३) प्रकृतिको उपासना, जिन्दगीमा उतारेर ; माटोलाई शिरोधार्य गर्ने, तिमी भियतनामी । (४) बर्षौ लड्यौ नथाकेर, बिरुद्धमा अन्यायको ; रत्तभर’नि नहटेर, धन्य तिमी भियतनामी । (५) सलाम तिम्रो लगन र तिम्रो राष्ट्र प्रेमलाई; समानताका पक्षपाती , धन्य तिमी भियतनामी । रचना: यज्ञ प्रसाद गिरी हो चिन मिन्ह सिटी, भियतनाम ३ फेब्रुवरी, २०१३
गजल १४० तिम्ले दे’को किताबले , रुने मलाई बनायो ; पिरतिमा हिसाबले , रुने मलाई बनायो । (१) आफु जस्तो ठानें मैले,भनें जस्तो गर्दै गए; तिम्रो बाग्ङो सुझावले, रुने मलाई बनायो । (२) अमुल्य यो मुटु मेरो, ब्यर्थै सुम्पे तिमीलाई ; तिम्रो मनको नकाबले, रुने मलाई बनायो । (३) म त सधै खोजी गर्थैं, गहिरो र चोखो माया; तिम्रोपनको तेजाबले , रुने मलाई बनायो। (४) किन हुन्थ्यो पिरतिमा, स्थिरता चाहे जस्तो? अवसरवादी स्वभावले , रुने मलाई बनायो । (५) दुनियामा क-कस्लाई विश्वास गर्न सकिन्छ र ? विचारको बहावले , रुने मलाई बनायो । रचना: यज्ञ प्रसाद गिरी हो चिन मिन्ह सिटी, भियतनाम
गजल १४२ साँचेको छु ताजा गुलाब,प्रणयको चिनो ; तरग्ङित मनको बहाव, प्रणयको चिनो । (१) रहेकी छौ तिमी आज, सयौ-सयौ कोश टाढा; कस्ले बुझ्ने मनको भाव, प्रणयको चिनो । (२) कस्लाई मैले देखाउनु, तरग्ङ यी ह्रदयका; तिमीप्रतिको यो झुकाव, प्रणयको चिनो । (३) लाग्छ एकान्तमा बसी, धेरै- धेरै कुरा गरौ; गरौ मायाको हिसाब, प्रणयको चिनो । (४) ह्रदयको कुनातिर, ठाँउ मेरो छ कि छैन ; भो कि कतै उतार-चढाव, प्रणयको चिनो । (५) कामना छ हाम्रो माया, बाँची रहोस सधैभरी; पठाउदैछु शाब्दिक् गुलाब, प्रणयको चिनो । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १४३ तिम्रो मायाको प्रतिक, यो रातो गुलाब; मेरो छाँयाको प्रतिक, यो रातो गुलाब। (१) चाहनाका भावनाहरु, ब्यक्त गर्ने ; मुटुहरुको नजिक, यो रातो गुलाब । (२) प्रणय या समर्पण, जे सुकै होस् ; प्रस्तावमा सरिक, यो रातो गुलाब। (३) युरोप,अफ्रिका, एशिया र अमेरिकामा ; सबैका लागी ठीक, यो रातो गुलाब । (४) निरन्तर फुलोस, फलोस यो चलन्; नबनोस कतै भिख, यो रातो गुलाब । (५) जिवनमा मायाको, औचित्यको सन्देश , हो मानवको सिख, यो रातो गुलाब । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १४४ अर्थहिन यो संसार, तिमि बिना ; चल्दै-चल्दैन घरबार, तिमी बिना । (१) प्रेरणाकि श्रोत कदम् कदम् कि साथी; अध्यारो घरको संघार, तिमी बिना । (२) गतिहिन बन्छ मेरो, जिन्दगीको यात्रा; काट्नै गाह्रो यि दिन र बार, तिमी बिना । (३) उदाउँछ र अस्ताउँछ, घाँम तिमिसंगै ; खल्दै खुल्दैन यो मुहार, तिमी बिना । (४) नशामा बाच्दै छु म, तिम्रो सामिप्यको ; कसले सुन्छ मेरो गुहार, तिमी बिना । (५) निरन्तर घुमी रहन्छ, समयको चर्खा ; आउँदैन जिवनमा बहार, तिमी बिना । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १४६ पल्टाउनु पर्‌यो धेरै, माया-प्रितिका किताबहरु ; तिमीले जब खोज्न थाल्यौ, मायाका हिसाबहरु । (१) न कुनै सुत्र, न जोड,गुणा, भाग न घटाऊ ; फर्स्योट कसरी गरुँ म, मायाको हिसाबहरु । (२) कसरी नाप्नु लिटर, केजी ,पाथी या मुरीमा ; कुन नापमा मापन गरुँ म, मायाका हिसाबहरु। (३) बेहिसाब सधै रहन्छ , यो मुटुमा माया तिम्रो ; तामिलीमा छन सबै मेरा , मायाका हिसाबहरु । (४) चाहनाको भेलमा भेटिने छ, डुबेको पुरै जिवन् ; यो डुबानमा खोज्नु प्रिया, मायाका हिसाबहरु । (५) मैलाई था’छैन हजुर, मेरो मायाको सिमाना के ? था’छैन कसरी गरुँ म , अब मायाका हिसाबहरु। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल १४७ के भा’को छ आजभोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु; अलि अर्कै लाग्छ बोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (१) खलपात्र सक्रिय छन्, सधै तिम्रो वरी-परी ; बसेका छन पसल् खोली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । (२) मुसाहरु तिखार्दै छन , तिन्का दुष्ट दाँतहरु ; काट्नलाई प्रेम झोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (३) मानिसको मनै न हो , निमेषमै बद्ली दिन्छ ; छोड्यो सुसाँउन खोली , बाग्ङा-बाग्ङा कुरा सुन्छु । (४) त्यही मिठो बोली आज, किन होला म बुझ्दिन ; पस्छ दिल्मा बनी गोली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । (५) बेरंगमा रंगिदै छन , भावनाका फाँटहरु ; कसरी म भनुँ होली, बाग्ङा-बाग्ङा कुरा सुन्छु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर फागुन १९, २०६९ साल
गजल १४८ छुट्याउने हामीलाई, सिमाना न बनाउनु ; मुल प्रवाहमै छोड्नु, किनारा न लगाउनु । (१) पवित्र यो प्रेम हाम्रो, कसरी भो खोटी आज; आफ्नै मनलाई सोध्नु, किनारा न लगाउनु । (२) जानेर वा नजानेर , त्रुटी कतै भए भने ; कारण् के हो भनी खोज्नु, किनारा न लगाउनु । (३) दुखेको छ भने तिम्रो, कतै फूल सरी मन ; प्रेमको आँचले सेक्नु , किनारा न लगाउनु । (४) सहयात्रा तिमीलाई , रुचीकर हुने भए; सहयात्री बनाउनु , किनारा न लगाउनु । (५) बाँच्नुलाई यथार्तमा , अर्थपुर्ण बनाउन ; ह्रदयको खुसी रोज्नु , किनारा न लगाउनु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर फागुन १९, २०६९ साल
गजल १५५ कसैलाई सबै छोडी,त्यो फेसन प्यारो छ; कसैलाई आफै भन्दा, यो नेसन प्यारो छ । (१) के गर्नु र दुनियाको, बिनासित्ति बयान; मन्त्रीहरुलाई मात्रै , कमिसन प्यारो छ । (२) हिजो जो लिप्त हुन्थ्यो, दिनरात चाकरीमा; उस्लाई महल आज , आलिशान प्यारो छ । (३) मिलायौ कदममा कदम् ,भष्ट्रहरुसंग नै आखिर ; हिजोसम्म भन्ने गर्थ्यौ्, ईमान प्यारो छ । (४) बुझ्न के नै गाह्रो छ र , के रहेछ तिमीभित्र ; अरु झै तिम्लाई पनि, त्यै आशन प्यारो छ । (५) जे भए’नि हालसम्म , नेताकै खोलमा छौ ; संक्रमित छौ र त होला, भाषण प्यारो छ । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर जेठ २६, २०७० साल
गजल १६० भष्ट्राचारीलाई’नि सम्मान गर्ने हामी ; आडम्बरीलाई’नि महान गन्ने हामी। (१) स्वार्थपुर्तिको भावनाले सन्चालित सबै; शहिदहरुको’नि, चिहान खन्ने हामी । (२) डाँकाहरु छन् ,राजनितिको आवरणमा ; डनहरुलाई’नि नेता चुन्ने हामी । (३) राजनिति भो मात्र सपना बाढ्ने पेशा; ऊन्नतिको मार्गमा कसरी बड्ने हामी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २६ गते, २०७० साल
गजल १६१ यो दिन उदास छ, र रात उदास छ; यो मन्मा सधैभरी , हुरी बतास छ । (१) जिउनु भो मरुभुमीमा, यात्रा गरे सरी; ताप , राप छ र सधैभरी प्यास छ । (२) कदम-कदममा, जोखिम छ जिन्दगीमा; तर पनि त जिउनुको उद्देश्य खास छ । (३) थाहै भएन कहाँ चुकें र एक्लो भएं म ; तैपनि जुनिजुनि भरी, तिम्रै तलाश छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २५ गते, २०७० साल
गजल १६४ निर्णय लिंदा यावत कुरा बिर्सनु तिमीले; बिश्वासघात, उपेक्षा तिन्को सम्झनु तिमीले । (१) मत माग्न आए भाषणे डाँका, निर्लज्ज भएर ; घृणाको पोको हातमा तिन्को राख्दिनु तिमीले । (२) दुखिका आँसु बेचेर खाने, आँसुका ब्यापारी ; फकाउन आए बंगारा झारी पठाउनु तिमीले । (३) स्वार्थको लागी चेपारो घस्दै नजिकै हुने छन; मुखैमा थुकी कुक्कुरै सरी, घपाउनु तिमीले । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल
गजल १६६ बाँचिदै छ जीवन, किस्ता-किस्तामा ; सकिदै छ यौवन, किस्ता-किस्तामा । (१) हिजो, आज, भोलीमा’नि फरक भो; मायाको’नि मिसन, किस्ता-किस्तामा। (२) घटेर गयो फेरिदा, मापदण्ड ; मायाको’नि वजन, किस्ता-किस्तामा । (३) हरायो आपसी सौहाद्रता साथै ? युगौदेखिको चलन्, किस्ता-किस्तामा। (४) शंकटमा छ प्राण, राजनितिको ; भोगी रहेछ मरण्, किस्ता-किस्तामा । (५) भष्ट्र भए, देशका अगुवाहरु ; उघ्रदै छ आवरण्, किस्ता-किस्तामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भाद्र ५ गते, २०७० साल

Saturday, August 17, 2013

गजल १६५ मेलै जे-जे लेखेको छु, सही-सही लेखेको छु; मैले जे-जे देखेंको छु, त्यही-त्यही लेखेको छु । (१) निर्लज्जताको पनि त सिमाना हुनु पर्ने हजुर ; भनाई एकातिर, ब्यवहार अन्य केही देखेको छु । (२) जसले बनाए राष्ट्रियतालाई मात्र गाउने गीत ; उनीहरुकै देशको लिलामीमा सही देखेको छु । (३) तिम्रो राष्ट्रप्रेम दशगजामा, छरपष्ट भै सकेको छ; तिम्रो जिब्रोमा ताल्चा र हत्केलामा दही देखेको छु। (४) कुकृत्यनै आफ्नो पहिचान, बनायौ नेता तिमिले; तिमीलाई हरेक मुल्यांकनमा सतही देखेको छु । (५) थोत्रा नाराको बैसाखीमा, कति दिन टिकौला र ? तिम्रो भविष्य अन्धकार छ, मैले यही देखेको छु। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल

Monday, August 12, 2013

गजल १६३ अब यो दुनियामा कसैको’नि, आश लाग्दैन; साच्चै हो अब त दैवको’नि, बिश्वाश लाग्दैन। (१) सबै ब्यवहारहरु स्वार्थले प्रेरित, हुने भएपछी;; अब कसैको बिश्वासघात’नि, खास लाग्दैन । (२) झोकि सकेको छु मुटु मेरो, मायाको भट्टीमा ; जिन्दगीको कुनै पल पनि, मधुमास लाग्दैन । (३) चोरलाई चौतारी बनाउने, हाम्रो यो समाजमा ; हुने गर्छ कि कतै न्यायको’नि, बास लाग्दैन । (४) दिनचर्यामै बितृष्णाको लहर सामिल भएपछी; तथाकथित तिम्रो साथ’नि, मिसमास लाग्दैन । (५) जिन्दगीभर तरबारको धारमा, हिडेको मान्छे ; कुटिलतापुर्ण चालको'नि,खासै त्रास लाग्दैन। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल

Saturday, August 10, 2013

गजल -४१ जिन्दगीको भोगाईमा, धेरै कुरा भोग्नु पर्यो ; चित्त कत्ति नबुझेर, यस्तो गजल लेख्नु पर्यो । (१) चर्को नारा दिनेहरु, ज्यान फाल्छन् पैसा माथी ; हेर कस्तो बिडम्बना, यस्तो दिन देख्नु पर्योय। (२) यसो गर्छु उसो गर्छु, बारंबार भन्ने गर्थ्यौ ; हिड्दा-हिड्दै बिच् बाटोमै, नारा किन फेर्नु पर्योय। (३) तिम्रो पछि लाग्नेहरु, परेका छन बिचल्लीमा; अनायासै के परेर , यस्तो विधी भाग्नु पर्यो्। (४) जस्ले जहाँ पैसा पायो, त्यही फस्ने भए पछी; अनाहकै मान्छे मार्दै , युध्द किन लड्नु पर्योा । (५) थरी- थरी मान्छेहरु भेटिदै छन मुकुन्डामा ; मुकुन्डोलाई उघारेर , अब चिन्ने गर्नु पर्यो । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४२ गोप्य एउटा खामभित्र, तिम्रो पनि नाम देखें ; चाकरीमा चढाएको, तिम्रो पनि दाम देखें । (१) मिठा कुरा गर्नेहरु, छुरा पनि धस्दा रै’छन ; तिम्रै साथीहरु बिच, तिम्रो बदनाम देखें । (२) अब थाहा हुदै गा’छ, नाता तिम्रो कहाँ सम्म ; दुष्टहरु मौजमा छन्, सधै दुखी राम देखें । (३) तिम्रा काम, तिम्रो निति बल्ल अब बुझिदै छ; काम तिम्रो दादागिरी, निति तिम्रो झ्वाम देखें । (४) ठुलो भिड हाँके पछी, जे गर्दा नि हुने भयो ; साच्चै भन्नु पर्दा खेरी, राज् नितिमा जाम देखें । (५) चिनी राख्नु पर्छ यस्ता, नारकिय जीवहरु ; जरै देखि उखेलेर , फाल्नु पर्ने काम देखें । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४३ के भनुँ म गुनासोको, भारी बिसाउनेलाई ‘ आफै निहुँ खोजी-खोजी, आफै रिसाउनेलाई । (१) तारिफ तिम्रो गरुँ भने बेसारेमा गन्छ्यौ ; मौन बसे जबर्जस्ती, बोल्न लगाउनेलाई। (२) साँचो कुरा गर्दा पनि, भने जस्तो हुन्न ? के भन्नु र औसी- पुर्ने, संगै मिसाउनेलाई । (३) आफनो घर्को कुरा गरूँ, नाक खुम्ची हाल्छ ; के भनुँ र कुरा कोट्याई ,दोष लगाउनेलाई । (४) पराईका कुरा गर्दा , शंका गर्ने नानाथरी ‘ के भनेर सम्झाउनु , पाए लंका ढलाउनेलाई । (५) सकिएन कसै गरी , उन्को चित्त बुझाउन ; धन्यबाद धेरै-धेरै, यस्तो चित्त बनाउनेलाई । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४४ केको भुत्रो बिकाश् गर्छौ, यस्तो निति लिएपछी ; आफ्ना भा’का खोला नाला, बिदेशीलाई दिएपछी । (१) यो पाराले पुगिन्छ र, शिखरमाथि उन्नतीको? पराईको बैसाखीमा , खोच्याई हिड्ने भएपछी । (२) तुच्छ्य बन्यो भाषा आफ्नो,बड्दो ईज्जत पराईको; ब्यापारीलाई देश भरी , शिक्षा बेच्न दिएपछी । (३) पछी परे रिति-थिति, परम्परा समाजका ; नबुझेरै युवालाई, सिको गर्न दिएपछी । (४) चलीरा’छ ऊधारोमा , घर अनि देश पनि ? बुद्धिहिन बोक्रेलाई, राष्ट्र जिम्मा दिएपछी । (५) अब धेरै झर्नु हुन्न, हामी धेरै झरी सक्यौ; अब चुप्प बस्नु हुन्न, यति सबै भएपछी । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४५ कोठे सल्लाहकारहरुको मान छ बेग्लै ; कोटे हवल्दारहरुको शान छ बेग्लै । (१) कुरो पुर्वको र चुरो पश्चिमको हुँदा पनि; उहाँको आफ्नै मौलिक ज्ञान छ बेग्लै । (२) सडकमै कति छन उहाँका समकक्षीहरु ; तर उहाँको निजी अभिमान छ बेग्लै । (३) कस्को सामर्थ्य छ र , सम्झाउने उहाँलाई ; कतै नमिल्ने उहाँको, बिज्ञान छ बेग्लै । (४) के पर्दैन , ज्ञानको परिधि भित्र हजुर ; उहाँको ज्ञानको जग र उठान छ बेग्लै । (५) हाक्दै छन देश , कोटाका मठाधिसहरुले; हाम्रो राष्ट्र बिकाशको, पहिचान छ बेग्लै । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर
गजल -४६ पर्न सक्या छु र तिम्रो छनोटमा म कहाँ; मर्न सक्या छु र त्यो चोटमा म कहाँ । (१) बुझ्दैन यो मन घात-प्रतिधातलाई पनि ; हिड्न सक्या छु र सही पथमा म कहाँ; (२) मन भुलाउन पिउँछन नशा मानिसहरु; भुल्न सक्या छु र चुरोटमा म कहाँ । (३) कहाँ टाडिन सकें तिम्रा तिरष्कारहरुबाट; बिना दोष आरोपित भै, ती खोटमा म कहाँ ; (४) धेरै पुगे माथि-माथी,बैशाखीको सहारामा ; चढ्न सक्या छु र प्रगतिको बोटमा म कहाँ । (५) घात गरेर पनि प्रिय बनी रह्यौ तिमी ; पर्न सक्या छु र, हिसाब फर्स्योटमा म कहाँ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -४७ नभएको देखाएर, भा’को कुरा लुकाउने ; बन्यो संस्कृती हाम्रो ,बाहीरी दाँत देखाउने। (१) छाड्दै जाँदा परम्परा,संस्कार र संस्कृति; कसरी हो नेपालीले, मौलिकता टिकाउने । (२) राम्रोसंग बुझ्न खोजौ, गाँठी कुरा सभ्यताको; नबुझेरै किन ब्यर्थै , सारा बिश्व हँसाउने । (३) खुराक र पोशाकले, कहाँ बन्छ सभ्य मान्छे; यि हुन युक्ती ब्यापारीले, ग्राहकहरु फसाउँने । (४) शिष्ट बोली अरुसंग नम्र बनी पेश हुनु ; आधार हो दुनियामा सभ्य भनी चिनाउने । (५) मान गर्दा अरुलाई, उर्जा बढ्छ जिन्दगीमा ; यस्तो असल यस्तो सरल,मौका किन गुमाउने । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -४८ न स्वार्थ छ कतै केही, न सिमाना कर्तब्यको ; पवित्रतम् परिभाषा , तिम्रो मेरो सम्बन्धको । (१) जोडिएर बनेको छ, मनको तार मनैसंग ; अतुलनिय गहिराई, तिम्रो मेरो सम्बन्धको । (२) संसारमा सबै भन्दा, प्यारो तिम्रो सामिप्यता; अमुल्य छ मुल्य छैन , तिम्रो मेरो सम्बन्धको । (३) मेरो लागी तिम्रो बोली, उर्जा जस्तै बनेको छ ; गहिरो जग बसेको छ, तिम्रो मेरो सम्बन्धको । (४) तिम्रो प्राप्ती मेरोलागी, सबै थोक संसारमा ; अधीकतम महत्व छ ,तिम्रो मेरो सम्बन्धको । (५) सात जन्म पहिलेको, सात जन्म पछी पनि ; युगानुयुगको नाता, तिम्रो मेरो सम्बन्धको । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-४९ सधैंको भोलीले, पुगेन मलाई ; र चिप्लो बोलीले ,पुगेन मलाई । (१) के बाँकी रह्यो र, भिकारी बनायौ : मायाको झोलीले , पुगेन मलाई । (२) म खोज्छु प्रियसी , जलाशयझै ; तिर-तिरे खोलीले पुगेन मलाई । (३) सुगन्धित पवनको म चाह राख्छु ; आवारा हुरीले पुगेन मलाई । (४) रहोस प्रित दिलको गहिराईसम्म; कुरो बाहिरीले पुगेन मलाई । (५) नशा नै भए नी पवित्रतम् होस ; बिषालु सुराले, पुगेन मलाई । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-५० मेटिए बाच्नुको अर्थ, बेदना बन्दछ गजल ; सल्किए मुटुमा आगो, तिर्सना बन्दछ गजल । (१) कोही त भाग्यमानी छन, जिउनु छ रमाईलो ; प्रेमको कोखमा जन्मी, नदी झै बग्दछ गजल । (२) धेरै होलान म जस्ता नि, बिरहमा रमाउने ; दुख हल्का गराउने, आंसु हो मनको गजल । (३) ह्रदयमा लुकी बस्ने , मेरो सुख र दुखमा; एकान्तमा मुटु चिर्दै, कोरिने शब्द हो गजल । (४) कस्को को सहारा बन्छ ? भविष्यमा को जान्दछ ? सधैं साथ दिन सक्ने, गतिलो मीत हो गजल । (५) निकालेर निको पार्ने, कांडा दुख र दर्दका ; हितकारी, गुणकारी, ओखति गीत हो गजल । (६) रुदां आंसु बनी झर्ने , हास्दा उमंग भै दिने ; मैले बाच्ने गिन्दगीको, सांचो अर्थ हो गजल । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ५३ छ बोली नशालु, छ हाँसो नशालु; हुने प्रितको त्यो, छ पासो नशालु। (१) त्यो बैसको मात, चञ्चल हिडाई; अधर मात लाग्ने, छ हाँसो नशालु। (२) त्यो रुपले मग्न बिचार ऊठ्छ; टिपेर टपक्कै ,यो दिलमै बसालुँ । (३) यतै मोहनी छ उतै मोहनी छ ; यो मोहनी जाल कसोरी उचालुँ । (४) यता छन लुटेरा, लुटेरा उता छन; कता म लुकाउँ कता म उचालुँ । (५) नयन ती नशालु, नजर ती लुटेरा; मलाई सुरक्षित, कता म बसालुँ ।
गजल -५९ सधै खुली बाँच्नु तिमी, हर्षै हर्षमा; साहसी भै बाच्नु तिमी, नयाँ बर्षमा। (१) रुने बानी परेपछि खुसी उडी जान्छ; राम्रो बानी बसाउनु, नयाँ बर्षमा । (२) सुख-दुख आँसु-हाँसो, जीवनको रित; सधै हाँस्नु हसाँउनु, नया बर्षमा । (३) दुख सामु नलत्रनु, गुहारेर साथी; ... जुझ्न मन पराउनु, नयाँ बर्षमा । (४) समयको पहिचान, सफलताको सिढी; समयको साथ लाग्नु नयाँ बर्षमा । (५) कसैलाई होच्याँयर, हास्ने गर्नु हुन्न; माया प्रिति बसाउनु नयाँ बर्षमा । रचना: यज्ञ प्रसाद गिरी
गजल -६२ धडकन मेरो ह्रदयको, अनायासै बड्छ किन ? तिम्रो प्यारो मुहार मात्र, मनभित्र गड्छ किन ? (१) थरी-थरी फूलहरु, फुल्ने गर्छन, बगैचामा ; मेरो लागी एउटै फूल, फुले जस्तो लाग्छ किन ? (२) तिमी बिना जिन्दगीमा, एक्लो यात्री बनी हिड्दा; जिन्दगीको भोगाई नै, खल्लो-खल्लो लाग्छ किन । (३) तिम्रो ब्यस्त जिन्दगीमा, झुक्किएर सम्झ्यौ कि त ; न सोचेको न सम्झेको, यो बाडुकी लाग्छ किन । (४) नजिक हुदाँ तिर्थ हेलाँ , भने जस्तै भयो कि त ; टाढा हुँदा मुल्य तिम्रो, मेरो लागी बढ्छ किन। (५) जिन्दगीको पाईलै पिच्छे , हारे जस्तो अनुभुति ; जीवनप्रति भित्र-भित्रै, यो बितृष्णा जाग्छ किन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -६३ मेरै आफ्नो जिन्दगीलाई, बुझ्नै सक्या छैन; उत्तर आफ्नै प्रश्नको’नि सुज्नै सक्या छैन। (१) थाहा छैन जिन्दगीको , खासै लक्ष मेरो ; ; के योजना भविष्यको, सोच्नै सक्या छैन। (२) तिम्रो मनको गहिर्या्ई ,बुझिन कि मैले; कहाँ गरें गल्ति मैले , खोज्नै सक्या छैन। (३) घाम-छायाँ जस्तै बन्यो, जिन्दगीको यात्रा; कुन बाटोमा बढु अघि, रोज्नै सक्या छैन। (४) यो जिन्दगी निरस बन्यो, तिम्रो साथ बिना; जिन्दगीमा हरियाली, रोप्नै सक्या छैन। (५) सोच्छु राखुँ केही कुरा, तिम्रो सामु पनि ; भन्नै पर्ने केही कुरा भन्नै सक्या छैन। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल -६४ भाई भन्दा टाई ठुलो, मुहार भन्दा चश्मा ; न आमाको माया चिन्छौ,न बाबुको बसमा । (१) तिम्रो लेसन लरबरिन्छ फेसन वरीपरी ; कोही हिड्छौ पागल बनी,भिखारीको भेषमा। (२) बियर चुरोट ह्विस्की ब्राण्डी, कुलतहरु धेरै; भित्र्याउने बाहक बन्यौ, तिम्रो आफ्नै देशमा ; (३) बिर्सि सक्यौ भेष –भुसा ,मुल्य समाजको; आधुनिकता देख्ने गर्छौ, रंगीचंगी केशमा । (४) आफैलाई चिनाउने, नामै पनि फेर्यौा ; माईकल,थोमस बनी पछि भुल्दैछौ चरेशमा। (५) किन काट्न उद्धत भा’छौ, तिमी आफ्नै जरा ; अवन्नति बढ्दै गा’छ, तिम्रो परिवेशमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ६६ रद्दीमा सिधै फ्याँकी दिए हुन्छ ? पर्दैन भत्ता रोकी दिए हुन्छ। (१) पाली रहेछौं यिनलाई ब्यर्थै ; झ्यालखानमा कोची दिए हुन्छ । (२) अस्तित्व यिन्को झारपातै सरी; भट्टीमा लगी झोकी दिए हुन्छ । (३) अनुपयोगी बाँदरका पुच्छर; लठ्ठी बनाई टेकी दिए हुन्छ । (४) बनायौ नेता यिनलाई ब्यर्थै ; पाईतालामुनि टेकि दिए हुन्छ। (५) यिनको चरित्र भो घिनलाग्दो ; लौ अब मुल्य तोकी दिए हुन्छ । रचना: यज्ञ प्रसाद गिरी
गजल ६९ केको लाज केको चिन्ता, चोखो माया गाँस्न पनि; किन ब्यर्थै खुम्चिनु र , दिल खोलेर हाँस्न पनि । (१) किन सोच्नु के भन्ने हो, अन्यायी यो दुनियाले ; अनुमति किन खोज्नु , आफ्नो माया साँच्न पनि । (२) कुरा काट्लान काट्न देउ, गर्दै गरुन चर्चाहरु ; सिक्नु पर्छ दुष्टताको , तिखो सिंग भाँच्न पनि । (३) बिना अर्थ किन बाँच्छौ , चाहनाको चिहानमा ; आफ्नो ईच्छा दबायर , गाह्रो पर्छ बाँच्न पनि । (४) मुल्य किन घटाउनु, अमुल्य यो जिन्दगीको ; बढौ अघि जिन्दगीको, अन्धकार नाँस्न पनि । (५) कस्ले रोक्छ किन रोक्नु, तिमीलाई सधै भरी; ह्रदयले चाहे जस्तो , छातीभित्र टाँस्न पनि । रचना: यज्ञ प्रसाद गिरी
गजल७७ कुरै कुरामा सानु, छिप्पीदै गएछ रात पनि ; तर कहाँ सकिए र खै ? प्रसंग बिनाका बात पनि । (१) कति छन कति मुटु भरी, सम्झनाहरु अतितका; कैयन सुन्दर क्षणहरु कति छन समयका घात पनि। (२) के नै मात्र भोगिएन, जिवनको लामो यात्रामा; चिन्दै गएँ भोगाईमा, सक्कली दुनियाको जात पनि। (३) भेट्दै भेटिएन समानता भनाई र गराईमा ; कति छन मन छुने कुरा कति वाहियात पनि । (४) उच्चादिउच्च बनी रह्यौ, यि मेरा नजरमा तिमी; भ्रमले कतै हल्लिएन आपसि मतभेदको पात पनि। (५) सधै उस्तै निष्ठा तिम्रो, पवित्रता र चाहनाको ; घट्दै घटेन स्थिर रह्यो तिम्रो प्रेमको मात पनि । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ७८ मनमा दुख भए पनि, हाँस्नै पर्योो काली ; जे भए’नि जस्तो भा’नी, बाँच्नै पर्यो; काली । (१) मन त भन्थ्यो तिमीलाई, राखुँ आफ्नै सामु ; समयको ईसारामा, नाच्नै पर्योल काली । (२) सपनामा तिमी हुन्छ्यौ, झझल्कोमा पनि ; तिम्लाई सोची बस्ने मेरो, बानी पर्योय काली । (३) घाँस-दाउरा मेला पात, जहाँ जाँदा पनि ; संगै भा’को सम्झनाले, गर्नु गर्योप काली । (४) घण्टौ बसी एकान्तमा, मनका कुरा गर्थ्यौ; बिछोडले मनमा पीर, पर्नु पर्योर काली । (५) सोच्दी हौलि तिम्लाई बिर्सी, र’माछु कि भनी ; मनको खुसी तिमीतिरै, बसाई सर्यो काली । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८० मलाई जस्तै तिम्लाई’नि, बाँच्नु खल्लो ला’को छ कि ? तिम्रोतिर टोलाई राख्ने , नौलो रोग आ’को छ कि ? (१) मेला –उत्सव चाड-पर्व , लाग्न छोड्यो रमाईलो ; तिम्रो पनी मेरो जस्तै,मन उडी रा’को छ कि ? (२) केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको ; नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ? (३) किन- किन कता-कता, खाली-खाली भए जस्तो; बिचित्रको मुटुभित्र, रोग बढ्दै गा’को छ कि। (४) उराठ-उराठ बनी जिवन, मनको शान्ति हराउँदा ; मलाई जस्तो अनुभुति , तिम्लाई पनि भा’को छ कि ? (५) जिन्दगीको गोरेटोमा, बढ्दै जाँने सिलसिलामा ; कुनै बिन्दु समातेर, बसौं जस्तो ला’को छ की ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८१ विडम्बना! बार्तालाप मेरो सधै मिस कल हुन्छ ; प्रमाण कसरी दिउँ, याद मन्मा पल-पल हुन्छ । (१) न सोच्नु अन्यथा, तिम्लाई बिर्सें दिए कि भनेर ; जब सम्झन्छु तिमीलाई यो मन खल्बल हुन्छ । (२) भनिन्छ सधै अग्रगमन सोच्नु पर्छ हामीले; तर मन सधै अतितमै फर्कन चंचल हुन्छ । (३) आजभोली के-के हुन्छ, बुझ्नै सकेको छैन; अतितको झोपडी नै मेरो लागी महल हुन्छ । (४) नसम्झाउ हाम्रा जिवनका ती स्वर्णिम क्षणहरु; मडारिन्छ मुटु भित्रैदेखि र आँखा सजल हुन्छ । (५) पाउदा रै’छन चीर सामिप्य भाग्यमानीहरुले ; मिलन सबैको जीवनमा, कहाँ पो सफल हुन्छ ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८२ साउने झरी, अँधेरी रात छ हामी बिच ; अनियन्त्रित, श्वाँस –प्रश्वास हामी बिच । (१) एकाकार भए, दुई आत्मा दुई शरिर ; बाँकी बचेन, कुनै दूरी हामी बिच । (२) उदाग्गो छु म, मेरो मुटु तिम्रो सामु; छैन पर्दा, कुनै गोप्यता हामी बिच । (३) छ समानता, हरेक पक्षमा जीवनको ; थियो कि युगौको नाता हामी बिच। (४) लाग्छ सामिप्य, सदैव छोटो किन हो; छैन अन्त्य, कतै चाहनाको हामी बिच । (५) के भँनु, कसरी आँकु महत्व तिम्रो ; हरेक पक्षहरु छन, अमुल्य हामी बिच । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८३ तिमी मेरो सम्झनामा, आयौ सुस्त-सुस्त ; सुगन्धझै ह्रदयमा, छायौ सुस्त-सुस्त । हर्ष हो कि पिडा हो यो, या हो अन्य केही; मात बनी मस्तिष्कमा, छायौ सुस्त-सुस्त । असर कस्तो पर्यो कुन्नी तिम्रो चाहनाको ; कुटु-कुटु गर्दै मुटु, खायौ सुस्त-सुस्त । लक्ष तिम्रो के हो कुन्नी थाहा छैन केही ; ह्रदयमै बिझ्ने गीत, गायौ सुस्त-सुस्त । तिम्रो कब्जा बढ्दै गा'छ, सोचाईमा पनि ; मिठो बिष गिन्दगीमा, लायौ सुस्त-सुस्त । मेरो आफ्नै हक पनि , लाग्छ हराउदैछु ; मेरो निजी अधिकार, पायौ सुस्त-सुस्त । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८४ आफ्नो सिमा आफै तोक्न, गाह्रो हुदो रै’छ ; कुनै मान्छे आफै भन्दा , प्यारो हुदो रै’छ। (१) सम्बादै हो तर पनि, किन यति मिठो ? कुरा बिट मार्न पनि, साह्रो हुदो रै छ । (२) कसैको त हाँसो पनि, जादु गरे जस्तो ; थाम्न पनि आफैलाई, गाह्रो हुदो रै’छ । (३) उस्को त्याग बनेको छ, सुन्को सिक्का सरी; आफ्नो देन उस्को लागी ऊधारो हुदो रै’छ। (४) उस्को मन आकाशको भब्य जुन सरी; मेरो भने टिल्पिलाउने तारो हुदो रै’छ । (५) छहराझै उस्को माया बगी राख्नै सधै ; आफ्नो भने सानो-तिनो धारो हुदो रै’छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ८५ तिमीलाई म के भनुँ, सोच्नै सक्या छैन; कस्तो नाम राखी दिऊ, रोज्नै सक्या छैन। (१) काली तिम्लाई भनु भने मनकी तिमी गोरी ; ट्वाक्क मिल्दो शब्द पनि खोज्नै सक्या छैन। (२) नक्कली नै भन्दिऊ भने तिमी कहाँ छौ र ? सक्कलीको प्रमाणिकता जुट्नै सक्या छैन , (३) बैगुनि म भनु भने तिमी गुन्कि खानी ; तिम्रो गुनको भारा मैले, तिर्नै सक्या छैन। (४) रिस्को झोक्मा तिमीलाई बोक्सी भनु भने; तिम्रो बोक्सी बिध्या पनि टिक्नै सक्या छैन। (५) मनमा धावा बोले पनि मनै चोरे पनि; तिम्लाई चोर मेरो मनले, भन्नै सक्या छैन । (६) हिरोईन भनु भने अरुले’नि भन्लान ; यस्तो छुट अरुलाई दिन सक्या छैन । (७) रानी तिम्लाई भनु भने कुन राजाकी रानी; यस्तो च्वास्स बिझ्ने शब्द टिप्नै सक्या छैन। (८) संसारको नजरबाट , तिम्लाई जोगाउन ; साथी बाहेक अर्को शब्द सुज्नै सक्या छैन ।
गजल ८६ कहाँ पुग्यो राष्ट्र निर्माणको अभियान, किन बोल्दैनौ ? कति बढ्यो नेपाल, नेपालीको शान, किन बोल्दैनौ ? (१) कता बिलाए तिम्रा प्रतिबद्धता र चर्का स्वरहरु ,; के गर्यौि देखाउ देशको ऊत्थान, किन बोल्दैनौ ? (२) सिमाना लुछ्दै छन बिदेशीले , तिम्रै अगाडी ; कहाँ हराए दशगजा, निशान किन बोल्दैनौ ? (३) देखिन्छौ सघै ब्यस्त तानातानमा, कुर्सीको ; किन खन्दैछौ जनताको चिहान, किन बोल्दैनौ ? (४) फस्यौ कि बिदेशीको बल्छिमा, लोभीएर माछाझै ; कहाँ पसारियो क्रान्तिको ऊठान, किन बोल्दैनौ ? (५) लथालिग्ङ छ राष्ट्र र काकाकुल, बनें जनता; मौन किन छौ यो देशका जवान, किन बोल्दैनौ ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल८७ मनमा किन हो किन, तलतल छ आज ; सोचाईमा उथुल-पुथुल र, खल बल छ आज । (१) बिगत र वर्तमानका अनुभुतिहरु सम्झेर ; अच्चमको आँधी बेहरी र हलचल छ आज । (२) बनी रह्यो ह्रदयमा, शसक्त अनुभुति तिम्रो; अभावको अनुभुति र स्थिति तरल छ आज । (३) दूरी तिम्रो बिझि राख्ने, मनभित्र कता-कता ; तिम्रै मात्र सम्झना मन्मा, पलपल छ आज । (४) कता टुट्यो तार, थाहा छैन सन्तुलनको ; सामु तिमि छैनौ र मन ब्याकुल छ आज । (५) अधैर्यता , रिक्तता र उदासिनताको बिच ; स्थिरता रहेन र , मन चन्चल छ आज । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल-९१ तिखो नजर कसैको ,बिझी सक्यो कि मनमा ? उडायो रातको शान्ती, रहेन चैन दिनमा । (१) सुनसान रात लामो, आँखामा निंद छैन; साक्षी छन् चन्द्र, सुर्य, ताराहरु गगनमा । (२) मैलाई मात्र हो कि, लागेको रोग यस्तो ; सोचाई मात्र तिम्रो, बसी रहन्छ मन्मा । (३) न बैध्यले चिनेको, न नर्सले बुझेको ? ब्यथा छ अनौठो, अत्यास लाग्छ मनमा । (४) यस्तै हुने भए त , हुने भो बाच्न गाह्रो ; माया अलिकति नि, छ कि कसैको मनमा । (५) आगो किन लगायौ, यो शान्त जिन्दगीमा, दया अलिकति नि, छ छैन तिम्रो मन्मा ।
गजल -९२ माया के हो परिभाषा, फुर्नै सक्या छैन; चित्त बुझ्ने अर्थ पनि, जुर्नै सक्या छैन । (१) मेल बिनै बाँच्छन् , हिजो प्रेम गर्ने जोडी, आफ्नै बिचको दुरी पनि पुर्नै सक्या छैन । (२) युगौ-युग साथ दिन्छौ, भनी हिड्नेहरु, दोस्रो बिहे गरी हिड्छन, कुर्नै सक्या छैन । (३) लोभ हो कि लालसा या चाहना हो माया; लाशको'नी लाग्ने माया, मर्नै सक्या छैन । (४) धोका पाई गिन्दगीमा, हुदा धुजै-धुजा ; उसैलाई जप्ने मन, बुझ्नै सक्या छैन । (५) स्वास्नीलाई हपारेर, भन्छ बुढो मान्छे; अझैसम्म तैले मलाई, बुझ्नै सक्या छैन । रचना : यज्ञ प्रसाद गिरी
गजल -९६ जबदेखि तिम्रो मेरो, कुराको शुरुवात भयो ; थाहै भएन कहिले दिन र कहिले रात भयो ; (१) अनायासै तिमी पस्यौ, आँखाबाट मुटुभित्र ; थाम्नै गाह्रो ह्रदयमा, कल्पनाको खात भयो । (२) दुरी महग्ङो भो, समय प्रतिकुल हुँदै जाँदा ; मिलन बन्यो कठिन र, बिछोड बज्रपात भयो । (३) चाहना त अथाह छ, मेरो मन्मा तिमिप्रति; धरोधर्म जे जे भयो , साँच्ची तिखो घात भयो । (४) सताउछन कि तिमीलाई, मलाई जस्तै सपनाले; ब्याकुल भए दिनहरु र ब्याकुल सारा रात भयो। (५) चर्कि राख्छ मुटु भित्र, ब्यथा देखाउनु कहाँ; पिरोलिंदै भित्र-भित्रै, ह्रदय आहात भयो । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ९९ आफनो ठाँउ बिर्सनेलाई के भन्नु खोई ! आफनो गाँउ बिर्सनेलाई के भन्नु खोई ! (१) हाउ-भाउ चाल-चलन बिदेशीको ; आफनो नाँउ बिर्सनेलाई के भन्नु खोई ! (२) उडेका छन हावा बनी आकाशमा ; आफनो पाऊ बिर्सनेलाई के भन्नु खोई ! (३) नाता पनि अंकल अन्टी मम्मी ड्याडी; आफनो बाऊ बिर्सनेलाई के भन्नु खोई ! (४) हाम्रा पुर्खा चर्चित बनें संसारभरी ; आफ्नै भाऊ बिर्सनेलाई के भन्नु खोई ! (५) ब्याजको पछी मरिहत्त गर्ने गर्छन ; सिग्ङो साऊँ बिर्सनेलाई के भन्नु खोई ! रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १६० भष्ट्राचारीलाई’नि सम्मान गर्ने हामी ; आडम्बरीलाई’नि महान गन्ने हामी। (१) स्वार्थपुर्तिको भावनाले सन्चालित सबै; शहिदहरुको’नि, चिहान खन्ने हामी । (२) डाँकाहरु छन् ,राजनितिको आवरणमा ; डनहरुलाई’नि नेता चुन्ने हामी । (३) राजनिति भो मात्र सपना बाढ्ने पेशा; ऊन्नतिको मार्गमा कसरी बड्ने हामी । (४) रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २६ गते, २०७० साल
गजल १६१ यो दिन उदास छ, र रात उदास छ; यो मन्मा सधैभरी , हुरी बतास छ । (१) जिउनु भो मरुभुमीमा, यात्रा गरे सरी; ताप , राप छ र सधैभरी प्यास छ । (२) कदम-कदममा, जोखिम छ जिन्दगीमा; तर पनि जिउनुको उद्देश्य खास छ । (३) थाहै भएन कहाँ चुकें र एक्लै भएं ; यो जुनिमा सधैभरी तिम्रै तलाश छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २५ गते, २०७० साल

Friday, August 9, 2013

गजल बयान के गरुँ, के अचेल छ नेपालमा ; राजनितिको, फोहरी खेल छ नेपालमा । (१) बुझ्न काफी छ, एउटै दृष्टान्तले यो देश; जयनगर-जनकपुरको रेल छ नेपालमा । (२) घर-घरै, सिंहदरबारदेखि, बालुवाटारसम्म ; दलालै-दलालको, ठेलेमठेल छ नेपालमा ।... (३) च्याऊ उम्रेझै उम्रेका छन्, पार्टी र नेताहरु; बढ्दो छ भष्ट्राचार र जालझेल् छ नेपालमा । (४) बकुलाको ध्यानमा छन, छद्मभेषी मित्रहरु; गैर-सरकारी संस्थाहरुको, चलखेल् छ नेपालमा । (५) बिकाश पाकेको बेल, र कौवा बनाईए जनता; यत्रतत्र-सर्वत्र, बेमेलै-बेमेल छ नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार २८ गते, २०७० साल
गजल कसै-कसैको त ब्यवहार, देख्दै रिस उठ्छ ; कसै-कसैको त अनुहार, देख्दै रिस उठ्छ । (१) कुन देवताको लागी भै रहेछ, यो तामझाम; धर्मको नाममा ब्यापार, देख्दै रिस उठ्छ । (२) शालिनताको भाषण दिएर नथाक्नेहरुको ; आडम्बरपुर्ण श्रृंगार, देख्दै रिस उठ्छ ।... (३) माखो पनि मरेको छैन, जसको प्रयासले ; सधैको बनावटी हतार, देख्दै रिस उठ्छ। (४) लुट्नसम्म लुटेर, आफ्नै देशवासिहरुलाई; बनेका भवन र कार, देख्दै रिस उठ्छ । (५) नाटकिय ब्यवहार, खल्तिमा छुरा लिनेहरुको; निर्लज्ज ओठे लोकाचार, देख्दै रिस उठ्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २१ गते, २०७० साल
गजल १३१ गर्ने भए आउ तिमी, स्वाभिमानको, कुरा गर ; सम्झदै हिजोको बाचा, के थियो त्यो पुरा गर । (१) मरिहत्ते गर्छौ किन, जाबो कुर्सी हत्या भउँन; बेला भयो अब नौलो, बिहानको कुरा गर । (२) सराप्ने छन हामीलाई, भोली हाम्रै सन्ततीले ; लोभ त्यागी आजैदेखि, उत्थानको कुरा गर ।... (३) बिदेशिका सामु तिमी नतमस्तक किन बन्छौ ; अगुवाझै बनी हाम्रो, सम्मानको कुरा गर । (४) स्वार्थी बनी काम गर्दा, डुबी सक्यो देश हाम्रो; स्वराष्ट्रको निर्माणको, अभियानको कुरा गर । (५) दिनानुदिन गै रहेछन , युवाहरु बिदेशमा ; नेपालमै रोजगारी, र निर्माणको कुरा गर । यज्ञ प्रसाद गिरी वाराणसी, भारत डिसेम्बर २८, २०१२
एउटा रोचक प्रसंग भान्सामा प्रेसर कुकर र कराही बिच घोच-पेच चलेछ। प्रेसर कुकरले संगै रहेकी काली कराहीलाईलाई यसरी ब्यग्ङ गर्योे: “हेर तिमि कस्ती काली, ध्वाँसे छौ, घिनलाग्दी छौ; लौ भन त तन्नेरीका ,नजर कसरी तान्दछ्यौ ? छुँदै कालो सर्ला कि त, भन्ने सिक-सिक लाग्दछ ; तिम्रो यस्तो हाल देख्दा , प्रेमी झन-पर भाग्दछ ।“ कराही पनि के कम, ओठे जवाफ यसरी फर्काईछ : “ ध्वाँसे काली भए पनि, तिम्रो ध्य...ान तानेकै छु; युवतीको आकर्षणको, ईज्जत मैले धानेकै छु। मलाई हेर्दा तिम्ले पनि, लामो सास तानेकै छौ। आँखा छल्दै पटक्-पटक्, सिटी तिम्ले हानेकै छौ ।“ यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १२६ कोही भर्याबङ चढ्दै, महान भए; कोही लड्दा-लड्दै, चिहान भए। (१) कस्ले राख्ने, लेखाजोखा हजुर! सोझाहरु ब्यर्थै, हैरान भए। (२) बदलिए छ सोच, एकै रातमा; आँखा अन्धा, बहिरा कान भए।... (३) बिश्वास गरी , अगुवा बनायौ ; तिनै आखिरमा, शैतान भए । (४) चोर र साधुको पहिचान खै ? छुट्याउन गाह्रो निशान भए । (५) उपलब्ध छन सबै बजारमा; सस्ता कर्तब्य र ईमान भए। