Pages

Sunday, July 21, 2013


गजल -४७
नभएको देखाएर,  भा’को कुरा लुकाउने  ;
बन्यो संस्कृती हाम्रो ,बाहीरी दाँत देखाउने।
(१)
छाड्दै जाँदा परम्परा,संस्कार र संस्कृति;
कसरी हो  नेपालीले, मौलिकता टिकाउने 
(२)
राम्रोसंग बुझ्न खोजौ, गाँठी कुरा सभ्यताको;
नबुझेरै किन ब्यर्थै , सारा बिश्व हँसाउने  
(३)
खुराक र पोशाकले, कहाँ बन्छ सभ्य मान्छे;
यि हुन युक्ती ब्यापारीले, ग्राहकहरु फसाउँने ।
(४)
शिष्ट बोली अरुसंग नम्र बनी पेश हुनु ;
आधार हो दुनियामा सभ्य भनी चिनाउने ।
(५)
मान गर्दा अरुलाई, उर्जा बढ्छ जिन्दगीमा ;
यस्तो असल यस्तो सरल,मौका किन गुमाउने ।

रचना : यज्ञ प्रसाद गिरी
         आनन्दबस्ती, ललितपुर















गजल -४८

न स्वार्थ छ कतै केही, न सिमाना कर्तब्यको ;
पवित्रतम् परिभाषा , तिम्रो मेरो सम्बन्धको ।
(१)
जोडिएर बनेको छ, मनको तार मनैसंग ;
अतुलनिय गहिराई, तिम्रो मेरो सम्बन्धको ।
(२)
संसारमा सबै भन्दा, प्यारो तिम्रो सामिप्यता;
अमुल्य छ मुल्य छैन , तिम्रो मेरो सम्बन्धको ।
(३)
मेरो लागी तिम्रो बोली, उर्जा जस्तै बनेको छ ;
गहिरो जग बसेको छ, तिम्रो मेरो सम्बन्धको ।
(४)
तिम्रो प्राप्ती मेरोलागी, सबै थोक संसारमा ;
अधीकतम महत्व छ ,तिम्रो मेरो सम्बन्धको ।
(५)
सात जन्म पहिलेको, सात जन्म पछी पनि ;
युगानुयुगको नाता, तिम्रो मेरो सम्बन्धको ।

रचना : यज्ञ प्रसाद गिरी
         आनन्दबस्ती, ललितपुर


No comments:

Post a Comment