Pages

Monday, July 22, 2013

गजल८७

मनमा किन हो किन, तलतल छ आज ;
सोचाईमा उथुल-पुथुल र, खल बल छ आज ।
(१)
बिगत र वर्तमानका अनुभुतिहरु  सम्झेर ;
अच्चमको आँधी बेहरी र हलचल छ आज ।
(२)
बनी रह्यो ह्रदयमा, शसक्त अनुभुति तिम्रो;
अभावको अनुभुति र स्थिति तरल छ आज ।
(३)
दूरी तिम्रो बिझि राख्ने, मनभित्र कता-कता ;
तिम्रै मात्र सम्झना मन्मा, पलपल छ आज ।
(४)
कता टुट्यो तार,  थाहा छैन सन्तुलनको ;
सामु तिमि छैनौ र मन ब्याकुल छ आज ।
(५)
अधैर्यता , रिक्तता र उदासिनताको बिच ;
स्थिरता रहेन र , मन चन्चल छ आज ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment