Pages

Sunday, July 28, 2013

गजल १५२
मेरो ब्यथा दुनियामा, कहानी भो आज ;
हेर्दा-हेर्दै ताजमहल, खरानी भो आज।
(१)
चाहन्थे म जिन्दगी होस्, नदी बगे सरी;
हरेक कदम्  जिन्दगीको, हैरानी भो आज ।
(२)
सुखी जीवन भोगाईको, साक्षी तिमी थियौ;
आँसुसंग प्रित गाँस्ने , सिरानी भो आज ।
(३)
हिजोसम्म फूलैफूल्को, दुनिया यो मेरो ;
हुस्सुभित्र हराएको,  बिहानी भो आज ।
(४)
अस्ताएझै सूर्य किन ,मेरो जिन्दगीमा;
उल्लाश त खडेरीको, भयो पानी आज ।
(५)
भुल-चुक जिन्दगीमा, हुने गर्छ तर ;
लुटिए म कसैबाट, जानी-जानी आज ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         चैत्र १८,  २०६९ साल

No comments:

Post a Comment