Pages

Sunday, July 21, 2013


गजल ३४
कस्तो हुदैछ काम, कस्लाई के थाहा ;
कहाँ पर्‌याछ जाम, कस्लाई के थाहा ।
(१)
हुन्छ भन्छन् कुराहरु, भित्री र बाहिरी;
कति तोकियो दाम, कस्लाई के थाहा ।
(२)
बाझा-बाझ र भना-भन, बाहिरी संचारमा;
ढुकुटी हुदैछ झ्वाम, कस्लाई के थाहा ।
(३)
बैठकै मात्र बस्छन, निकम्मा, नालायकहरु;
भए यी सारै हराम, कस्लाई के थाहा ।
(४)
पठायौ हामिले झुरहरु, संविधान सभामा;
बेच्दैछन हाम्रै नाम, कस्लाई के थाहा ।
(५)
आउलान चुनावमा फेरी, यिनै साईदुवाहरु;
गर्ने छन फेरी सलाम, कस्लाई के थाहा ।
(६)
संलग्न यस पेशामा,युवा र बुढा पनि;
ब्यस्त छन बटुल्न दाम, कस्लाई के थाहा ।

रचना : यज्ञ प्रसाद गिरि
         आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment