Pages

Sunday, July 21, 2013


गजल-११
लिएर खुकुरी नाग्ङो, चुम्दै माटो यो देशको ;
छप्काउ नदेउ छुन , स्वाभिमान यो  देशको ।
(१)
उड्दैछन् चिल -कौवाझै, दलाल यी विदेशीका ;
लुछी-लुछी खान उद्धत , स्वतन्त्रता यो देशको ।
(२)
बितण्डा मचाई राख्छन , नेतृत्व खोलमा पसी ;
लुट्लान है चोर डांकाले ,सार्वभौम यो देशको ।
(३)
जपि हिड्ने राम नाम, बगलीमा छुरा लियी;
होसियार ! जवान हो , गर्लान घात यो देशको ।
(४)
मौलाउदै छ रातोदिन, खेती पाप - कुकर्मको ;
देश सिग्ङै डुबाएर, झार्लान साख यो देशको ।
(५)
भयो ढिलो हामी सारा, गोलबद्ध बनौ अब ;
पारौ निर्मुल बैरीको ,रक्षा गर्न यो देशको ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment