Pages

Monday, July 22, 2013

गजल ८६

कहाँ पुग्यो राष्ट्र निर्माणको अभियान, किन बोल्दैनौ ?
कति बढ्यो नेपाल,  नेपालीको शान, किन बोल्दैनौ ?
(१)
कता बिलाए तिम्रा प्रतिबद्धता र चर्का स्वरहरु ,;
के गर्‍यौ देखाउ देशको ऊत्थान, किन बोल्दैनौ ?
(२)
सिमाना लुछ्दै छन बिदेशीले , तिम्रै अगाडी ;
कहाँ हराए दशगजा, निशान किन बोल्दैनौ ?
(३)
देखिन्छौ सघै ब्यस्त  तानातानमा, कुर्सीको ;
किन खन्दैछौ जनताको चिहान, किन बोल्दैनौ ?
(४)
फस्यौ कि बिदेशीको बल्छिमा, लोभीएर  माछाझै ;
कहाँ पसारियो क्रान्तिको ऊठान, किन बोल्दैनौ ?
(५)
लथालिग्ङ छ राष्ट्र र काकाकुल, बनें  जनता;
मौन किन छौ यो देशका जवान, किन बोल्दैनौ ?

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment