गजल १४८
छुट्याउने हामीलाई, सिमाना न बनाउनु ;
मुल प्रवाहमै छोड्नु, किनारा न लगाउनु ।
(१)
पवित्र यो प्रेम हाम्रो, कसरी भो खोटी आज;
आफ्नै मनलाई सोध्नु, किनारा न लगाउनु ।
(२)
जानेर वा नजानेर , त्रुटी कतै भए भने ;
कारण् के हो भनी खोज्नु, किनारा न लगाउनु ।
(३)
दुखेको छ भने तिम्रो, कतै फूल सरी मन ;
प्रेमको आँचले सेक्नु , किनारा न लगाउनु ।
(४)
सहयात्रा तिमीलाई , रुचीकर हुने भए;
सहयात्री बनाउनु , किनारा न लगाउनु ।
(५)
बाँच्नुलाई यथार्तमा , अर्थपुर्ण बनाउन ;
ह्रदयको खुसी रोज्नु , किनारा न लगाउनु ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
फागुन १९, २०६९ साल
No comments:
Post a Comment