Pages

Sunday, July 28, 2013

गजल १५६

हाम्रा दु:ख कष्टहरु, यिन्कालागि नारा बनें ;
समाजका दुष्टहरु, यिन्कालागि प्यारा बनें ।
(१)
संघर्षमा हुँदासम्म, एउटै थियो लक्ष्य हाम्रो;
आज हाम्रा लक्ष्यहरु, आकाशका तारा बनें ।
(२)
भनि ठान्यौ हाम्रा नेता,साहसी र स्वाभिमानी;
शत्रु सामु घुँडा टेक्ने , यिनै  हुतिहारा बनें ।
(३)
तिम्रा थोत्रा नारा अब, राखे हुन्छ आफैसंग ;
तिम्रा कार्यकर्ताहरु , धेरै   भाईमारा  बनें ।
(४)
तिम्रो नाम समाजमा, गालीतुल्य बनेको छ;
आज द्रब्य बटुल्नलाई,  हिजो सर्वहारा बनें 
(५)
तिम्लाई माया गर्न छोडे, यो देशका जनताले;
जति सक्दो छिटो अब, ईश्वरका प्यारा बनें।


रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         असार २,  २०७० साल

No comments:

Post a Comment