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल १२५ तिम्लाई माया गर्छु भन्थ्यौ, कहाँ गर्यौ र खोई ? तिम्रोलागी मर्छु भन्थ्यौ, कहाँ मर्यौर र खोई ? (१) तिमीनै सर्वश्व भन्थ्यौ, धनकै पछी लागी हिड्यौ ; तिम्रो ईज्जत गर्छु भन्थ्यौ ,कहाँ टेर्यौी र खोई ? (२) जुनी-जुनी साथ दिन्छु, भन्ने तिमी कता गयौ ; पुरा आफ्ना कसमहरु, कहाँ गर्यौक र खोई ? (३)... जहिले जहाँ रात पर्ला , जीन्दगीको भोगाईमा ; उज्यालो म छर्छु भन्थ्यौ ,कहाँ छर्यौ र खोई ? (४) जहाँ-जहाँ भ्रम पर्ला, एक- अर्काको बुझाईमा ; मन खोलेर हेर्छु भन्थ्यौ ,कहाँ हेर्यौभ र खोई ? (५) तिम्रोलागी समाजमा, जुझ्ने छु म पर्यो भने; भन्ने गर्थ्यौ पर्दा अघि, कहाँ सर्यौे र खोई ? यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल१२१ जघाँर तरी लौरो भुल्ने, बानी तिम्रो पर्या रै’छ; धेरै लुकाई थोरै खुल्ने, बानी तिम्रो पर्या रै’छ । (१) मलाई मेरो ठाँउबाट, झार्नुसम्म तल झार्यौर ; अरुको पीरमा झुल्ने, बानी तिम्रो पर्या रै’छ । (२) काँध टेकि अघी बड्ने, खुट्टा भेटे तानी दिने ; बिषालु संस्कृति हुल्ने, बानी तिम्रो पर्या रै’छ। (३)... ख्याल कत्ती नराखेर, अनुचित र उचितको ; पैसाको फेरमै डुल्ने, बानी तिम्रो पर्या रै’छ । (४) पाएसम्म भ्याए सम्म , आफन्त भएझै गरी; भिरको मौरीझै चिल्ने, बानी तिम्रो पर्याक रै’छ । (५) चिप्ला-चिप्ला कुरा गर्दै, भित्रिने सियोझै बनी ; अनि त फालीझै फुल्ने ,बानी तिम्रो पर्या रै’छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ११६ भोट माग्दा हामीसंग, नाटक गर्दै आँसु झार्यौम; नेता बन्यौ कुर्सी पायौ, जनतालाई लात मार्यौन। (१) फलाकेर बसी राख्यौं, दिन्कादिनै सहमति; सिग्ङै दिन बिताएर, जानी-जानी रात पार्यौम। (२) तिम्रो लागी राजनिति, लुटी खाने पेशा भा’छ; सबै नाग्ङा हुदै गयौ, जस्ले सत्ता हात पार्यौ’। (३)... कुन मुखले भोट माग्छौ, तिमी अर्को चुनावमा; जहाँ-जहाँ पुग्यौ तिमी त्यहाँ-त्यहाँ घात पार्यौौ। (४) सुख-शान्ति हुन्छ कि त, भन्दै हामी पछी लाग्यौं; झुक्याएर पटक-पटक, हामीलाई आहात पार्यौग। (५) तिम्रालागी अशुभ छन, भोली आउने दिनहरु; सिधा प्रश्न सोधिने छ, सोझा जनता किन मार्यौ।। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ११३ ड्याग उस्तै मुला उस्तै ; बन्द उस्तै खुला उस्तै । (१) छैन कोही विश्वासिलो ; साना उस्तै ठुला उस्तै । (२) सबैका खल्तीमा छुरा ; कायर र आँटिला उस्तै । (३)... सबै छन स्वार्थले प्रेरित ; राता उस्तै निला उस्तै । (४) सबै छन ठग्नमा उद्धत ; गुरु उस्तै चेला उस्तै । (५) भरोसिला कोही छैनन्; पुरुष र महिला उस्तै । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल ११२ जता हेर्नोस उतैतिर झोलेहरुकै जमात छ ; समाजमा निराशा र निष्कृयताको खात छ । (१) जनतामाराका मानसिक सन्तानहरु यी; न कतै यिन्को थर, न वर्ग न जात छ । (२) छीरी सके यी समाजको छिद्र-छिद्रहरुबाट; ब्याप्त समाजमा प्रदुषण, कुण्ठा र मात छ। (३)... सोझा र परिश्रमी लाग्दै छन बिस्तारै किनारा; हरेक तह र तप्कामा ,यिनकै भय र त्रास छ । (४) बडी रहेछन यी, ओरालो झर्दै छ देश-बिकाश; यिनको न ज्ञान,सिप,बुद्धि र कुनै औकात छ। (५) यी अन्ध-समर्थकहरु, बिषाक्त पार्दै छन समाज; यिन्मा टिकेको राजनिति वास्तवमै वाहियात छ। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
गजल प्रतिष्ठाको बिषय, आसन भयो ; रिबन काटियो, उद् घाटन भयो। (१) कुरा भए प्रतिबध्दता र संकल्पका, ; आकाश-धरति जोड्ने, भाषण भयो । (२) बजेट खन्याईयो, चुहिने भाँडोमा ; बेपत्ता आर्थिक अनुशासन भयो । (३)... अपार सफलताको खबर छापिए ; पत्रकार बन्धुहरुलाई रासन भयो । (४) बिकाशको ठेकेदारी गै.स.स.ले पाए; सुनिश्चित राष्ट्रमा सुसाशन भयो । (५) ढाडिए मन्त्री सचिव,सल्लाहकारहरु ; सामुहिक डलर , चाटन भयो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर श्रावन २५, २०७० साल
गजल: १५३ हेरौं क- कस्ले के गर्छ, चुनावी मैदानमा; अब को उत्तानो पर्छ, चुनावी मैदानमा। (१) मौका यही हो, कमिसन चाट्नेहरुलाई; धुलो चटाउनु पर्छ, चुनावी मैदानमा । (२) हेरौ न निकृष्टहरुको बथानमा अझै पनि; को कतिसम्म तल झर्छ, चुनावी मैदानमा। (३) सुनामीझै नायकको खोजी गर्दै छ जनता ; को कति पछाडी सर्छ, चुनावी मैदानमा। (४) तालिमे बाँदर हुन यी सबै, बिदेशी चटकेका; कस्के कस्तो भुमिका गर्छ, चुनावी मैदानमा। (५) को उदाउँछ ज्वाला बनी, नेपाली आकाशमा; को आफ्नै कर्मले मर्छ, चुनावी मैदानमा। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर जेठ २०, २०७० साल

Thursday, August 8, 2013

गजल चाहे जति फल्छ डलर, भन्छन् अम्रिकामा ; काला गोरा एउटै कलर, गन्छन् अम्रिकामा । (१) आधा जीवन पाग्ङ्रामाथी, अरु कता-कता ; सधै हतार दौडा-डौड , गर्छन् अम्रिकामा । (२) जैले पनि जहाँपनि, जन्मदेखी मृत्युसम्म; ऋणी पासो थाप्ने चलन, चल्छन् अम्रिकामा । (३) ... थरी-थरी सपना ली, त्यै पाताको बैशाखीमा; त्यस्कै पछी लाग्ने चलन, फल्छन् अम्रिकामा । (४) गतिशिल गृह,बस्ती, गतिशिल माया पनि ; निमेषमै दुर्घटना, हुन्छन् अम्रिकामा । (५) यन्त्र जस्तो दिन-चर्या, विवश भई अगाँलेर; यसैबिच सुखको खोजी, गर्छन अम्रिकामा । यज्ञ प्रसाद गिरी फ्लोरिडा, संयुक्त राज्य अमेरिका