Pages

Sunday, July 28, 2013

गजल १५८

बयान के गरुँ, के अचेल छ नेपालमा ;
राजनितिको, फोहरी खेल छ नेपालमा ।
(१)
बुझ्न काफी छ, एउटै दृष्टान्तले यो देश;
जयनगर-जनकपुरको रेल छ नेपालमा ।
(२)
घर-घरै, सिंहदरबारदेखि,  बालुवाटारसम्म ;
दलालै-दलालको,  ठेलम्ठेल छ नेपालमा ।
(३)
च्याऊ उम्रेझै उम्रेका छन्, पार्टी र नेताहरु;
बढ्दो छ भष्ट्राचार र जालझेल् छ नेपालमा ।
(४)
बकुलाको ध्यानमा छन, तथाकथित मित्रहरु;
गैर सरकारी संस्थाहरुको, चलखेल् छ नेपालमा ।
(५)
बिकाश पाकेको बेल, र कौवा बनाईए जनता;
यत्रतत्र र सर्वत्र,  बेमेलै-बेमेल छ नेपालमा ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
असार २८ गते, २०७० साल

No comments:

Post a Comment