Pages

Sunday, July 21, 2013


गजल ७१
आँसु पनि जिन्दगीको एउटा पाटो रै’छ क्यारे ;
संधर्षमा बाँच्नु पनि, एउटा बाटो रै’छ क्यारे ।
(१)
सुख पनि बेमुल्य छ , सुखै-सुख भएपछी ;
सुखलाई मुल्य दिने , कसी दुख रै’छ क्यारे ।
(२)
यो सुख हो, यो हो दुख, के भनेर चिनाउनु ;
सुख -दुख छुट्याउने दृष्टिकोण रै’छ क्यारे ।
(३)
झुप्रोमा’नी सन्तुष्टी छ, रुखा-सुखा खाँदा पनि;
खाँटी सुख बिलाशिता भन्दा बेग्लै रै’छ क्यारे ।
(४)
बुझ्दै जान्छ मानिसले , जिन्दगीको यथार्तता ;
पाटा दुई सिक्का एउटै, भने जस्तै रै’छ क्यारे ।
(५)
मान्दा सुख, जस्लाई दुख, भन्ने गर्छ दुनियाले;
सुखै-सुखले भरिएको,  सारा सृष्टि बन्छ क्यारे ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment