Pages

Monday, July 22, 2013

गजल ९९
आफनो ठाँउ बिर्सनेलाई के भन्नु खोई !
आफनो गाँउ बिर्सनेलाई के भन्नु खोई !
(१)
हाउ-भाउ चाल-चलन बिदेशीको ;
आफनो नाँउ बिर्सनेलाई के भन्नु खोई !
(२)
उडेका छन हावा बनी आकाशमा ;
आफनो पाऊ बिर्सनेलाई के भन्नु खोई !
(३)
नाता पनि अंकल अन्टी मम्मी ड्याडी;
आफनो बाऊ बिर्सनेलाई के भन्नु खोई !
(४)
हाम्रा पुर्खा चर्चित बनें संसारभरी ;
आफ्नै भाऊ बिर्सनेलाई के भन्नु खोई !
(५)
ब्याजको पछी मरिहत्त गर्ने गर्छन ;
सिग्ङो साऊँ बिर्सनेलाई के भन्नु खोई !

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment