गजल-२६
मेरो जस्तै तिम्रो पनि बिचित्रको रहर छ कि?
गाई बस्तुको बथानमा, नदाएको बहर छ कि ?
(१)
कस्ले रोक्ने कस्ले छेक्ने , सिमा कस्ले तोकि दिने ?
तिम्रो रात्मा मेरो जस्तै, जागा बस्ने प्रहर छ कि ?
(२)
दौडी राख्ने मन बनी, घोडा बिना लगामको ;
अतितको सागरलाई जोडी राख्ने नहर छ कि ?
(३)
कुर्दा-कुर्दै जिन्दगीले , नेटो काटी सक्दा पनि ;
किनारालाई छुन खोज्ने , आशाबादी लहर छ कि ?
(४)
नबिर्सने , नमेटिने
न खुसी हो न बेदना ;
भित्र-भित्रै असर गर्ने मन्द-मन्द जहर छ कि ?
(५)
परम्परा ,मान्यता र कोशौ टाढा दुनियाको ;
कल्पनाले सिगारेको त्यो तिलस्मी शहर छ कि ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment