Pages

Monday, July 22, 2013

गजल १०६
अरुलाई गाली किन, आफै गरे भै हाल्यो नी;
अन्धकार हटाउँन, ज्योति छरे भै हाल्यो नी ।
(१)
हात बाँधी देशलाई, कस्को भरमा छोडी दिने ;
ईमान्दार बनी साँचो, यत्न गरे भै हाल्यो नी ।
(२)
थोपा-थोपा जोड्दै लाँदा, महासागर बने जस्तै;
हाते मालो गर्दै हामी, लागी परे भैहाल्यो नी ।
(३)
आफ्नो स्वार्थ बिर्सिएर,शिरमा राखी राष्ट्रलाई;
जनताको हित खातिर्, अघि सरे भै हाल्यो नी।
(४)
नाना थरी नाराहरु, फलाक्दैमा के हुन्छ र ?
आयी पर्दा राष्ट्रमाथी, बिघ्न टरे भै हल्यो नी ।
(५)
 सधै भरी राष्ट्र मेरो  सम्पन्न र  सुखी रहोस् ;
भनी मनले भित्रैदेखी , बाचा गरे भै हाल्यो नी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment