गजल १०८
मन भित्र पोली राख्ने, ताप बन्यौ तिमी ;
यो जुनिमा बिछोडको, श्राप बन्यौ तिमी।
(१)
न आँसुले पखालेर, धुन मिल्ने रै’छ ;
पोली राख्ने ह्रदयको, राप बन्यो तिमी ।
(२)
बसको कुरा हैन रै’छ, बिर्सी दिउँ भने ;
हरेक क्षण जपी राख्ने, जाप बन्यौ तिमी।
(३)
चाहानाले लक्ष्यहिन, बाटो लिएपछी ;
ढुग्ङे बाटो बन्यौ कही, धाप बन्यौ तिमी ।
(४)
मेरो भाग्य बिछोडको, कथा बने पनि ;
उसले चाहे जस्तो, फलिफाप बन्यौ तिमी।
(५)
हाम्रो प्रेम रेगिस्तानी, प्यास बन्दै जाँदा ;
सुस्त-सुस्त आफै, अभिशाप बन्यौ तिमी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment