Pages

Sunday, July 28, 2013

गजल १५०

तिमी भन्छ्यौ, म त सारै डराउने मान्छे ;
सोची राख्ने , सोच्दा सोच्दै हराउने मान्छे ।
(१)
म के जानुँ तिम्रो लागी कस्तो मान्छे प्यारो ;
तर म त , तिम्लाई मन पराउने मान्छे ।
(२)
ह्रदयमा तिम्रोलागी , माया  कति-कति ;
तिम्लाई दुखी देखेपछी, कराउने मान्छे ।
(३)
न त धन, रुप न त बड्दो छ जवानी ;
सडकको भिडभित्रै , हराउने मान्छे ।
(४)
कस्तो मान्छे फेला पर्‍यो भनि हत्तेरिका;
भन्ने सम्म स्थितिमा, पुर्‍याउने मान्छे ।
(५)
भैगो अब कति पोखुँ,  कुरा    ह्रदयका ;
म त तिम्लाई मनैदेखि, सराउने मान्छे ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         चैत्र १५,  २०६९ साल

No comments:

Post a Comment