Pages

Sunday, July 21, 2013


गजल -१
किन उठ्थ्यो र फोन ? थुतेर सीम कार्ड नै मिल्काए पछी,
मुटुको माटोमा मायाको चिस्यान बिस्तारै हराएपछी
(१)
लेखा-जोखा नै के भो र ? उधारा बाचा –बन्धनहरुको,
भविष्य कुहिरोको काग भो मायाले बाटो बिराएपछी ।
(२)
सम्बन्ध दशकौ पुरानो होस या हिजोकै आलो र नयां,
फरक के नै भयो र ! सम्बन्धको आधार हराएपछी ।
(३)
मनभरी सम्झेर चलचित्रझै बिगतमा भोगेका दिनहरु,
सुकेको पातझै भयो मन्,  सम्झनाको हुरिले उडाएपछी ।
(४)
सम्झनु नै जिउनुको क्रम बन्छ, प्रेममा हारेका प्रेमीहरुको,
मुटु कस्सिएर गांठो पर्छ, मुटु फुकाएर रुन नपाएपछी ।
(५)
सुख र दूखको क्रम हो जिन्दगी ,छैन मेरो गुनासो तर,
महत्वहिन बन्यो जिवन, सुख - दुखको अन्तर हराएपछी ।
रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर

2 comments: