Pages

Monday, July 22, 2013

गजल ७९

प्रकृतिमा पनि आँधी हुरी र बतास छ अचेल ;
कुन्नि किन यो मन उदास-उदास छ अचेल ।
(१)
झै-झगडा तनाव छ विश्वका कुना कुनामा ;
मेल-मिलापको सबै तिर विनाश छ अचेल ।
(२)
उठ्दै छन हतियारहरु धर्म र जातियताका ;
राजनिति बन्दै गा’को , अभिशाप छ अचेल ।
(३)
ब्याप्त तनाव छ गाँउ-बस्ती र गल्लीहरुमा;
नाशिदै छ धर्म र बढ्दो, पाप छ अचेल ।
(४)
पाखण्डीहरु हाबी भए राजनितिको खेलमा ;
यिनकै होडबाजी छ, र हान-थाप छ अचेल ।
(५)
ईमान्दार र सोझाहरु, लगाईएका छन किनारा ;
भ्रष्ट्र , अपराधी र लुटेराकै फलिफाप छ अचेल ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment