गजल १४१
बाचा-बाचा रहेन, झुठो भए पछी ;
जंगल् -जंगल् रहेन, ठुटो भए पछी ।
(१)
सजिलै प्रदुषित भो, पैसाले माया;
माया-माया रहेन, जुठो भए पछी ।
(२)
शितझै हरायो, तथाकथित आदर्श;
पहुँचमा नोटको, बिटो भए पछी ।
(३)
पल्केपछी स्वार्थको, मिठो तरुलमा ;
तितै-तितो भो प्रेम, गिठो भएपछी ।
(४)
अबिश्वसनिय भो, बिगतको जवानी ;
पिरै-पिरले शरिर, सिठो भएपछी ।
(५)
ढुग्ङाको कठोरता पनि, हराउँदो रहेछ;
परिस्थितिले पिसिएर, पिठो भएपछी ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment