Pages

Monday, July 22, 2013

गजल ८३
तिमी मेरो सम्झनामा, आयौ सुस्त-सुस्त ;
सुगन्धझै ह्रदयमा, छायौ सुस्त-सुस्त
हर्ष हो कि पिडा हो यो, या हो अन्य केही;
मात बनी मस्तिष्कमा, छायौ सुस्त-सुस्त ।
असर कस्तो पर्यो कुन्नी तिम्रो चाहनाको ;
कुटु-कुटु गर्दै मुटु, खायौ सुस्त-सुस्त ।
लक्ष तिम्रो के हो कुन्नी थाहा छैन केही ;
ह्रदयमै बिझ्ने गीत, गायौ सुस्त-सुस्त ।
तिम्रो कब्जा बढ्दै गा', सोचाईमा पनि ;
मिठो बिष गिन्दगीमा, लायौ सुस्त-सुस्त ।
मेरो आफ्नै हक पनि , लाग्छ हराउदैछु ;
मेरो निजी अधिकार, पायौ सुस्त-सुस्त ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर



No comments:

Post a Comment