गजल ९८
के भो कुन्नी सानीले त बोल्नै छोडी ;
गुम्स्याई राख्छे मनका कुरा खोल्नै छोडी ।
(१)
कुनै कारण मनमा चोट पर्योर कि त ;
दुधमा पानी मिसिएझै मिल्नै छोडी ;
(२)
तर्कि-तर्कि हिड्न खोज्छे किन होला ;
दोबाटोमा पहिले जस्तो कुर्नै छोडी ।
(३)
मान्छे उस्तै बानी उस्तै आँखा उस्तै,
आलभोली भेट हुदाँ घुर्नै छोडी ।
(४)
बोल्दा पनि अडकलेर बोल्न थाली;
निस्फिक्री भै खित्खिताई खुल्नै छोडी ।
(५)
मान उसको मैले राख्न जानिन कि;
हाम्रो टोल छिमेकतिर डुल्नै छोडी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment