चाडै पछी सर्दा रैछन्, छिटै अघि बढनेहरु ;
बिपत्तिमा अत्तालिन्छन , सस्तो माया गर्नेहरू ।
(1)
प्रेम के हो ,त्याग के हो, चाहनाको मर्म के हो ?
नबुझेरै अघि बढ्छन , छणिक रहर गर्नेहरू ।
(2)
यौवन के हो? रूप के हो ? प्रेमको स्वरुप के हो ?
नबुझेरै भ्रमित हुन्छन , आफ्नैलागी मर्नेहरु ।
(3)
नभोगेरै बाची दिन्छन , प्रेमजन्य अनिभुति ;
आत्मा भन्दा देहलाइ , धेरै माया गर्ने हरु ।
(4)
त्यागले नै अमर हुनछ, सच्चा प्रित दुनियामा ;
बि
हराउछन बिपत्तिमा , अघिपछि गर्नेहरू ।