Pages

Saturday, October 26, 2013

गजल १६९ कमाण्डोले गरे स्वागत, पाकिस्तान प्रवेशमा ; लागी राख्ने भित्री मन्मा, के हुदै छ यो देशमा । (१) सुत्नु उठ्नु खानु चुठ्नु, मृत्यु-रक्षकहरु संगै; बुझ्नै गाह्रो कस्तो मान, पाईदै छ यो देशमा । (२) शान्ति सन्देशका स्वर, अल्लाह-अकबर् सबैतिर ; भयंकर बिस्फोटका ठुला, धमाका छन् यो देशमा । (३) रक्षा खातिर सधै तत्पर, मानवता र समाजको ; युवाका हातमा अस्त्र , बिध्यमान यो देशमा । (४) सिक्दै पाठ अघि बड्नु , बुझ्दै छिमेकका कुरा; मानिने छ बुध्दिमानी , काम गर्नु स्वदेशमा । रचना: यज्ञ प्रसाद गिरी ईस्लामाबाद, पाकिस्तान सेप्टेम्बर, १८, २०१३

No comments:

Post a Comment