Pages

Sunday, July 21, 2013


गजल-३७
एक्लै हुँदा जिन्दगीमा, बाँचाईको मजा कहाँ ;
तिमी बिना माया प्रिति, साँचाईको मजा कहाँ ।
(१)
मन मिल्ने कुरा मिल्ने साथी आफ्नो छैन भने ;
जिन्दगीको लामो यात्रा, हिडाईको मजा कहाँ।
(२)
दुख पर्दा आफन्तको, साथ पाईदैन भने ;
मेरो गाँउ, मेरो ठाँउ, भनाईको मजा कहाँ ।
(३)
कदमहरु उत्साहले, चालिएका छैनन् भने;
निराशाले भरिएको, भोगाईको मजा कहाँ।
(४)
संगसंगै बितेका छन ,हरेक क्षण् जिन्दगीका;
तिमी बिना खुसियाली, हँसाईको मजा कहाँ ।
(५)
नाज गान, मेला पात, चाड पर्व मनाउँदा;
तिमी बिना रोटे पिग्ङ, खेलाईको मजा कहाँ।
  रचना : यज्ञ प्रसाद गिरि
         आनन्दबस्ती, ललितपुर



गजल-३८
तिम्रो मुल्य मेरोलागी अमुल्य छ म जान्दछु;
तिम्रो गुन्को कदर गर्न्, स’क्या मैले कहाँ छु र?
(३)
संसारमा एउटै तिमी सुन्दरी त म भन्दिन ;
तिम्रो मन्को सुन्दरता बुझ्न स’क्या कहाँ छू र?
(४)
संगै रुने संगै हास्ने, बाँनी मेरो परी सक्यो ;
उहिलेको आफ्नो बानी, फेर्न सक्या कहाँ छु र ?
(५)
टाढा नजिक जे भए नी, मन हुन्छ तिमीसंग;
छुट्टीएर तिमिसंग , बाँच्न स’क्या कहाँ छु र ?
  रचना : यज्ञ प्रसाद गिरि
         आनन्दबस्ती, ललितपुर





No comments:

Post a Comment