गजल-३
पाता कसेर टुडीखेलमा , उभ्भ्याउनु बांकी छ तिमिलाई,
जनता सामु फांसीमा, टंग्याउनु बांकी छ तिमिलाई ।
(१)
मन्त्री बन्यौ, डकैती गर्यौ, बेची
खायौ राहदानी पनि,
छाला काडेर नुन चुक लगाउनु बांकी छ
तिमिलाई ।
(२)
नेता बनी रमाई रहेछौ जनताको दुख: र वेदनामा,
तातो आंसुको कराहीमा डुबाउनु बांकी छ तिमिलाई ।
(३)
सुन्छु टाई- सुटमा सजिएर महलमा बस्छौ रे तिमी,
दलिनमा त्यै टाईले झुण्ड्याउनु बांकी छ तिमिलाई ।
(४)
फलाक्दै हिड्छौ साँडे भै, झुटा र ओठे भाषणहरु ;
जनता अगाडी डामेर , खेदाँउनु बाँकी छ तिमिलाई ।
(५)
उपयोग तिम्रो छैन छैन कुनै, यस दुनियामा सिवाय एउटै,
जिउदै खाल्डोमा जाकेर, पुराउँनु बांकी छ तिमीलाई ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment