Pages

Thursday, November 14, 2013

गजल पानीझै माटोमा तिमी, भिज्न थाल्यौ ; चुम्बकझै ह्रदय मेरो, खिच्न थाल्यौ । (१) आँखैमा तिमीलाई राखें, बिझाईनौ तर: मुटुभित्र चस्स-चस्स बिझ्न थाल्यौ । (२) लाग्दैन्थ्यो नकारात्मक पक्ष केही ; नियमहरु सुस्त-सुस्त मिच्न थाल्यौ। (३) हरण गर्यौ मेरो मुटु, मैबाट नै ; निर्लज्ज भै उल्टै तिमी, हाँस्न थाल्यौ ; (४) त्यति सस्तो मुटु मेरो, कहाँ हो र ? बेमोलमै ह्रदय यो, लुट्न थाल्यौ । (५) थाहा छैन किन यस्तो ब्यथा लाग्यो; मुटुभित्र कता-कता दुख्न थाल्यौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०

Tuesday, November 12, 2013

गजल सांसदको कोटमा, यिन्को अर्जुन दृष्टी; जनताको भोटमा, यिन्को अर्जुन दृष्टी; (१) विकाश र सेवा त भजन हुन यिन्का ; वास्तवमा नोटमा, यिन्को अर्जुन दृष्टी । (२) अस्मिता राष्ट्को, बेच्ने छन कौडीमा; दिल्ली र भोटमा, यिन्को अर्जुन दृष्टी। (३) शान्ती र स्थिरताका बिरोधी यिनी; मात्र बिष्फोटमा, यिन्को अर्जुन दृष्टी। (४) ज्यान फालेर यिनी छन् कमाउ धन्दामा; सदैव छलकपटमा, यिन्को अर्जुन दृष्टी। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २६ गते, २०७०

Monday, November 11, 2013

गजल थाहै हुदैन, को खुस छ को बेखुस छ, ढाकामा; जता जाउ सबैतिर, उकुस-मुकुस छ, ढाकामा । (१) मानिसको ओईरो हुन्छ, सडकपेटी र गल्लीहरुमा; लाग्छ सदाबहार, आमसभा र जुलुस छ ढाकामा । (२) संकेतपाटी पढ्दा कलेजको, रमाईलो लाग्ने छ हजुर ; अमेरिका, फ्रान्स, बेलायत र जर्जबुस छ ढाकामा । (३) गास, बास, कपास सबै महङ्गा छन् त के भो ; मान्छे सस्तो छ र शासक निरंकुस छ, ढाकामा । (४) कति नियमहरु चल्तिमा छन, थाहा भएन हजुर ; ट्राफिक नियम त सधै मनखुस् छ , ढाकामा । (५) महानगर यो उच्च अट्टालिकाहरुको भएता पनि ; जनता लामखट्टे र सानो जमात् उडुस छ ढाकामा । रचना: यज्ञ प्रसाद गिरी ढाका, बंगलादेश अक्टुबर ७, २०१३
गजल सुनौन न त के-के रे’छ खबर हजुर्को; बदलियो कि उस्तै रे’छ शहर हजुर्को। (१) सबैलाई उछिनेर पहिलै हुनु पर्ने ; उस्तै छ कि बदलियो रहर हजुर्को । (२) नटेरेर मान्छेलाई मुल्यहिन ठान्दै ; शब्द बनी ओकलिने कहर हजुर्को । (३) सकियो कि सकिएन धेरै बर्ष भयो; सोचभित्रै मिसिएको जहर हजुर्को । (४) बर्षातको खहरेझै घमण्डले पुर्ण; बग्दै छ कि जवानीको नहर हजुर्को। (५) मनैदेखि चाहनेको मुल्य कति हुन्छ ? आज कस्तो भा’को रै,छ ठहर हजुर्को । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०
गजल के हुने हो थाहा छैन, तिम्रै हुन मन लाग्छ; एकान्तमा तिमीलाई, सम्झि रुन मन लाग्छ । (१) छाती भरी कति-कति, घाउहरु बेदनाका ; आफनै आँसु बगाएर, घाउ धुन मन लाग्छ । (२) अत्याचारी समाजको, व्यविचारी पारा देख्दा; शुरुदेखी अन्त्यसम्म, सल्काउन मन लाग्छ । (३) पैसालाई सर्वोपरी, देख्ने आँखा हुनु भन्दा ; हत्केलाले दुबै आँखा, छोपी दिन मन लाग्छ । (४) जिवित् मान्छेहरु जब, ढुग्ङा बनी दिने गर्छन्; मान्छे भन्दा मन्दिरको, ढुग्ङा छुन मन लाग्छ । (५) नोटमाथि भोट हाल्दै , माया खोटो बनाउँदा ; ज्वाला बनी समाजमा, दन्की दिन मन लाग्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०
गजल दुनियामा तिमी जस्तो, अर्को साथी बन्या छैन; हाम्रो माया नाप्ने कुनै, माना –पाथी बन्या छैन । (१) समानता सोचाईमा, चाहनामा समानता ; हाम्रो सोच हाम्रो लक्ष, तल-माथी बन्या छैन । (२) माया हाम्रो पवित्र छ , बिहानीको सुर्य जस्तो ; जिन्दगीको सहयात्रा, कहिले राती बन्या छैन । (३) सोच्नेहरु जे-जे सोचुन,भन्नेहरु भनी रहुन ; रुढीबाद मान्नेलाई, कहिले जाती गन्या छैन । (४) जस्तै परोस चाहदैन, चित्त तिम्रो दुखाउन; अरुबाट सुने जस्तो, नानाभाँती भन्या छैन। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०